पूर्वाधार निर्माणमा चीनबाट सहयोग लिनुपर्छ

sports minister mandalकाठमाडौं, ३ चैत । युवा तथा खेलकुदमन्त्री सत्यनारायण मण्डलले नेपालले आयोजना गर्ने जिम्मेवारी पाएको १३औँ दक्षिण एसियाली खेलकुद (साग) का लागि पूर्वाधार निर्माणमा सहयोग गर्ने विषयलाई प्रधानमन्त्री केपी ओलीको आसन्न चीन भ्रमणका क्रममा प्रस्तुत हुने एजेन्डामा समावेश गराउन आग्रह गरेको बताएका छन् ।

नेपाल खेलकुद महासंघले बुधबार बागबजारमा आयोजना गरेको ‘१३औँ दक्षिण एसियाली खेलकुदको पूर्वाधार, खेलाडीहरूको भविष्यको आधार’ विषयक अन्तत्र्रिmयामा मन्त्री मण्डलले सोको जानकारी गराए । ‘१३औँ सागमा आवश्यक पर्ने भौतिक पूर्वाधार निर्माणमा सहयोग पु¥याउने विषयलाई प्रधानमन्त्रीको चीन भ्रमणको एजेन्डामा समावेश गराइयोस् भनी मैले आग्रह गरेको छु ।’ मन्त्री मण्डलले भने, ‘१२औँ सागको समापनपछि १३औँ साग हामीले आयोजना गर्नुपर्ने विषयमा मैले प्रधानमन्त्रीज्यूलाई ध्यानाकर्षण पनि गराएको छु ।’ मन्त्री मण्डलले १३औँ सागका लागि समिति गठन गरी आम जनमानसलाई सूचना दिन विलम्ब गर्न नहुनेमा जोड दिए । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव केशवकुमार विष्टले साग आयोजनाको गहन जिम्मेवरी लिनु अत्यन्तै सम्मानित कुरा भएकोले त्यसलाई पूरा गर्न राखेप गम्भीरतापूर्वक लागिपर्ने प्रतिबद्धता व्यक्त गरे ।

सदस्यसचिव विष्टले १३ सागलाई सफलतापूर्वक सम्पन्न गर्न नेतृत्वमा इच्छाशक्ति पनि आवश्यक रहेको बताउदै १२औँ सागको सहभागिता पनि इच्छाशक्तिकै कारण सम्भव भएको बताए । उनले साग आयोजनाका लागि सबैभन्दा पहिलो आवश्यकता पूर्वाधार भएको बताउँदै केही दिनमै सागको तयारीका लागि समिति गठन गर्ने समेत अवगत गराए । उनले राखेपलाई प्राप्त हुने जिम्मेवारीलाई कुशलतापूर्वक सम्पन्न गर्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाउदै साग २ वर्षपछि नेपालमा हुने गरी दृढसंकल्पका साथ अगाडि बढ्ने बताए । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले सिंगो रूपमा सरकारले जिम्मेवारी लिन सके मात्र साग आयोजना सम्भव हुने बताउँदै तदारुकताका साथ तयारी अगाडि बढाए २ वर्षको अवधि पर्याप्त हुने धारणा व्यक्त गरे । अध्यक्ष श्रेष्ठले खेलकुद राष्ट्रिय एकताको माध्यम भएकाले मोफसलमा पनि खेल आयोजना गरी सबै जनतालाई अपनत्व हुने गरी सागलाई एउटै मालामा उन्न सक्नुपर्नेमा ध्यान दिनुपर्ने बताए ।

नेपाल खेलकुद महासंघका अध्यक्ष रहेका युवा तथा खेलकुदपूर्वमन्त्री पुरुषोत्तम पौडेलले कार्यपत्र प्रस्तुत गर्ने क्रममा सागलाई सफलतापूर्वक सम्पन्न गर्न पूर्वाधार, खेल सामग्री, प्रशिक्षण र पुरस्कारमा विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याए । भारतको गुवाहटीमा गत फागुन ४ गते भएको १२औँ सागको समापन कार्यक्रममा नेपाललाई १३औँ साग आयोजनाका लागि झन्डा हस्तान्तरण गरिएको थियो ।

प्रतिक्रिया