अठार वर्षपछि, एकजुग : ईश्वर र फूलहरू

Ashutosh Closeअक्सर यस्तै हुन्छ

प्रत्येक योद्धा नदी भएर बग्छ …

कविता लेख्दा वा लेख्छु भनेर विचारले व्यथा लगाउँदा चेतना बहुलाउँछ र भन्छ ।
रैथाने फूलहरू
कफ्र्यू बाँचिरहेछन् आफ्नै आकाशमुनि
हाइब्रिड ईश्वरहरू
रैथाने पूmल मन पराउँदैनन् ।

मैले बुझेको कुरा कि – कविताशास्त्र (खण्डकाव्य, महाकाव्य आदि) सम्पूर्ण ग्रन्थहरू – कूरान होस् वा पुरान, गीता होस् वा बाइबल, कानुन या वा दर्शन, वेद होस् वा विज्ञान, इतिहास, समाज, राजनीति वा भूगोलसम्म) को पुनरलेखन र वर्तमान बाँचेको अर्थबोध हो । मनोरञ्जन, सूचना, ज्ञान अनि चेतनाको स्रोतमात्र होइन माध्यम पनि हो । प्रविधिको पहुँच विस्तृत हुँदा कविताको विश्वसनीयता र सिर्जनात्मकतामा आएको विचलनलाई हेर्दा लाग्छ अब कविता सूचना, मनोरञ्जन वा अरू रहेनन् । त्यसैले आत्मरत्ति पनि !

मेरो कविताको धरातल वा कविताचेत उत्पत्तिको इतिहासलाई हेर्ने हो भने मैले स्वीकार गर्नै पर्छ विद्रोहभाव, अन्तर्पीडा, कतै आकांक्षा, बढी कला, मनोगत चेतना, मुक्तिचाहना, अग्रगामी जीवनबोध, सौन्दर्यबोध र समाजका बेमेल यथार्थप्रतिको विरोध या समर्थन रह्यो ।

०५२ सालको एक कविता प्रतियोगितामा मैले प्रथम स्थान हासिल गरेपछि मेरो कवितायात्राले निरन्तरता पायो । ०५७ देखि हालसम्म करिब २ दर्जनको हाराहारीमा मेरो रचनाले प्रथम पुरस्कार पाएका छन् । तर, ती सब अरूको नाममा छन् । निबन्धमा, कवितामा, कथा आदिमा । काठमाडौं उपत्यकाका प्रायः कविसाहित्यकारलाई थाहा छ । म स्वीकार गर्छु । त्यो मेरो साहित्यिक अपराध थियो ।

मेरो कविताको अनुहार, कविताको गहिराइ, विस्तार वा भन्ने कला, बुझाउने वा व्यक्त गर्ने शील्प रिकन्स्ट्रस्न हो वा डिकस्न्ट्रसन हो त्यो भविश्य वा वर्तमानले मूल्यांकन गर्ला । आपूm बाँचेको समयलाई कुरूप देखेँ या कोमल, सरलता वा जटिलता, बोधगम्य वा भावविस्तारको शैलीलाई अपनाएर आपैmँमा समेट्ने कला सूक्ष्म अन्तरदृष्टि हो वा अरू कुनै म स्वयंले आत्ममूल्यांकन नगरी वा अरू कसैले नभनी थाहा हुन्न ।

म अरूले कोरिदिएको लक्ष्मणरेखाभन्दा बाहिर जान चाहन्छु । हान्नेले नै जान्ने यो संसारमा भूमिति उसको बन्छ जसले सनातन विचारलाई विस्थापित गर्दै नवीन विचारलाई स्थापित गर्छ । म दाबी गर्दिनँ कि म कविता लेख्छु । मैले के लेखेँ मूल्यांकनको जिम्मा समय र पाठकले गर्नेछन् । समग्रमा म मेरो इतिहास लेखिरहेको छु ।

मैले धेरै साहित्यिक सभा वा सम्मेलनमा गरेको गुनासो कि कवि स्वयंले कविताको अपमान गर्छ । कविलाई भीडको जात्रु बनाएर दलीय झनडा ओढाउँछ । म त रैथाने आकाशको एक्लो कवि । मैले हालसम्म कुनै मञ्च स्वीकार गरेको छैन । मलाई विस्मात यसमा छ कि एक कित्ताका कवि अर्को भित्ताका कवितामाथि पर्खाल बनाउन अभिशप्त छन् । शंकर लामिछानेले भनेभैmँ म भन्दिनँ म पेटको निम्ति साहित्यिक चोरी गर्छु । चोरीको आरोपमा मैले लेखनबाट सन्यास पनि लिनुपर्ने छैन र स्तम्भलेखनबाट पनि मलाई वञ्चित गरिने छैन ।

