भारतीय चेलीलाई अंगीकृत नागरिकता

गौर, २० फागुन । इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरबाट पछिल्लोपटक २१ जना भारतीय महिलाले अंगीकृत नागरिकता प्रमाणपत्र लिएका छन् । गत साउन महिनादेखि फागुन मध्यसम्मको अवधिमा नेपालीसँग विवाह गरेका २१ भारतीय महिलाले वैवाहिक अंगीकृत नागरिकता पाएको इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरका उपसचिव गिरधारी सुवेदीले बताए ।

सुवेदीका अनुसार अंगीकृत नागरिकता पाउनेमा अधिकांश भारतीय महिला रहेका छन् । नेपाली पुरुषसँग विवाह गरेका भारतीय युवतीलाई नयाँ संविधानले नागरिकताबाट वञ्चित गरेको प्रचार भइरहेको बेला उक्त अवधिमा इलाका प्रशासन कार्यालयले वैवाहिक अंगीकृत नागरिकता प्रदान गरेको हो ।

यसरी नागरिकता प्रमाणपत्र पाउनेमा चन्द्रपुर नगरपालिका, रमौली वैरिया, सिम्राभवानीपुर, बसबिट्टी जिङ्गडिया, लक्ष्मीपुर दोस्तिया, विश्रामपुर र सखुअवाधमौरा गाविसका पुरुषसँग विवाह भईआएका भारतीय महिला रहेका छन् ।

प्रतिक्रिया