कांग्रेस १३ औँ महाधिवेशन : वरिष्ठ नेता देउवा सभापतिमा निर्वाचित

deuba copyकाठमाडौं, २४ फागुन । कांग्रेसको १३औँ महाधिवेशनबाट वरिष्ठ नेता शेरबहादुर देउवा निर्वाचित भएका छन् । कांग्रेसको १३ औँ महाधिवेशनमा सभापतिका लागि आइतबार भएको पहिलो चरणको निर्वाचनमा सभापतिका प्रत्यासी कार्यवहाक सभापति रामचन्द्र पौडेल, वरिष्ठ नेता शेरबहादुर देउवा र महामन्त्री कृष्णप्रसाद सिटौलामध्ये कसैले पनि ५० प्रतिशतभन्दा बढी मत ल्याउन सकेनन् ।

कांग्रेसको विधानअनुसार बढी मत ल्याउने शेरबहादुर देउवा र रामचन्द्रबीच सोमबार सभापतिका लागि दोस्रो चरणको निर्वाचित भएको हो । हालसम्म पूर्ण नतिजा नआए पनि देउवले ५० प्रतिशतभन्दा बढी मत प्राप्त गरिसकेकाले उनी कांग्रेसको सभापति घोषित हुन औपचारिकता मात्र बाँकी छ ।

प्रतिक्रिया