मेरो किताबको रङ इन्द्रेणी हो
मेरो किताबमा तिलाञ्जलि लेखिनेछ पूmलहरूको
इतिहासले ढाँटेको जिन्दगीको कथा
वीरता र विस्थापित सत्यको विभत्स कविता
नाकमुनि पुरिएका सुन्दर पूmलहरूको विम्ब
मेरो किताब मुस्कुराउने छ इन्द्रेणीबाटिकामा
मेरो किताब जीवन हो, प्राकृति हो, सुदूर सत्य
मेरो किताब सुहाउने छैन कुनै मन्दिरमा
छापिने छैन
लोकार्पित किताबको खबर कुनै प्रकाशनगृहबाट
सजिने छैन विश्वविद्यालयका पुस्तकालयमा
पढिने छैन पाठ्पुस्तक भएर
– (‘किताब’को अंश)

मैले ८ वर्षको उमेरदेखि गीत सुन्ने, मन्दिर जाने, भजनमण्डलीमा गएर हार्मोनियम बजाउँदै गीत गाउने सौभाग्य पाएँ । मेरो आवाजको कलिलो प्रस्तुतिलाई सधैँ मलजल गर्नुहुन्थ्यो मेरा अग्रजहरू । विशेष मेरा आदिगुरु, मेरा श्रद्धेय माइला बाबा (स्व. विष्णुभक्त) ले । तबलामा साथ दिनुहुन्थ्यो मेरा प्रातः स्मरणीय पिता (स्व. हिराभक्त) ले । म गाउँथेँ । माइला बाबा भन्नुहुन्थ्यो, बाबु तँसँग कला र गला दुवै छ । म बुझ्दिनथेँ । गायन छुट्यो । लेखन छुटेन । संगीत छुट्यो गीत छुटेन ।

किसि निम्ह वाले–च्वाले पति नं नयेधाल
ङा ब्वसे वाने धाल,
न्यने मरु थ्व संसारे …

सिंहया धुसा ज्वंसे व्यानचाया ख्याल रे
तू मन्ह्यं ग्वाखुंचासं फसिह्वक दुन रे
गथे मसिया नारां …

धार्मिक आस्थामा मेरा प्रातः स्मरणीय हजुरबुबा मोहलाल र सङ्गीतमा मेरा चीरस्मरणीय माइलाबुबा स्व. विष्णुभक्त, अनि आस्थापुञ्ज स्व. पिता हिराभक्त मेरो सङ्गीतमा पहिला वंशज प्रतिनिधि हुनुहुन्थ्यो । साहित्य र पत्रकारितामा म पहिलो धरोहर हुँ । मेरी पूज्य, ममतामयी जननी (तुइनानी) को समयसान्दर्भिक उखान प्रयोग गर्दै पीडा वा हर्ष पोख्ने सघन कलाको म पारखी हुँ । मभित्र कवित्वको वीजारोपण शायद त्यसैले गरेको होला । त्योबाहेक मसित पैतृक कविता छैन । नाम पनि छैन । पिताको काँध सानैमा गुमाएपछि मेरा आदरणीय दाजुसँगै म पनि पिताजस्तै जिम्मेबार बन्नुपर्ने बाध्यता आयो । छत आफ्नो जिम्मामा आयो ।

पिताजी सखारै आफ्ना बैठके, हुक्केहरूका साथ
चम्बरको शीतल हावामा,
सुगन्धित सूर्तिका पातमा सक्खरको रस मिसाई,
चिलिममा रापिलो अँगार हालेर
एक हातले नली र
अर्को हातले हुक्काको घाँटी ऐँठ्याएर
जूकाले रगत चुसेझैँ
धीत मरुन्जेल हुक्का तान्नुहुन्थ्यो

खैर वहाँ जे गर्नुहुन्थ्यो सो गर्नुहुन्थ्यो,
तर म सबेरै ह्विस्की पिउँछु
रातरातभर
आफ्ना मतियारहरूका साथ पिइएको
तातो, रातो रक्सीको ह्याङ्ओभर दूर गर्न

