गाजलुको फस्र्टलुक सार्वजनिक

galaju-1st-look copyकाठमाडौं । बहुप्रतिक्षित चलचित्र ‘गाजलु’को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । चलचित्रका नायक अनमोल केसी २२ वर्ष पुगेको अवसरमा चलचित्र ‘गाजलु’ युनिटले फस्टलुक पोस्टर सार्वजनिक गरिएको हो । चलचित्र २०७३ साल २१ जेठबाट देशव्यापी प्रदर्शनमा आउने भनिए पनि मिति हेरफेर हुनसक्ने बताइएको छ ।

चलचित्र ‘गाजलु’को फस्टलुक पोस्टरमा ‘होस्टेल’, ‘जेरी’ र ‘ड्रिम्स’ चलचित्रका चर्चित नायक अनमोल केसी र डेब्यू नायिका पूर्वमिसनेपाल सृष्टी श्रेष्ठ देखिएका छन् । चलचित्रमा अनमोल र श्रृष्टी श्रेष्ठका अलवा सलोन बस्नेत, गौरव पहारीलगायत कलाकारको मुख्य भूमिका छ । रोहित अधिकारीले निर्माण गरेको चलचित्रलाई हेमराज बिसीले निर्देशन गरेका हुन् ।

१ करोड रुपैयाँभन्दा माथिको बजेटमा तयार भएको यो चलचित्रले लगानी उठाउनेमा निर्माता अधिकारी ढुक्क छन् । नेपाली चलचित्र बजारमा नायक अनमोल केसीको चर्चा उत्कर्षमा पुगेको समयमा ‘गाजलु’ अर्को सफल चलचित्र बन्ने अनुमान गरिएको छ । चलचित्रलाई एफडी कम्पनीले महँगो ‘एमजी’ पनि दिइसकेको छ । ( सौस)

प्रतिक्रिया