सागरको ‘ढोकाहरू’ बजारमा

sagar rai copyकाठमाडौं, २७ माघ । गायक तथा संगीतकार सागर राईले दोस्रो गीत बजारमा ल्याएका छन् ।

‘ढोकाहरू…’ नामक दोस्रो गीत गायक राईले म्युजिक नेपालमार्फत सार्वजनिक गरेका हुन् । उक्त भिडियोमा ढोकाहरू किन बन्द छन् सबै जताततै यहाँ अन्धकार छ किन यहाँ भन्दै गीतमार्फत गरिब, सडकबालबालिकाको आवाजलाई बाहिर ल्याउने प्रयास गरेका छन् । यसअघि गायक राईले ‘छैन कुनै रहर बोलको गीत सार्वजनिक गरेका थिए ।

गायक राईको आफ्नै शब्द तथा स्वर रहेको गीतको संगीत सरोज कोइरालाले भरेका हुन् । म्युजिक भिडियोको निर्माण मध्यस्थ आर्ट स्टेसनले गरेका छन् । सडक जीवन बिताइरहेका रहेकाहरूको कथा व्यथाबारे समाजलाई सचेतना पैmलाउने उद्देश्यले गायक राईले यसका लागि गीत संगीतमार्फत केही प्रयासहरू गरिरहेको बताए । उनको पहिलो गीतभन्दा पनि दोस्रो गीत निकै मार्मिक देखिएको छ । गीतमार्फत गायक राईले मुलुकमा ठुल्ठूला क्रान्ति भए । हजाराँै सहिदले देशका निम्ति प्राण आहुति दिए । तर, कसले के पायो आज के यही हो नयाँ नेपाल यही हो त नयाँ सविंधानको उपलब्धि ? कसले दिने यसको जवाफ कसले भन्दै गीतलाई मार्मिक रूपमा प्रस्तुत गरिएको छ ।

‘छैटाँै गीत निकाल्ने अभियानमा छु । भर्खरै दोस्रो गीत बजारमा ल्याएको छु ।’ गायक राईले भने, छैटौँ गीत निकालिसकेपछि कुनै एक च्यारिटी सो गरेर अनाथ तथा सडकबालबालिका लागि केही गर्ने सोच बनाएको छु ।’

प्रतिक्रिया