महाराज

 

bhim copy

 

श्री ३ सरकारको जय होस्
हुकुम प्रमांगी चाहियो महाराज
हिजो छाडिएको लेठो न हो
राँटो राखेर के काम ?
खनी खोर्सी गर्न पाऊँ
मलाई चाहिएको धेरै कहाँ हो र ?
त्यही हिजो जिजुबाले गरेकै कुरा
उनीहरूले नै चर्चेको भूभाग
जहाँ टेकेको छु अहिले
मेरो धरातल

हो यतिखेर म
मैले मागेको त्यही न हो
हो महाराज बोलिरहेको छु
लिम्बूवानबाट, मधेस–तराई या थारुवानबाट
आदिवासी अल्पसंख्यक या मधेसी भएर
मैले मागेको कुरा हो त्यति
दिन मिल्दैन मर्जी नहोस्
महाराज,
आखिर खुँडा खुकुरी त खोसिएको छैन
ढाल तलबार अनि बारुद पनि राखिएकै छ
मौसुफ सरकारलाई जानकारी होला
शुभकार्यहरूमा अझै पड्किने गरेका छन् नी
त्यो अशुभमा किन चलाऊँ महाराज ?

प्रतिक्रिया