लिगको फाईनलमा खुकुरी र होराइजन

finalma khuri and horaijon copyभैरहवा, २५ माघ । रूपन्देहीमा भएको बुम रेमीट्यान्स सुपलिग क्रिकेटको फाईनलमा डिफेन्डीङ च्याम्पियन लुम्विनी खुकुरी क्लव र उपबिजेता न्यु होराइजन क्लव बिच प्रतिस्पर्धा हुने भएको छ ।

भैरहवास्थित सिद्धार्थ रगंशालामा मगंलबार हुने फाईनलमा खुकरी र होराईजन फाईनलमा प्रतिस्पर्धा गर्दै छन् । खुकुरी आईतवार शिव शक्ती क्रिकेट क्लवलाई हराउदै फाईनलमा पुगेको थियो । होराईजनले भने सोमवार भएको खेलमा प्रोफेसनल मास्टर्स ११ लाई ८ विकेटले हराउदै फाईनलमा प्रवेश ग¥यो ।

यसअघि टस जितेर ब्याटिङ गरेको मास्टर्स ११ भैरहवा ३१.५ ओभरमा सबै विकेट गुमाउदै ६८ रन बनायो । जफावमा सामान्य बिजयी लक्ष्य लिएर मैदानमा उत्रेको होराईजनले ९ ओभरमा दुई बिकेटको क्षतिमा ७२ रन बनाउदै लक्ष्य पुरा ग¥यो । होराईजनको लागि प्रकास केसीले सर्बाधिक (२९)र कुसन मल्लले (१४)रनको योगदान दिए । मास्टर्सको बलिङतर्फ मोहन थापाले २ विकेट थिए ।

यसअघि मास्टर्सका लागी प्रविन नेपालीले १२ र ईमरान खाँले १४ रन जोडे । बलिङतर्फमा होराईजनका सुसान भारी,शक्ती गौचन र सागर पुनले ३÷३ तथा बिरेन्द्र सोमरेले १ विकेट लिए । प्रतियोगितामा म्यान अफ दी म्याच होराईजनका सुसान भारी भए । गतवर्षको उपबिजेता होराईजन यसबर्ष नेपालको राष्ट्रिय टिममा रहेका खेलाडी शक्ती गौचन र सागर पुनको आगामनले बलियो देखीएको छ ।

अर्कोतर्फ नेपालको राष्ट्रीय टिमबाट खेलीसकेका अनुभवी खेलाडी अन्तीम थापा खुकुरीमा छन् । जसका कारण दुवै टिम बिच फाईनलमा कडा प्रतिस्पर्धा हुने देखीएको छ । फाईनल खेल शिद्धार्थ रगंशालामा मगंलवार बिहान हुने आयोजक संस्था रूपन्देही क्रिकेट सघंका अध्यक्ष प्रसान्त बिक्रम मल्लले जानकारी दिए ।

प्रतियोगिताको विजेताले नगद ३१ हजार सहीत ट्रफी तथा उपबिजेताले नगद १५ हजार सहीत ट्रफी र उत्कृष्ट खेलाडीले नगद पाँच हजार पुरस्कार प्राप्त गर्नेछन् । प्रथम पुरस्कार हाल अमेरीका बस्दै आएका भैरहवाका क्रिकेट प्रेमी बिबेक बर्माले आफ्ना स्वर्गीय मातापिता ससिकान्त बर्मा र सकुन्तला बर्माको स्मृतीमा सौजन्य गरेका छन् । जिल्ला स्तरीय सुपरलिग रूपन्देही क्रिकेट सघंले २०५३ साल देखी हुदै आएको छ ।

प्रतिक्रिया