सलमानलाई ज्यान मार्ने धम्की

5 copyमुम्बई । बलिउडका चर्चित अभिनेता सलमान खानलाई ज्यान मार्ने धम्की आएको भन्दै सुरक्षा सर्तकता बढाइएको छ ।

भारतीय सञ्चारमाध्यमले जनाए अनुसार सलमानलाई ज्यान मार्ने धम्कीसहितको फोन आएपछि मुम्बई प्रहरी अहिले यसको अनुसन्धानमा जुटेको छ ।

हालसम्म फोन कसले गरेको थियो प्रहरीले पत्ता लगाइनसकेकाले बाहिर नआएको हो । हाल आफ्नो नयाँ चलचित्र ‘सुल्तान’ को छायांकनमा व्यस्त सलमानलाई १६ फेबु्रअरीमा प्रहरी कन्ट्रोल रूपमा सलमानको ज्यान मार्ने धम्कीसहितको फोन आएको बताइएको छ । उक्त ज्यानमार्नेसहितको फोनपछि अहिले प्रहरीले सलमानको सुरक्षामा पुनरावलोकन र फोनकर्ताको खोजी एकैसाथ थालेको छ ।

गतवर्ष २ सुपरहिट चलचित्र दिएपछि सर्वाधिक चर्चामा रहेका सलमानलाई पछिल्लो समय प्रहरीले पनि उच्च सर्तकताका साथ हिँड्न सुझाव दिइरहको छ ।
हालसम्म अविवाहित सलमानलाई उनको क्रेजका कारण ज्यानमार्ने धम्की आएको हुनसक्ने विभिन्न सञ्चारमाध्यमले बताएका छन् ।

प्रतिक्रिया