१२औँ दक्षिण एसियाली खेलकुद

Gaurika Singh - silver medal in Freestayle 400 meter - copyसिलोङ, २७ माघ । भारतको गुहावटी र सिलोङमा जारी साग खेलको आधा समय सकिँदा नेपालले जम्मा ३२ पदक जितेको छ । उसुकी निमा घर्ती मगर स्वर्ण पदक जित्दै यस सागमा नेपालकी पहिलो नायिका भइन् भने पौडीवाज गौरीका सिंह १ रजत र ३ कांस्य पदक जित्दै सनसनी फैलाउन सफल भइन् । नेपालका ३ प्रमुख खेल तेक्वान्दो, बक्सिङ ट्रायथलन र जुडोका खेल भने हुन बाँकी नै रहेका छन् । यस बीचमा भारोत्तलन, पौडी, उसु, आर्चरी, भलिबल, टेनिस, टेबलटेनिस, ब्याडमिन्टन, कुस्ती र खोखोका सबै खेल सकिइसकेका छन् । ढाकामा भएको ११आँै सागलाई आधार मान्दा यसपटक नेपाली टोलीमा गौरिका सिंहको उदयले पौडीको संरचना भयो । यसका बाबजुद ११औँ पदक नजितेको भारोत्तलनमा पनि नेपालले फड्को मा¥यो । नेपाली टोली फुटबलको लिग चरणको प्रदर्शन हेर्दा नेपाल बलियो टोलीको रूपमा रहेको छ ।

उसुमा एकैदिन ५ रजत

विगतमा धेरै पदक जित्दै आएको उसुमा १२आँै सागमा भने १ स्वर्ण पदकमा सीमित भएको छ । बुधबार नेपालले कुल ६ रजत पदक जिते पनि कुनै पनि स्वर्ण पदक जित्न सकेन । यसका साथै दक्षिण एसियाली उसुमा भारतको एकछत्र दबदबा रहन पुगेको छ । बुधबार नेपालले स्वर्ण पदकको आशा गरेको सबिता राई र हरि गोले रजतमा चित्त बुझाउन पुगे । उसुतर्फ एकैदिन स्वर्णका लागि प्रतिस्पर्धा गरेका ६ खेलाडी फाइनलमा पराजित भए । त्यससँगै नेपालले उसुतर्फ ६ रजत पदकमा चित्त बुझायो । उसुका खेलाडी हरिप्रसाद गोले, सविता राई, झरना गुरुङ, जुनी राई, विन्दु पुन मगर र राजेश चौधरीले १२औँ दक्षिण एसियाली खेलकुद(साग)मा रजत पदक जितेका छन् । बुधबारबाट उसुका खेल सकिएका छन् । उसुमा नेपालले कुल १ स्वर्ण, १० रजत र १ कांस्य पदक जित्दै साग यात्रा टुंगाएको छ ।

स्वर्णको लागि भएको प्रतिस्पर्धामा गोलेले १७ दशमलव ६२ अंक जोड्दै थाउलोको ताइची अलराउन्डमा रजतमा सीमित भए । बुधबार सम्पन्न स्पर्धामा हरिले ताइजिक्वान र ताइचियानको संयुक्त स्पर्धामा १७ दशमलव ६२ स्कोर गर्दै रजत पदक जितेका हुन् । सागमा थाउलोमा नेपालले १ स्वर्ण र ५ रजत पदक जितिसकेको छ । सोही स्पर्धामा १८ दशमलव ५३ अंक जोडेका भारतका ज्ञानदेश सिंहले स्वर्ण जिते । बंगलादेशका रहमुत्तला किशोरले कांस्य हात पारे । जितपछि गोलेले भने मंगलबार स्वास्थ्यमा केही खराबी आए पनि खेलमा ठीक थियो । स्वर्ण पदक जित्ने लक्ष्य पूरा भएन् । तथापि रजत पदकमा पनि खुसी छु ।

squash medalist copyबुधबार सान्सौको ५६ किलो तौल समूहमा नेपालका राजेश चौधरी भारतका रबि पाञ्चलसँग पराजित भए । यसैगरी, झरना गुरुङ, जुनु राई र बिन्दु पुन मगर पनि सान्सौको फाइनलमा हारे । ७० किलोमा बिन्दु भारतकी पूजा काडियानसँग पराजित भइन् । ६० किलो तौल समूहमा जुनी केसी भारतकी अरुनपमा देवीसँग हारिन् । सान्सौको ४ जना नै फाइनलमा पराजित भएपछि नेपाली यसैगरी थाउलोको ताइजिजान र ताइजिक्वानको संयुक्त स्पर्धामा सबिता राईले १७ दशमलव ७० स्कोर गर्दै रजत पदक जितिन् । स्वर्ण विजेता भारतकी ताम्बु चुनले १८ दशमलव ६२ स्कोर गरिन् । सबिताले ताइजिजानमा ९ दशमलव १५ र ताइजिक्वानमा ८ दशमलव ५५ स्कोर गरिन् । उसुको अन्तिम दिन सरोज पुनले कांस्य पदक जितेका थिए ।

