चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले ज्यान मार्ने उद्योगमा फरार ३ जना अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दारेचोक गाविस–३ का १९ वर्षीय वुद्ध रानामगर, सोही ठाउँका १८ वर्षीय रामबहादुर रानामगर र १८ वर्षीय पार्टस् भनिने बमबहादुर रानामगरलाई तनहुँ जिल्लाको घाँसीकुवाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनीहरूलाई आइतबार चितवन जिल्ला अदालतबाट म्याद थप गरी हिरासतमा राखेर आवश्यक अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । उनीहरूले यही चैत ९ गते दारेचोक गाविस–३ जिफाडस्थित अन्नपूर्ण माई मन्दिर परिसरमा फागुपर्वको अवसरमा आयोजित जात्रामा स्थानीय हस्तबहादुर गुरुङ, आशिष गुरुङ र सुदीप गुरुङलाई धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएका थिए ।
घटनामा संलग्न सोही ठाउँ बस्ने १८ वर्षीय रोशन मगर र १७ वर्षीय भीम थापामगरलाई घटनालगत्तै पक्राउ गरिएको प्रहरीले जनाएको छ । (सौस)
प्रतिक्रिया