गजल

balaram timsina copy
मेरो खाट्टी मित्र हो ऊ दिन गन्दै बसेको छ !
गैँडा सिकारीले जस्तै खाल्टो खन्दै बसेको छ !!

आत्मीयता यति गहिरो यति अनुपम छ कि !
दंग्याएर घुक्र्याएर ठालु बन्दै बसेको छ !!

असाधारण भक्ति गर्छ मेरो औधी भर पर्छ !
‘मौका आएपछि हेर म हुँ’ भन्दै बसेको छ !!

जे देखिन्छ त्यो नहुनु भित्र अर्कै अर्कै हुनु
तिर्खाउनु छट्पटिनु उसको धन्दै बसेको छ !!

प्रतिक्रिया