साजन र गणेश पहिलो

काठमाडौं । साजन मगर र गणेश लामा प्रथम राष्ट्रिय तौल समूह खुला फुलकन्ट्याक्ट कराते प्रतियोगितामा शनिबार पहिलो स्थान हात पारेका छन । साजनले २५ केजीको फाइनल खेलमा प्रवेश करन्जितलाई हराए । त्यस्तै खुलातर्फको फाइनलमा गणेशले सन्तोषकुमार गुप्तालाई रोके ।

त्यस्तै पुरुष ३० केजीमा रुकेश मकैले दीपककुमार ठकुरीलाई हराए । ३५ केजीको फाइनलमा विकाश महर्जनले विशाल लामालाई हराए । त्यस्तै ४० केजीको फाइनलमा निकेशमान कायस्थले अनीलकुमार महतोलाई हराउँदै स्वर्ण जिते । ४५ केजीको फाइनलमा सरोज तामाङले उमेश चौधरीलाई स्तब्ध बनाए । त्यस्तै ५० केजीमा समीर तामाङले अर्जुन लामालाई हराउँदै स्वर्ण जिते । शनिबार नै सम्पन्न हुने प्रतियोगिता जारी छ । (सौस)

प्रतिक्रिया