दुवैका आ–आफ्नै लत छन्, नशामा लिप्त हुने
फेरि सोच्छु के वहाँ पनि मैलेजस्तै
पिताको बारेमा सोच्नुहुन्थ्यो होला ?
तमाखुको मीठो स्वाद लिँदै
थोरै वा बढी ???
– (‘नशा’ बाट)

अरूको कुरा म जान्दिनँ तर मेरो स्वीकारोक्ति कि मेरो अध्ययनको परिधि विस्तृत छैन । न शून्यवाद न त दर्शन, न लेनिनको राजनीति न त माक्सको भौतिक द्वन्द्ववाद, न वात्सायनको कामदर्शन न त फ्रायडको यौन मनोविज्ञान । काफ्का, सोक्रेटिज, नित्से, मनु, सात्र्र, युन्ज, प्लेटोदेखि राँला ब्रान्ट, चे ग्वेभारादेखि रसेल, कानन डायलदेखि हेराल्ड आदि त मेरो मनको दराजमा इज्जतका साथ विश्राम पो गरिरहेका रहेछन् ।

म ४ कक्षामा पढ्दा मेरा ठूला दाइले ल्याउनुभएको ध्रुबचन्द्र गौतमको उपन्यास ‘अलिखित’को लिखित विडम्बना पढेँ । धेरै वर्ष पढेँ । रमेश विकलको ‘अविरल बग्दछ इन्द्रावती’ पढेँ । ‘मुना मदन’ पढेँ, ‘भिखारी’ पढेँ । पछि ‘मुग्लान’ पढेँ, ‘नासो’ पढेँ, हृदयचन्द्र सिं प्रधान, विजय मल्ल पढेँ, ईश्वर बल्लभ, इन्द्रबहादुर राई, बैरागी काइँला पढेँ र पढेँ भूपिलाई । पछि नारायण ढकाल, वेञ्जु शर्मा, मञ्जु काँचुली, खगेन्द्र संग्रौला पढेँ, सरु भक्त, प्रिय कवि विमल निभा, तीर्थ श्रेष्ठ, कृष्णभूषण बल पढेँ । सबैभन्दा पछि श्रवण मुकारुङ, प्राडा अभि सुवेदी, प्रिय कवि श्यामल, प्रकाश सायमी, स्नेह सायमी, युगीन कवि आहूति, विभत्स कवि विप्लव ढकाल, विद्रोही कवि मोमिला (मेरो प्रेरणा) आदिलाई पढेँ । अहिले पढदै छु मेरा छिमललाई । अभय श्रेष्ठलाई, विनोदविक्र केसीलाई, अमोघ काफ्लेलाई, केशव सिल्वाल, पूर्ण इन्फादा, पुष्प मुनंकर्मीलाई, पार्थेक्ययलाई, स्वप्नील स्मृति, उपेन्द्र सुब्बा, पूmलमान बल, रसिक जीतेन्द्र, चन्द्र गुरुङ, विश्व सिग्देल, चन्द्र रानोहाछा र पढ्दैछु फेसबुकका नबकवि र भीड कवि कम कलाकार ज्यादाहरूलाई । नेपाली कम जातीय ज्यादालाई पनि । चाणक्य नीति, आन्दोलनका कुरा पढेँ, वादका, अपवादका, धर्मका, राजनीतिका, दर्शनका, विचार र आन्दोलनका किताब पढ्दै म ईश्वर र पूmलहरूसम्म आएँ ।

मेरा दुखाइहरू शब्दमा विम्बित भएका छन् । मेरा भोगाइहरू प्रतीकमा अवतरित भएका छन् । मजस्तै दुख्नेहरूद्वारा अनुभूत पीडाको प्रतिनिधित्व गरेको छु । सदा सोच्थेँ, म आफ्ना सारा दुखाइहरूमा मरेर कविता जन्मन्छु । विचार चाहे प्रेम होस् वा क्रान्ति सघन हुनुपर्छ । र म कविता जन्मेँ । माफ गर्नुस् यौनरसलाई म जन्मेको कविताले रौद्ररूप धारण गर्दै विभत्स तरिकाले वीर र प्रेमरसले जित्छ ! त्यसैले मेरो कविता मञ्चीय ताली र सपनाको कलाकारी विचलनबाट खसेर कलाको झोपडीमा १८ वर्षदेखि मौन छ । जर्मनी उपन्यासकार थोमसमनले भनेभैmँ म अनेकानेक विस्मृतिहरूलाई पिउँदै कविता जन्मेको रैथाने पूmल । कलाको आफ्नै नवीन शिल्पमा उभिनु मेरो भूमिति हो । छाल जिएको छु, छाल मरेको छु । म समय जिएको प्रमाण हुँ ।

