महिला भलिबलको राष्ट्रिय टिमलाई प्रशिक्षणमा राख्न तयार छौँ : राई

durja kumar raiकाठमाडौं । भलिबलका पूर्वराष्ट्रिय खेलाडीसमेत रहेका सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राईले राष्ट्रिय महिला टोलीलाई एपिएफ क्लबमा प्रशिक्षणमा राख्न संस्था तयार रहेको बताएका छन् । उनले भने महिला भलिबल टोली दक्षिण एशियाली क्षेत्रको शक्तिको रूपमा उदाएको बताए । सागमा तेस्रो स्थान ल्याए पनि क्षमताअनुसारको उपलब्धि हासिल गर्न सकेन ।

राष्ट्रिय टोली प्रशिक्षणमा रहीरहने हो भने उल्लेखनीय सफलता हात पर्नेछ । उनले भने, ‘हाम्रो संस्थाले महिला भलिबलको राष्ट्रिय टिमलाई खान, बस्न र प्रशिक्षणको व्यवस्था मिलाउन तयार छ । केहि अप्ठ्यारा छन् तर राष्ट्रियको गौरवसँग गासिँएको हुदा संस्थाले पनि गौरव गर्नेछ ।’ (सौस)

प्रतिक्रिया