यो समय

anmol kadel copyनित्सेले,
दिउँसै बोक्दै हिँडेको लालटिन निभ्छ,
र अकस्मात उसको अघि उभिन्छ ,
टर्चलाइट बोकेर स्वामी विवेकानन्द !

पियानो हराएपछि ,
आफ्नै आदिम संगीत नभेट्टाएर,
हरेक रात व्यथाले दुख्दै,
पागल जसरी दौडिँदै हुन्छ यहाँ विथोवेन

त्रिपिटकको कुनै पाना च्यातिँदा,
वर्षौ पहिले आपैmँले दिएको,
शान्तीको मूलमन्त्र बिर्सेर,
परीक्षाको अघिल्लो रातको विद्यार्थी जस्तै,
छट्पटिन्छ यहाँ आधुनिक बुद्ध

नाथुरामहरू मारिएपछि,
संसदभित्र पस्छ यहाँ गान्धी,
र अचानक पलाउँछ,
हेयरप्रोडक्टको विज्ञापनमा भैmँ,
मुण्डन गरेको उसको तालुमा कपाल

युद्धपूर्व नै बेहोस भएर ढल्छ,
बोनापार्टको तलवारको धार,
र बोधो तलवारले लड्दालड्दै,
सहादत प्राप्त गर्छ वीरले आफ्नै भूमिमा

दरबारमा उभिएर,
म नै राज्य हुँ भनिरहेको हुन्छ यहाँ लुइ चौधौँ
र उसको अनुहारको मुकुट फुकाल्दा,
निस्कन्छ त्यहाँबाट चौधवटा कार्ल मार्क्स

कन्सन्ट्रेसन क्याम्पभित्र,
हजारौँ लासको बीचमा बसेर,
हाँस्दै पढिरहेको हुन्छ हिट्लर,
लाखौँ एन्नी प्र्mयांकहरूको डायरी,

यो समय,
अकस्मात अड्किन्छ हकिङ्को,
टाइम ट्राभलको थ्यौरीमा,
र ब्युताउँछ इतिहासका पात्रहरूलाई,

अपसोच,
हरेक पात्र कुपात्र देखेर
आत्मदाह गर्न खोज्छ ऊ ,
नैतिकताको तलवारमा गर्धन सेरेर,

ठ्याक्कै त्यही सेकेन्ड,
जन्मिन्छ्न् केही नानीहरू,
र झसंग हुन्छ कुनै कविको कविता,
नानीहरूको रुवाइको निर्दोष तरंगहरूले

प्रतिक्रिया