यसअघि निमा घर्ती मगरले स्वर्ण जितेकी थिइन् भने सुस्मिता तामाङ, विजय सिञ्जाली, युवराज थापा, र विश्व बुढामगरले रजत पदक जितेका थिए । समग्र जितेको ११ पदकमा नेपाली वृत्त खुसी भए पनि एक स्वर्ण पदक नेपालले अपेक्षा गरेभन्दा कम्ती थियो । १०आँै सागमा पहिलोपटक उसु खेल समावेश हुँदा बिना खड्का र राजकुमार रसाइलीले स्वर्ण जितेका थिए । ढाका सागमा विनिता महर्जन र आङबाबुले स्वर्ण जितेका थिए । पहिलोपटक नेपाली उसु एक स्वर्ण पदकमा खुम्चिएको हो ।

तथापि, यो टोलीका केही राम्रा पक्ष पनि छन् । टोलीका पदक विजेता धेरै खेलाडी २० वर्षभन्दा कम उमेरका छन् । ३ जना खेलाडी कक्षा १० मा अध्ययनरत छन् । पुस्तान्तरको क्रममा रहेको नेपाली उसुमा यसले केही राम्रो संकेत गरेको छ । पदक विजेता धेरै खेलाडीले घरेलु प्रतियोगितामा नेपाल आर्मी क्लबको प्रतिनिधित्व गर्ने गर्छन् । आर्मी क्लब राजीव महर्जनको प्रशिक्षणमा रहेको छ ।

ब्याडमिन्टनमा कास्य

नेपालकी नङ्शल तामाङ सागअन्तर्गत ब्याडमिन्टनको महिला सिंगल्समा बुधबार कांस्यमा सीमित भएकी छन् ।

सिलोङमा भएको खेलमा नङ्शल सेमिफाइनलमा भारतकी रुबिकासँग सोझो सेटमा २१–१२ र २१–७ ले पराजित भएपछि कांस्यमा सीमित भएकी हुन् । अघिल्लो दिन सम्पन्न क्वाटरफाइनलमा नङ्शलले बंगलादेशकी राहनालाई २१–१० र २१–१३ को सोझो सेटमा हराउँदै सेमिफाइनलमा स्थान बनाएकी थिइन् । त्यसै दिन प्रिक्वाटरफाइनलमा नङ्शलले माल्दिभ्सकी खेलाडीलाई २१–९ र २१–१३ को सिधा सेटमा पाखा लगाएकी थिइन् ।

सागमा ब्याडमिन्टनको यो दोस्रो व्यक्तिगत पदक हो । श्रीलंकामा भएको सागको १०औँ संस्करणमा सुमिना श्रेष्ठले कांस्य जितेकी थिइन् ।

ब्याडमिन्टनमा नेपालले जम्मा २ कांस्य पदक जित्यो । यसअघि महिला टिम इभेन्टमा नेपालले कांस्य जितेको थियो । टिममा सरादेवी तामाङ, नङ्शल, अमिता गिरी, शिक्षा श्रेष्ठ, जेशिका गुरुङ, मेघा चन्द र अनुमाया राई छन् । ब्याडमिन्टनको स्पर्धा बुधबार सम्पन्न भएको छ ।

ह्यान्डबल खेल स¥यो
नेपालको ह्यान्डबल खेल बुधबार हुने भए पनि प्राविधिक कारणले सरेको छ । ह्यान्डबल टोली बुधबार बिहान मात्र गुहावटी आइपुगेका कारण नेपाली टोलीले बिहीबार खेल्न अनुरोध गरेको थियो । नेपाली टोलीको अनुरोध स्वीकारिएको टोलीका सेद द मिसन धर्मकुमार श्रेष्ठले बताएका छन् ।

गौरिकाले दिलाइन रजत पदक

गौरिका सिंहले नेपाली पौडी इतिहासमा ऐतिहासिक उपलब्ध दिलाउने क्रमलाई १२औँ दक्षिण एसियाली खेलकुदको छैटौँ दिन पनि कायम राखिन् । सिंहले बुधबार भएको २ सय मिटर मेड्लेतर्फ राष्ट्रिय कीर्तिमान राख्दै रजत पदक जितिन् । सिंहले १२औँ सागमा अहिलेसम्म १ रजत र ३ कांस्य पदक जितिसकेकी छन् ।

बुधबार गुवाहाटीमा भएको प्रतिस्पर्धामा २ सय मिटर मेड्लेतर्फ २ मिनेट ३३ः२६ सेकेन्डमा दुरी पूरा गर्दै रजत पदक जितेकी हुन् । उनले यसका साथै आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमानमा समेत सुधार गर्दै नयाँ कीर्तिमान बनाएकी छन् । यसअघि यसस्पर्धामा उनले ३ मिनेट ३८ः१७ सेकेन्डमा दुरी पूरा गर्दै रेकर्ड राखेकी थिइन् । बुधबार उनले रजत जित्ने क्रममा सो रेकर्ड तोड्दै नयाँ राष्ट्रिय रेकर्ड बनाएकी हुन् ।

