“राम्रो गर्नेले नडराउनु”

g]kfn k|zf;gLs k|lzIf0f k|lti7fgåf/f cfOtaf/ cfof]lht ljsf; ;Demf}tf sfof{Gjog ug{ lhNnf txsf ;/sf/L clwsf/Lsf]] tflnd pb3f6g sfo{qmddf k|wfgdGqL s]kL zdf{ cf]nL / d'Vo ;lrj 8f ;f]dnfn ;'j]bL . tl:a/ M k|bLk/fh jGt, /f;;

काठमाडौं, २ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले राम्रो काम गर्ने कर्मचारीले कसैसँग डराउनु नपर्ने बताएका छन् । कर्मचारीतन्त्रमा काम पन्छाउने र आफूभन्दा ठूला पदका व्यक्तिसँग डराउने प्रवृत्तिप्रति असन्तोष व्यक्त गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

विकास सम्झौता कार्यान्वयनका लागि जिल्ला तहका सरकारी अधिकारीका लागि आयोजित तालिमको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सरकारी कर्मचारीलाई निर्भिकताकासाथ राम्रो काम गर्न आग्रह गरे ।

लगानी बोर्डको कार्यालय र नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजित सो कार्यक्रममा ठूला परियोजनामा स्थानीय जनताको अवरोध देखिने गरेकामा चिन्ता व्यक्त गर्दै उनले भने, ‘स्थानीय प्रशासन र लगानीकर्ताले स्थानीय जनतालाई सम्झाएर विश्वस्त बनाउनुपर्छ ।’ उनले राजनीतिक अधिकारकारूपमा संविधानसभाबाट संविधान जारी भइसकेकाले अब विकास र समृद्धिमा सबैको ध्यान केन्द्रित हुनुपर्ने बताए ।

कार्यक्रममा मुख्य सचिव डा.सोमलाल सुवेदीले विकास आयोजनालाई दु्रतगतिमा अघि बढाउन सरकारले वातावरणीय प्रभाव मूूल्यांकन प्रक्रियालाई छोट्याएको उल्लेख गर्दै अबको कर्मचारीतन्त्र सामाजिक सम्बन्धमुखी र विकासमैत्री हुनुपर्नेमा जोड दिए । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत राधेश पन्तले स्थानीय प्रशासनले प्रभावित क्षेत्रका जनतामा आयोजनाप्रति अपनत्वको भावना जगाउनु पर्नेे धारणा राखेका थिए ।

प्रतिष्ठानका कार्यकारी निर्देशक पुण्यप्रसाद न्यौपानेले मुलुकको विकास प्रशासन थला परेको अवस्थामा यस्ता तालिमले स्थानीय कर्मचारीमा जिम्मेवारी र उत्तरदायित्व वहन गर्ने भावना जगाउने विचार व्यक्त गरे । तालिम यही ६ फागुनसम्म चल्नेछ । तालिममा माथिल्लो कर्णाली र अरुण तेस्रो जलविद्युत् परियोजना प्रभावित जिल्ला दैलेख, अछाम, सुर्खेत र संखुुवासभाका सिडिओ, एलडिओ, मालपोत अधिकृत, डिएफओ र नेपाल विद्युत् प्राधिकरणका प्रमुख गरी २० जनाको सहभागिता छ ।

एलडिओलाई विकास परियोजना सम्झौतालाई कार्यान्वयन गर्ने सम्बन्धमा देखिने चुनौती तथा समस्यालाई समाधान गर्न कसरी काम गर्ने सम्बन्धमा विज्ञबाट तालिम दिइनेछ ।

प्रतिक्रिया