सनिल र उर्मिलालाई बोल्डरिङ उपाधी

main copyकाठमाडौं, १३ फागुन । चौथो माउन्टेन स्पोर्ट्स फेस्टिभल २०१६ अन्तर्गत भएको अन्तरस्कुल बाउल्डरिङ कम्पिटिसनको उपाधि छात्रतर्फ मञ्जरी सेकेन्डरी स्कुलका सनिल केसी र छात्रातर्फ पद्मकन्या स्कुलकी उर्मिला तामाङले हात पार्न सफल भएका छन् । उनीहरूले नगद ३÷३ हजार, मेडल, प्रमाण पत्र र गिफ्ट ह्याम्पर प्राप्त गरे । नेपाल क्लाइम्बिङ स्पोर्ट संघद्वारा आयोजित प्रतियोगितामा दोस्रो र तेस्रो स्थानमा छात्रतर्फ आइडल इंग्लिस स्कुलका खुर्सिद अब्दुल्लाह र चारुमती ओपन स्काउटका अनुप अधिकारी रहे भने छात्रातर्फ हिमालय बोर्डिङ स्कुलकी युनिका दुलाल र पद्मकन्या स्कुलकी स्वर्निका वली रहिन् । दोस्रो र तेस्रो हुनेले क्रमशः २ हजार र १ हजार रूपैयाँका साथै मेडल, प्रमाणपत्र र गिफ्ट ह्याम्पर हात पारे ।

चौथौ र पाँचौँ स्थान छात्रतर्फ एप्सेडेल पब्लिक स्कुलका अरुन डंगोल र वेलकम टु माइ यार्डका आशिष लिम्बू तथा छात्रातर्फ हिमालयकी संगीता लामा र पद्मकन्याकी संझना केसीले हात पारे । उनीहरूले प्रमाणपत्र र गिफ्ट ह्याम्पर प्राप्त गरे । विजयी खेलाडीलाई प्रमुखअतिथि नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद्की सदस्य यानकुमारी गुरुङ अस्मिता, पर्वतीय खेलकुद महासंघका महासचिव गोविन्द भट्टराई, नेपाल ओलम्पिक कमिटीका सदस्य एवं ट्राइथलन संघका महासचिव निलेन्द्रराज श्रेष्ठले पुरस्कार वितरण गरेका थिए ।

दुईदिने प्रतियोगितामा १० स्कुलका १ सय १६ विद्यार्थी खेलाडीको सहभागिता रहेको थियो । फाइनलमा १५ छात्रा र २० छात्रहरूले प्रतिस्पर्धा गरेको नेपाल क्लाइम्बिङ स्पोर्टका महासचिव मेघराज पौडेलले जानकारी गराए ।

प्रतिक्रिया