मुकारुङलाई ‘पहिचान पुरस्कार’

Rajan-Mukarungकाठमाडौं, १० माघ । आख्यानकार राजन मुकारुङले ‘पहिचान पुरस्कार’ पाएका छन् । पहिचानको पक्षमा विगत १५ वर्षदेखि कलम चलाउँदै आएका मुकारुङलाई ‘फेरिँदो सौन्दर्य’ कृतिका लागि २ लाख २ हजार २ रुपियाँ राशीको ‘पहिचान पुरस्कार’ प्रदान गरिने निर्णय भएको हो ।

भोजपुरको दिल्पा नागीमा जन्मिएका मुकारुङले हेत्छाकुप्पा, दमिनी भीर उपन्यासलगायत पाँचवटा कविता संग्रह प्रकाशित गरिसकेका छन् । उनको दमिनी भीरले मदन पुरस्कार पाइसकेको छ ।

लेखनको माध्यमबाट पहिचानको मुद्दालाई जीवन्तता दिन नेपाली साहित्य, संस्कृति र कलामा पहिचानसम्बन्धि लेखिएका पुस्तकलाई सम्मान र पुरस्कृत गर्दै ‘पहिचान पुरस्कार’ को घोषणा गरिएको पहिचान पुरस्कार बोर्ड अध्यक्ष टीकाप्रसाद राईले बताए ।

नेपाली साहित्यको श्रीबृद्धिका लागि पहिचानसम्बन्धी अध्यान अनुसन्धान हुने, पहिचानसम्बन्धी लेखनलाई सक्रिय बनाउँदै जाने उद्देश्यले पहिचान पुरस्कारको स्थापना गरिएको बोर्डमा सदस्य डा. प्रमोद कोयी राईले जानकारी दिए ।

प्रतिक्रिया