राष्ट्रिय फुल कन्ट्याक्ट हुने

national full cantact karateकाठमाडौं । १४औँ राष्ट्रिय पुरुष तौल समूह तथा १३औँ राष्ट्रिय महिला खुला फुल कन्ट्याक्ट कराते प्रतियोगिता– २०७२ चैत २६ र २७ गते त्रिपुरेश्वरस्थित कभर्डहलमा आयोजना हुने भएको छ ।

नेपाल क्योकुसिन कराते डो संघको आयोजनामा हुन लागेको प्रतियोगितामा पुरुषतर्फ ५० केजी, ६० केजी र ६० केजीमाथि, महिलातर्फ खुला र कातामा गरी ५ विकास क्षेत्रका पुरुषतर्फ ६० र महिलातर्फ ३० खेलाडीले प्रतिस्पर्धा गर्ने आयोजकले पत्रकार सम्मेलनमार्फत जानकारी गराए । प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो र उत्कृष्ट खेलाडीहरूले क्रमशः १० हजार, ५ हजार, २५ सय र १ हजार तथा कातातर्फ पहिलो, दोस्रो र तेस्रोले ५ हजार, २५ सय र १ हजारका साथै सिल्ड, मेडल, प्रमाणपत्र प्रदान गरिनेछ । (सौस) 

प्रतिक्रिया