सञ्चालनमा आयो विद्युतीय शवदाह गृह

electric-deadbody-burner-2काठमाडौं, १० माघ । पशुपतिमा स्थपना भएको विद्युतीय शवदाह गृह आइतबारदेखि सञ्चालनमा आउँदैछ । शवदाह गृहको संस्कृति पर्याटन तथा नागरिक उडड्यन मन्त्री आनन्दप्रसाद पोखरेलले उद्घाटन गर्ने कार्यक्रम तय भएको पुशपति क्षेत्र विकास कोषले जनाएको छ ।

११ करोड रुपैयाँमा बनेको शवदाह गृहमा आइतबार ३ बजेदेखि सर्वसाधरणको शब जलाउन सुरु गरिनेछ । शवदाह गृह सञ्चलनमा आएपछि दाउरा बाल्दा हुने कार्बन उत्सर्जन र बायु प्रदुषणमा कमी आउनुका साथै बागमतीको सफाइमा पनि सहयोग पुग्ने कोषका सदस्य सचिब गोबिन्द टण्डनले बताए ।

विद्युतीय शवदाह गृहमा शव जलाउँदा ३ हजार रुपैयाँ खर्च लाग्नेछ । एउटा शव जल्न ४५ मिनेट समय लाग्नेछ । कोषले शवदामह गृह २४ घण्टा नै खुला राख्ने जनाएको छ ।

प्रतिक्रिया