मेरो अस्तित्व

mona raj copy

म यसरि उठेँ जो मैलाई था’छैन
जसरि आगोलाई आगो था’छैन
म चाहन्थेँ वा तिमी चाहन्थ्यौ
त्यो पनि था’छैन
जसरि खोलालाई पानी था’छैन
किन घट्छन यी सब
कि तिमीलाई था’होला कि मेरो चोट्लाई
तिमी सोच्थ्यौ सायद
म तिम्रो पाउमा लम्पसार परु
छाया भैmँ
तिम्रो हुकुम ईश्वर सम्झेर
गरिरहँु पालना भक्त भैmँ
तिम्रो सम्वृद्धिको पहाड उभ्याउन
मै लगाउँ पर्खाल मेरो पसिनाको
मै जोतौँ तिम्रो शताब्दिको हलो
फलाउन फुलाउन
मैमाथि बज्रने तिम्रो माङ्सलहरू
मै भोगोँ दुःख मै सहँु वेदना
लागेकै हो मै मराँै तिम्रो साटो
मैलाई पत्तो नाई कसम
यो आगो कसरी सल्क्यो ममाथि
अहिले आगो छु म
अहिले पहाड छु म
निभ्दिनँ म कुनै पानीले
ऐले पो था भो
म कति कति दुखेको रै’छु
म असाध्य असाध्य चोटमा रै’छु
लाग्छ मलाई यो आगो
त्यही पुरानो घाउबाट उब्जेको हुनुपर्छ
सबलाई थाहा छ त्यो मुहान तिमीले खनेको हुनुपर्छ
पक्कै त्यो घाउ त्यो अजस्र मुहान
तिम्रो प्रेमले
तिम्रो त्यागले पुरिनेछ
र निभ्नेछ आगोहरू

प्रतिक्रिया