मधेसमा फेरि आन्दोलन

mdheshधनुषा, २३ पुस । करिब ५ महिनादेखि मधेसमा जारी आन्दोलनमा आन्दोलन विथोल्नका लागि घुसपेठिया घुसेको आरोप लगाइएको छ । मोर्चाले बिहीबार निकालेको लाठी जुलुसको क्रममा जनकपुर बजारमा खुलेका पसल बन्द गराउने क्रममा झडप भएपछि आक्रोशित व्यापारीको समूहले मोर्चाका २ नेताको गाडीमा आगजनी गरेको छ ।

मोर्चाका तराईमधेस सदभावना पार्टीका धनुषा अध्यक्ष रुपनारायण मण्डलको ज ३ प २९९१ नम्बरको ग्लाडिएटर मोटरसाइकल र सदभावना पार्टीका जिल्ला अध्यक्ष सञ्जय सिंहको ज २ प ५४१९ नंबरको डिस्कभर मोटरसाइल जलाएको छ । यता व्यापारीले समर्थन गर्दै आए पनि हातपात गरिएकोले अक्रोशमा यस्तो गरिएको जनाएको छ ।

त्यस्तै मोर्चाका नेता तथा सदभावना धनुषाका अध्यक्ष संजय सिंहले घटना कांग्रेस निकट तथा उद्योग वाणिज्य संघ जनकपुरका वरिष्ठ उपाध्यक्ष विजय साह र एमाले निकट तथा उद्योग वाणिज्य संघ जनकपुरका सचिव सुरेन्द्र भण्डारीले गराएको आरोप लागएका छन् । यद्यपि यो कुरा पुष्टि हुन सकेको छैन ।

नेता सिंहका अनुसार करिब १२ जना व्यापारी तथा एमाले कार्यकर्ताको समूहले विभिन्नखाले घरेलु हतियारसहित आक्रमण गरेका थिए । त्यस्तै तराईमधेस सद्भावना पार्टीका जिल्ला अध्यक्ष रुपनारायण मण्डलले पनि आपूmहरूमाथि आक्रमण भएको बताए ।

यता मोर्चाका धनुषा संयोजक शेषनारायण यादवले अब शसक्त आन्दोलन थाल्ने बताएका छन् । आन्दोलन भाड्नका लागि घुसपेठियाहरूको हालीमुहाली भएको बताउँदै यसलाई हटाउनका लागि गठबन्धनलाई मिलाएर पनि आन्दोलन सशक्त बनाउने बताएका छन् ।

तर, नेपाल सदभावना पार्टीका महासचिव तथा गठबन्धनका नेता राजीव झाले मोर्चासँग मिल्ने नमिल्ने कुरा केन्द्रमा निर्भर भएको हुनाले यसका लागि उपेन्द्र यादवले पहल चाल्नुपर्ने बताएका छन् । यद्यपि, उनले मोर्चाका नेताहरूको मोटरसाइकल जलाउनु निन्दनीय कार्य भएकोले उतकर्षमा पुग्न लागेको मधेस आन्दोलनमा यस्तो क्रियाकलाप नगरिदिन आग्रहसमेत गरेका छन् ।

यता मोटरसाइकलमा आगजनीको घट्ना लगत्तै आगजनी गर्ने व्यापारीको हुल भागेपछि मोर्चाका नेता कार्यकर्ता तथा अन्य आन्दोलनरत पक्षहरू जनकचोकमै भेला भएर घट्नाको घोर भत्र्सना गर्दै बजार व्यवसाय र शिक्षण संस्था बन्दको घोषणा गरेका छन् । उनीहरूले मोटरसाइकलमा आगजनी गर्नेहरू नेपाली कांग्रेस एमालेका घुसपेठिया केही व्यापारीहरू रहेको बताएका छन् । घट्नामा संलग्न दोषीहरूको छानबिन गरी कडा कारबाही गर्ने समेत आन्दोलनरत पक्षले जनाएको छ । व्यापारीहरूले आन्दोलनलाई सुरुदेखि नै समर्थन गर्दै आएको तर कांग्रेस एमालेले आफ्नो कार्यकर्ता परिचालन गरेर आन्दोलनलाई भाड्न खोजेको भन्दै त्यस्तालाई घरबाटसमेत धपाउने चेतावनी आन्दोलनकारीहरूले दिएका छन् । उनीहरूले सोही ठाउँबाट नाराजुलुस गर्दै बजार व्यवसाय शिक्षण संस्था पूर्णरूपले बन्द गराएका छन् ।  त्यसैगरी बन्दको अवज्ञा गरेको भन्दै आन्दोनकारीले धनुषामा १ ट्रकमा आगजनीसहित आधा दर्जनभन्दा बढी सवारीसाधनमा तोडफोड गरेका छन् । रातीको समयमा सवारी साधन चल्न र पेट्रोलियम पदार्थ तस्करी हुन थालेपछि आन्दोलन सशक्त पार्न भन्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा धनुषाले बुधबारबाट रात्रिकालिन चेकजाँच अभियान सुरु गरेको छ ।

मोर्चाले सुरु गरेको अभियानको पहिलो रातमा जनकपुर ढल्केबर सडक खण्डको मिथिलानगरपालिका–२ स्थित नक्टाझिजमा ना २ ख ६९७७ नम्बरको ट्रकमा आन्दोलनकारीले आगजनी गरेका छन् । जनकपुरबाट भुस लिएर महोत्तरीको रामानगर स्थित एभरेस्ट चिनी मिल जाँदै गरेको बेला आन्दोलनकारीले रोकाएर आगजनी गरेको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ । प्रहरीका अनुसार आगजनीबाट ट्रकको अगाडिको भाग पूर्णरूपमा जलेको छ । चालकको लापरबाहीले ट्रकमा आगजनी भएको प्रहरीले दाबी गरेको छ ।

त्यस्तै मोर्चाको नेता कार्यकर्ताले जनकपुरको थापाचोकमा २ वटा ट्याक्टर, लक्ष्मीनियामा एउटा ट्याक्टर, जीप र सपहीमा एउटा ट्रकमा तोडफोडसँगै आगजनीको प्रयास गरेका छन् । ४ चक्काभन्दा माथिल्लो गाडीहरू बन्दको अवज्ञा गरेर चलाए जुनसुकै बेला तोडफोड, आगजनी हुन सक्ने भएकाले सोको जिम्मेवार मोर्चा नहुने मोर्चाका नेता तथा सद्भावना पार्टी धनुषाका अध्यक्ष सञ्जय सिंहले जानकारी दिएका छन् ।

प्रतिक्रिया