खडेरीले घट्यो तरकारीको उत्पादन

बाजुरा, १२ चैत । समयमा पानी नपर्दा यो वर्ष बाजुराका अधिकांस गाविसमा तरकारी उत्पादनमा घटेको छ । तरकारी खेतीले परिबार पालेका किसानहरू तरकारी उत्पादन कम भए पछि निकै चिन्तित बनेका छन् । खडेरीकाकारण विगतको भन्दा तरकारी खेती उत्पादन अत्यन्त न्यून छ ।

बाजुरामा मौसम अनुकूल नहुँदा यो वर्ष किसानहरूको मुख्य बालीमध्ये तरकारी उत्पादन ठूलो मात्रामा घट्ने देखिएको छ । लामोसमय वर्षा नभएपछि कतिपय तरकारीबारीहरूमा तरकारीसमेत उमे्रकोे छैन । जिल्लामा तरकारीखेती गर्दे आएका कृषकको बारीमा पोहोरको तुलनामा अत्यन्त कम उत्पादन छ । तरकारी लगाउने बेलामै खडेरी भए र मौसमको असर देखिएपछि तरकारी खेती गरेका किसान र उद्योगी चिन्तित छन् ।

बढीमालिका  नगरपालिकाअन्तर्गत पर्ने जुगाडामा बाजुराको सबैभन्दा तरकारी उत्पादन हुने गरे पनि यो वर्ष भने त्यति राम्रो उत्पादन नभएको बताउँछन् स्थानीय कृषक डबल रोकाया उनी थप्छन्, विगतका दिनमा सदरमुकामबासीलाई तरकारी खुवाएर अन्यत्र पठाइने गरिन्थ्यो तर योपटक खडेरीले तरकारी उत्पादन कम भएको छ । तरकारी धनगढीबाट ल्याउनु परेको समेत बताए । त्यस्तै तरकारी खेतीमा लागेका जुकोट–१ की राधिका शाही भन्छिन्, ‘अहिले त सुरु मात्र छ तर यो वर्ष तरकारी उत्पादन निकै घट्ने अनुमान भइसकेको छ,’ उनले भनिन् ।

यता सदरमुकाम मार्तडीमा सञ्चालन गरेका कृषिउपजकेन्द्रले समेत तरकारी नपाउँदा केन्द्र समेत बन्द भएको छ । स्थानीय किसानले उत्पादन गरेको ताजा तरकारी खरिद गरी प्रशोधन गर्ने गरेको थियो तर तरकारी नपाउँदा कृषि उपजकेन्द्र अल्पत्रसमेत भएको छ । यहाँका कृषकहरूले तरकारी उत्पादन गरी सदरमुकाम र गाउँ आसपासका बजारहरूमा तरकारी बिक्रीवितरण गर्दै आएका भए पनि योपटक भने न्यून तरकारी बजारमा आएको बताउँछन् कोल्टी बजारका रामबहादुर शाही उनी भन्छन् विगतको जस्तो तरकारी यो सालमा कम आएको छ । पहिलेपहिले विभिन्न तरकारी बजारमा आउथ्यो तर आजभोलि रायो, गोभी मात्र आएको छ । बेमौसमी तरकारीसमेत बजारमा कम आउने गरेको भेटिन्छ ।

तरकारी बजारमा विगतका वर्षहरूमा फालाफल नै हुन्थ्यो तर योपटक भने बजारमा खासै नदेखिएको बताउँछन् गैरीबजारका व्यापारी हस्तबहादुर मल्ल  गतवर्षभन्दा धेरैै उत्पादन गटेको हुँदा योवर्ष बजारमा तरकारी त्यति नआएको हुनसक्नेसमेत आँकडा गरेका छन् । तर, समयमा पानी नपरेकाले ज्यादै कम मात्र उत्पादन भइरहेको तोली पुर्वुताका हिमल शाहीले बताए । उनले भने, ‘अहिले उत्पादन सुरु मात्रै छ तर पोहोरजति नहुने देखियो । हिउँदमा पानी नपरेकाले बिउसमेत पलाएकै छैन ।’ हाम्रा खेतबारीमा पनि योवर्ष पानी अभाव र मौसम अनुकूल नहुँदा तरकारी उत्पादन घटेको छ ।

खडेरीका कारण योपटक उत्पादन ज्यादै कम भएकाले यो वर्ष उत्पादनमा व्यापक गिरावट आएको बताए । ‘पानी नपरेर बिजोक छ, तरकारीले नै जीवन चलाएका कृषकहरूलाई तरकारी उत्पादन कम भएपछि निकै चिन्तित बनेका छन् । राम्रो उत्पादन नभएपछि वर्षैभरको उत्पादनमा असर पुग्ने बताउँछन् कोल्टीका जंगवीर रोकाया उनले भने, ‘अब पर्याप्त पानी आएन भने उत्पादन झनै घट्छ ।’

यता जिल्ला कृषि विकास कार्यालय बाजुराका कार्यालय प्रमुख रामकृष्ण श्रेष्ठले खडेरीका कारण बाजुरामा निकै अन्नबाली सखाप भएको र उत्पादन घटेकोसमेत बताए ।

 

 

 

प्रतिक्रिया