हिमपातले हुम्लामा जनजीवन प्रभावित

Snow fall humlaमुसीकोट । हुम्लाको सदरमुकाम सिमीकोटमा बिहानैदेखि हिमपात भएपछि जनजीवन प्रभावित भएको छ । हिमपातपछि यहाँको एक मात्र विमानस्थलबाट नेपालगञ्ज र सुर्खेत आउने हवाइ उडान बन्द भएको छ । कात्तिकमा छरेको जौ, गहुँ यो हिमपातपछि उम्रिने स्थानीय बासिन्दा बताउँछन् । भदौदेखि पानी नपरेको सिमीकोट सदरमुकाममा यो हिमपातपछि रुघाखोकी कम हुने स्थानीयवासीको भनाइ छ । (सौस)

प्रतिक्रिया