राजकुमारलाई गोरखावासीको सम्मान : डाँडाको नाम ह्यारी हिल

ljut rf/ lbgb]lv laBfno ejg k'glg{df{0fdf ;3fpg uf]/vfsf] nfk'j]zLdf a:b} cfPsf a]nfotsf /fhs'df/ Xof/L k|eftls/0f dfWoflds laBfnosf lzIfs Pj+ laBfyL{;+u ;f]daf/ ;fd'lxs kmf]6f] lvrfpFb} . tl:a/ ;f}hGo M hLj u'?Ë÷k|c k|eftls/0f dfla .

भूकम्पले ध्वस्त गाउँको विद्यालय भवन पुनर्निर्माणमा श्रमदान गरेर शिक्षा क्षेत्रमा सहयोग गरेपछि खुसी भएका उत्तरी गोरखाको लापु गाविस–३ लापुबेँसीका स्थानीयवासीले बेलायतका राजकुमार ह्यारीको सम्मानमा डाँडाको नाम ‘ह्यारी हिल’ राखेका छन् । ६ दिनसम्म गाउँमा बसेर ह्यारीले ११ कोठे विद्यालय भवन पुनर्निर्माण गर्न ढुंगा र काठ बोकेपछि खुसी भएका गाउँलेले स्थानीय डम्बुडाँडाको नाम परिवर्तन गरी ‘ह्यारी हिल’ नामाकरण गरेका हुन् ।

ह्यारीलाई मंगलबार बिदाई गर्नुपूर्व स्थानीयवासीले डाँडाको नाम ह्यारी हिल राखेको विद्यालयका प्रधानाध्यापक जीव गुरुङले बताए । ‘अनकन्टार बस्तीमा आएर हामीसँगै ढुंगा, काठ बोक्नुभयो । उहाँको सम्मानमा स्कुलमुनिको डाँडाको नाम ह्यारीहिल राख्यौँ,’ उनले भने, ‘ह्यारीले खुसी हुँदै धन्यवाद भन्नुभयो । ह्यारीले गाउँमा बस्दा औपचारिक रूपमा बोल्न, फोटो खिच्न मान्नुभएको थिएन । सबै गाउँ सलक्कै देखिने डाँडाको नाम ह्यारी हिल राखियो ।’

मनास्लु पदमार्गअन्तर्गत पर्ने ह्यारी हिललाई प्रचारप्रसार गरी थप पर्यटकीय विकास गर्न स्थानीयवासी एकजुट भएका छन् । ०४० सालमा नेपाल भ्रमणमा आएका ह्यारीका पिता बेलायतका तत्कालीन राजकुमार चाल्र्सले पदयात्रा गरेको स्मरणमा धनकुटाका स्थानीयवासीले भेडेटारको एउटा डाँडालाई ‘चाल्र्स पोइन्ट’ नाम राखेका थिए । चाल्र्सका कान्छा छोरा ह्यारीको सम्मानमा पनि लापुबेँसीवासीले स्थानीय डाँडाको नाम ‘ह्यारी हिल’ राखेका हुन् ।

६ दिने गाउँ बसाइमा ह्यारीले स्थानीयवासीको संस्कार, संस्कृतिबारे पनि चासो देखाएका थिए । दिनहुँ बिहान ८ बजेदेखि अपराह्न ५ बजेसम्म विद्यालय र नौलीखोला लघुजलविद्युत् निर्माण गर्न समय खर्चेका ह्यारी फुर्सद हुँदा विद्यालयका विद्यार्थीसँग खेलेको स्थानीयवासीले बताएका छन् । ह्यारीले स्थानीयस्तरमा उत्पादन भएको परिकार खाए अनि स्थानीय गुरुङ संस्कृतिमा आधारित रहेका सांस्कृतिक कार्यक्रमको पनि अवलोकन गर्न भ्याए ।

स्थानीयवासी सोमराज गुरुङले भन्छन्, ‘ह्यारी भाङ्ग्रा, कछाड लगाएर नाच्नुभयो ।’ टिम रुबिकन युके नामक संस्थाले गत कात्तिक महिनादेखि निर्माण सुरु गरेको प्रभातकिरण माविको भवन निर्माणमा सघाउन आएका ह्यारी मंगलबार राजधानी फर्किएका थिए ।

गाडी हुँदै ३ घन्टा पैदल हिँडेर लापुबँेसी पुगेका उनी नेपाली सेनाको हेलिकप्टर चढेर राजधानी फर्किएका थिए । ह्यारी फर्किए पनि ‘टिम रुबिकन युके’ आबद्ध बेलायतका युवायुवतीले विद्यालय भवन पुनर्निर्माणको कामलाई तीव्रता दिँदै आएका छन् ।

आउँदो शैक्षिकसत्र सुरु भएपछि सोही भवनबाट पठनपाठन गर्न मिल्ने गरी तीव्रगतिमा भवन पुनर्निर्माणको काम भइरहेको छ । सो भवन भने नक्सा पास नगरी निर्माण गरिएको र जिल्ला शिक्षा कार्यालयमा जानकारी पनि नदिइएको बताइएको छ ।

प्रतिक्रिया