शुभेच्छालाई कारवाही घेदुङको माग

suvechha (1) copyकाठमाडौं, २४ पुस । अभिनेत्री शुभेच्छा थापाको तस्बिर सम्बन्धमा विभिन्न संघसंस्थाले विरोध जनाएका छन् । विरोध गर्नेमा नेपाल तामाङ घेदुङ, नेपाल शेर्पा संघलगायत रहेका छन् ।

नेपाल तामाङ घेदुङले एक विज्ञप्ति जारी गर्दै नेपाली चलचित्र क्षेत्रकी शुभेच्छा नामकी एक नायिकाले वौद्ध धर्मलम्वीहरूको अत्यन्त श्रद्वापूर्वक विभिन्न शुभकार्य, विभिन्न संस्कार र अवसरहरूमा प्रयोग गर्दै आइरहेको खादालाई आफ्नो शरीरको संवेदनशील अंगलाई ढाक्ने वस्त्रको रूपमा प्रयोग गरेकोप्रति आपत्ति जनाउँदै कारवाहीको माग गरेको छ । घेदुङद्वारा विज्ञप्ति जारी विज्ञप्तिमा घटनाको कडा शब्दमा निन्दासहित थापामाथि कारवाहीको माग गरिएको छ ।

विज्ञाप्तिमा भनिएको छ, ‘अष्टमंगल र धार्मिक अक्षरहरू उल्लख हुने पवित्र खादालाई गलत किसिमले प्रयोग गर्नु संसारकै बौद्व धार्मिक समुदायको आत्मसम्मानमा चोट पु¥याउनु हो भन्ने हाम्रो ठहर छ । यसबाट हिमाली र पहाडी समुदायको धार्मिक मान्यता, संस्कार र परम्परामाथि गम्भीर प्रहार भएको छ । यसैले घटनाको कडा शब्दमा निन्दासहित छिटोभन्दा छिटो सार्वजनिक रूपमा माफी माग्न तथा सम्वन्धित व्यक्तिले तत्काल माफी नमागे चुप लागेर वस्न सक्दैनौँ ।’

पवित्र खादालाई चलचित्रकर्मी थापाले बौद्व समुदायको भावना र आस्थामाथि चोट पु¥याउने काम गरेकाले छिटोभन्दा छिटो सार्ववनिक रूपमा माफी माग्न र अबदेखि यस्तो खालको हर्कत नदोहो¥याउने प्रतिबद्वता जनाउनसमेत विज्ञप्तिमार्फत आग्रह गरिएको छ । नायिका थापाको यस्तो खालको गलत प्रवृत्तिले सिंगो चलचित्र क्षेत्र नै बदनाम भएको ठहर गर्दै उनको यस्तो खालको हर्कतबारे सचेत गराउन घेदुङले विज्ञप्तिमार्फत उनी सम्लग्न संघ–संस्था र चलचित्र क्षेत्रका विद्वानलाई आग्रहसमेत गरेको छ ।

यो घट्नालाई साधारण रूपमा लिने, संसारभरको बौद्वधर्मावलम्वीहरूको गम्भीर आपत्तिलाई नजरअन्दाज गर्ने काम भएमा यसबाट उत्पन्न हुन सक्ने परिस्थितिको जिम्मेवारी स्वयम नायिका र उनी सम्वद्वनिकायले लिनुपर्ने महासचिव कुमार ब्लोन तामाङले हस्ताक्षर गरी जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।

बेलाबेलामा विभिन्न स्क्याण्डल गरेर चर्चामा आउने अभिनेत्री शुभेच्छा थापाले केहीदिन अघि मात्रै खादाले संवेदनशील अंगहरू छोपेको अश्लिल तस्बिर सार्वजनिक गरेकी थिइन् । यसपटक भने उनले विन्दास–३ को लागि खादामा लाजमर्दो फोटो सेसन गराएर स्कयान्डल मच्चाइएकी थिइन् । नेपाली नायिकाहरूको बद्नाम गराउने खालको उक्त तस्बिरमा बक्षस्थल र गोप्य अंग ढाक्न खादा प्रयोग गरिएको फोटो सार्वजनिक भएको थियो ।

‘सी’ ग्रेडका चलचित्रहरूका काम गर्दै ठुल्ठूला गफ लगाउँदै आएकी शुभेच्छाको लाजमर्दो तस्बिरहरू बाहिरिएसँगै सामाजिक सञ्जालहरूमा उनको चर्को आलोचना सुरु भएको थियो । आफू अभिनित ‘सी’ ग्रेडका फिल्म प्रदर्शनको बेला शुभेच्छाले यस्ता लाजमर्दो तस्बिरहरू खिचाउने गरेकी छन् । गएको वर्ष माछाले वक्षस्थल ढाकेर फोटो सेसन गराएर चर्चामा आएकी थिइन्, यी नायिका ।

शुभेच्छाले माफी मागिन्

काठमाडौं । कहिले काहीँ होस् नपु¥याइकन काम गरेपछि कस्तो दुख पाइन्छ भने नायिका शुभेच्छा थापाको पीडाबाट थाहा हुन्छ । कतैबाट सम्मानित भएर सुटिङ स्थलमा पुगेकी उनले फोटो सुटको क्रममा आफूलाई अर्धनग्न कसरी बनाउने सोचेर झोलामा रहेको खादा झिकेर गोप्य अंग छोपेर फोटो सुट गरेपछि उनी विवदामा तानिएकी हुन् ।

खादाको विषयमा विवादमा तानिएकी थापाले माफी मागेकी छन् । विन्दास–३ को लागि फोटो सेसनको क्रममा खादालाई यौनांग छोप्ने साधन बनाएको भन्दै चर्को आलोचना भएपछि थापाले युट्युबमार्फत माफी मागेकी हुन् । माफी माग्दै थापाले भनिन्, ‘मलाई यति ठूलो रूप लिन्छ भनेर लागेकै थिएन । विन्दास–३ को टिमकै कन्सेप्टबाट फोटो खिचेका हौँ । कुनै धर्म सम्प्रादाय वा समुदायमाथि आँच आउने हेतुले यस्तो गरेको होइन ।’

भविष्यमा यस्तो गल्ती नहुनेसमेत उनले बताएकी छन् । नौलोपन देखाउन खोज्दा यस्तो समस्या भएको र यस्तो प्रतिक्रिया आउँछ भनेर आफूहरूले परिकल्पनासमेत नगरेको उनले बताइन् । खादाको दुरूपयोगबारे वौद्ध सम्प्रादयले कडा आलोचना गरेका छन् । सार्वजनिक माफी र प्रचलीत कानूनबमोजिम कारवाही हुनुपर्ने बौद्ध धर्मावलम्वीहरूको माग छ ।

प्रतिक्रिया