१२औँ सागमा नेपालका लागि ४ पदक जित्ने उनी मात्र एक नेपाली खेलाडी हुन् । रजत पदक जितेपछि उत्साहित हुँदै गौरिकाले भनिन्, ‘म खुसी छु । अझै राम्रो तयारी गर्न सकेको भए अझै राम्रो हुने विश्वास लिएको छु । आगामी दिनमा अझै उत्कृष्ट पदर्शन गर्ने विश्वास छ ।’

स्क्वासमा पनि पदक

स्क्वासको महिला टिम इभेन्टमा नेपालले कांस्य पदक जितेको छ । यो पदकसहित नेपालको पदक संख्या ३२ पुगेको छ । नेपालले उसुमा १२, पौडी र भारोत्तलनमा ४÷४, ब्याडमिन्टन, कुस्ती, खोखो र टेबलटेनिसमा २÷२ पदक जितेको हो । यसैभरी, भलिबल, आर्चरी, स्क्वास र हक्कीमा १÷१ पदक हात पारेको छ ।

दुवै टोलीले कमजोरी सुधार्न प्रयास गर्ने

नेपाली फुटबल टोलीका प्रशिक्षक राजु काजी शाक्यले बंगलादेशसँग हुने समुह चरणको दोस्रो खेलमा पहिलो खेलमा गरेको गल्ती दोह¥याउन नहुने बताएका छन् । पहिलो खेलमा भुटानलाई ५–० ले हराएपछि नेपाली टोलीले हल्का लिएको र केही क्षेत्रमा गल्ती गरेको प्रशिक्षक राजु काजी शाक्यले बताएका छन् । शाक्यले बंगलादेशसँगको खेलमा सुधार गर्नुपर्ने केही क्षेत्र रहेको बताएका छन् ।

बंगलादेशले पहिलो खेलमा भुटानसँग गोलरहित बराबरी गरेको थियो । यसैगरी, नेपालले भुटानलाई फराकिलो अन्तरले पराजित गरेको थियो । खेलसँगै नेपालसँगै सेमिफाइनल प्रवेश गर्ने अर्को टोलीको टुंगो लाग्नेछ । बंगलादेश टोलीका प्राविधिक निर्देशक चाकी टाकेडाले नेपालसँग फरक ढंगले उत्रने बताएका छन् । उनले आफ्ना खेलाडीले बल गुमाइसकेपछि लखेट्ने काम नगरेको बताउँदै भुटानसँगको खेलमा यसलाई सुधार्नु पर्ने बताएका छन् । समूह ‘ए’बाट माल्दिभ्स विजेता र भारत उपविजेताको रूपमा सेमिफाइनल प्रवेश गरेका छन् । भारतले माल्दिभ्सलाई ३–२ ले हराउँदै श्रीलंकालाई गोल अन्तरले पछि पारेर सेमिफाइनल प्रवेश गरेको हो ।

गुहावटीमा पुरुष टोलीले खेलेकै दिन सिलोङमा महिला टोलीले प्रतियोगिताको अर्को बलियो टोली भारतको सामना गर्नेछ । नेपालले सुरुआती २ खेलमा जित हात पार्दै ६ अंकसहित अग्रता लिएको छ । पहिलो खेलमा माल्दिभ्ससँग गोलरहित बराबरी गरेको भारतले दोस्रो खेलमा श्रीलंकालाई ५–० ले पराजित गरेको थियो । केसीले भारत बलियो टोली भए पनि आफ्नो टोली सन्तुलित भएको बताएका छन् ।

यसअघि सागमा नेपालले मंगलबार कुल १ स्वर्ण, ५ रजत र १४ कांस्य पदक जितेको थियो । बुधबार भने ७ रजत र ३ कांस्य पदक जित्यो ।

रजतस“गै खेलबाट झरनाले लिइन् सन्यास

१२औँ सागमा उसुतर्फ रजत पदक विजेता झरना गुरुङले खेलबाट सन्यास लिएको बताएकी छिन् । झरनाले जारी साग नै अन्तिम खेल भएको जनाउँदै खेलाडीका रूपमा एरिनामा नउत्रने बताएकी हुन् । उनले आपूm खेलाडीका रूपमा नभए पनि प्रशिक्षकलगायत अन्य क्षेत्रमार्फत उसुमा भने सदैव लागिरहने बताइन् । झरनाले आपूmलाई खेलाडीका रूपमा यो स्थानसम्म ल्याउने सबैलाई आभारसमेत प्रकट गरिन् ।

पोखराकी २८ वर्षीय झरनाले ७ वर्ष खेलाडीको रूपमा उसुमा बिताइन् । जारी सागको रजत नै झरनाको हालसम्मकै ठूलो अन्तर्राष्ट्रिय पदक हो । यसअघि झरनाले ढाकामा सम्पन्न ११औँ सागमा कांस्य, भियतनाममा भएको आठाँै अन्तर्राष्ट्रिय उसु च्याम्पियनसिपमा कांस्य र फस्ट एसियन मार्सल आर्टसमा समेत कांस्य पदक जितेकी थिइन् ।

प्रतिक्रिया