विद्युतीय स्कुटरमा ग्राहकको आकर्षण

काठमाडौं, २६ माघ । पछिल्लो समय नाकाबन्दिले पेट्रोलियम पदार्थको अभाव भएपछि बिद्युतिय स्कुटरमा ग्राहकको आकर्षण बढ्दै गएको छ । एउटा यस्तो समय थियो, विद्युतीय सवारी भनेपछि मानिसहरू नाक खुम्चाउने गर्थे । तर, अहिले अवस्था ठिक उल्टो भएको छ । मान्छेको सर्वाधिक रोजाईमा विद्युतीय सवारी हुन थालेका छन्, उत्तिकै भरपर्दो पनि । भारतीय नाकाबन्दीका कारण बजारमा इन्धनको अभाव भएपछि विद्युतीय सवारीमा मानिसको आकर्षण बढेको हो ।

यतिबेला विद्युतीय गाडी र स्कुटरका शोरुममा ग्राहकको भिड देखिन्छ । विद्युतीय गाडी र स्कुटर बिक्रेतालाई ग्राहकको माग पु¥याउनै धौ÷धौ भइरहेको छ । यस्तै आकर्षण देखिएको छ, चिनियाँ ब्रान्डका विद्युतीय स्कुटरमा पनि ।

करिव दुई महिना अगाडि नेपाल भित्रिएका चिनियाँ ब्रान्डका ‘यादी’ र ‘जोन वे’ स्कुटर २५ थानभन्दा बढी बिक्री भइसकेको छ । करिव २५ थान स्कुटर बुकिङ भएका छन् । बजारमा इन्धनको अभावसँगै विद्युतीय स्कुटरको माग हृवात्तै बढेको टुञ्चे ट्रान्स हिमालय ट्रेडिङ कन्सर्नका निर्देशक त्रिकलधर तुलाधरले बताए ।

नेपालमा ७ वर्षदेखि स्पेनिस ब्रान्डको रिजु डट बाइक बिक्री गर्दै आइरहेको हिमालय ट्रेडिङले चिनियाँ विद्युतीय स्कुटर भित्राएको हो । चिनियाँ विद्युतीय स्कुटर नेपाल भित्रिएको छोटो अवधिमै लोकप्रिय बन्न सफल भएको छ ।

स्कुटरको माग बढेपछि थप ५० स्कुटर चीनबाट मगाएको कम्पनीका निर्देशक तुलाधरले बताए । अहिले जोन वे एमएसजी बी, यादी आइएम १३६ र यादी आइएम १७६ गरी तीन मोडलका स्कुटर बजारमा उपलब्ध छन् । बिक्री पछिको सेवालाई ध्यानमा राख्दै स्कुटरको सर्भिसिङ र पार्टपुर्जामा कुनै अभाव हुन नदिएको कम्पनीको दाबी छ ।

बजारमा उपलब्ध उपलब्ध स्कुटरहरूमध्ये एमएसजीबी स्कुटर, आइएम १७६, आइएम १३६, रिजु डट बाइकको माघ बढि देखिन्छ । एमएसजीबी स्कुटरको तिन हजार वाटको ब्याट्रि रहेको छ, जसको क्षमता ४० एम्पियर रहेको छ । त्यस्तै ब्याट्रि फुल चार्ज हुनका लागि ५÷६ घण्टा लाग्छ । एक पटक फुल चार्ज भएपछि करिव ७५ किलोमिटर दौडिन सक्छ । यो स्कुटरको अधिकतम स्पिड ४५ किलोमिटर प्रतिघण्टा रहेको छ । कम्पनीले एमएसजीबी स्कुटरको मूल्य १ लाख ९० हजार रूपैयाँ तोकेको छ । ग्राहकले यो स्कुटर किन्दा १० हजार रूपैयाँ डिस्काउन्ट पाउनेछन् ।

त्यस्तै आइएम १७६ मोडलको स्कुटरमा एक हजार वाट क्षमताको ब्याट्रि रहेको छ भने यसमा ब्याट्रि क्यापासिटी ७२ भोल्ट २० एम्पियर छ । यो बाइक फुल चार्ज हुनका लागि ६ देखि ८ घण्टासम्म लाग्छ । यसको अधिकतम स्पिड ४५ किलोमिटर प्रतिघण्टा रहेको छ । यो स्कुटर फुल चार्ज भएपछि ५५ किलोमिटरसम्म दौडिन सक्छ । नेपाली बजारमा यो स्कुटर सिल्भर, ब्ल्याक, रेड र ब्लु गरी चार कलरमा उपलब्ध छ । कम्पनीले यो स्कुटरको मूल्य १ लाख २० हजार रूपैयाँ तोकेको छ ।

आइएम १३६ स्कुटरमा लिड एसिड ब्याट्रि रहेको छ । जसको क्यापासिटी ६० भोल्ट २० एम्पियर रहेको छ । यो हजार वाटको ब्याट्रि हो । जुन फुल चार्ज हुनका लागि ६ देखि ८ घण्टासम्म लाग्छ । यो स्कुटर एक पटक फुल चार्ज भएपछि ५० किलोमिटरसम्म दौडिन सक्छ । यो स्कुटर अधिकतम ४५ किलोमिटर प्रतिघण्टाको दरले कुदाउन सकिन्छ । कम्पनीले यो स्कुटरको मूल्य पनि १ लाख २० हजार रूपैयाँ तोकेको छ ।

प्रतिक्रिया