नेपालभाषाका धुरन्धरहरूलाई पढेँ । संस्कार पढेँ, संस्कृति पढेँ । स्व. सुन्दर मधिकर्मी, पूर्ण वैद्य, प्रतिसरा सायमी आदिलाई पढ्दै, स्व. ध्रुबनारायण कायष्ठ, स्व. सूर्यबहादुर पिवा आदिका व्यंग्य आदिले समयचेत ग्रहण गर्दै, नेपालभाषा, नेपाली, हिन्दी, अंग्रेजी आदि भाषाका कथा, उपन्यास, कविता, गीत गजल पढ्दै मैले ०६० सालको फागुन महिनामा आशुतोषका रहरहरू शीर्षक गजलसञ्चयन प्रकाशित गरेँ । त्यो मेरो उपस्थितिको साहित्यिक हस्तक्षेप मात्र थियो । तर मिडियाका आलाकाँचाहरूले आत्मरति सावित गर्न खोज्यो । कारण म टुट, फुट र गुटमा विश्वास नगर्ने मान्छे । अहिले मिडिमा अध्ययनशील, इमानदार र जिम्मेवार विज्ञ छन् ।

थाहै नदिई मिडियाले सुटुक्क मोहनी लगाइदियो । ०५८ सालदेखि सार्वजनिक मञ्चमा उभिन सिकायो । राजनीतिक, सामाजिक, मनोरञ्जनात्मक वा अन्य सभासम्मेलनमा नेपाली वा अंग्रेजी माध्यमका कार्यक्रम सञ्चालक बनेँ । उद्घोषकका रूपमा । ०६२ सालको कात्तिक २३ गतेबाट विधिवत रूपमा सञ्चार सहयात्री बनेँ । भक्तपुर एफएम १०५.४ मेगाहर्ज मेरो आदि सञ्चारगृह । त्यसपछि विविध रेडियो हुँदै हाल ग्रेस एफएम र गोर्खा एफएममा आवद्ध छु । सूचना, मनोरञ्जन र सांगीतिकबाहेक दुई चर्चित साहित्यिक कार्यक्रमका प्रस्तोता छु, ‘आरजेको डायरी’ ग्रेस एफएम १०७.६ मेगाहर्जमा र ‘एकादेशमा’ गोर्खा एफएम ९३ मेगाहर्जमा ।

नयाँ सोच्न युग काफी छैन । एकजुगमा एक दिन एकचोटि आउँछ भनेभैmँ १८ वर्षको पर्खाइपछि मेरो दिन आउँदै छ ।

ईश्वरद्वारा ईश्वरहरूकै लागि
ईश्वरकै स्पर्शले फुल्छन् पूmलहरू
ईश्वर कै इसारामा
सुगन्ध पैmलाउँछन्
मनमोहक पूmलहरू ईश्वरकै देशमा ।

पूmलहरू ईश्वरको स्पर्शमा फक्रन्छन्
पूmलहरू ईश्वरकै स्पर्शमा ओइलिन्छन् ।
– (ईश्वर र पूmलहरूबाट)

पूmल सौन्दर्यको प्रतीक हो
पूmल मलाई औधी मनपर्छ ।

जब ईश्वर रिसायो
ताण्डव नाच्यो पूmलमाथि
धुजाधुजा भयो पूmल
कुटिल हाँस्यो ईश्वर
पूmलहरू घाइते भए, घायल भई शान्ति
पूmलहरू आँसुको समुद्रमा डुबे
रगतको महासागरमा शान्तिको बगैँचा ।
– (ईश्वर र पूmलहरूबाट)

मेरो छोरा
कविता बुझ्दैनथ्यो

मैले कवितामा सत्ताको कुरा गरेको
स्वाधीनताको प्रतीकमा
समानताको विम्ब बोलेको ऊ बुझ्दैन
ऊ यो पनि बुझ्दैन
ईश्वरको विम्ब के हो, पूmल केको प्रतीक हो !?!?

म कवितामा
ईश्वर र दूतहरूको सत्ता ढालेर
पूmलहरूको देश
इन्द्रेणीआकाश निर्माण गर्ने कुरा गर्छु
ऊ बुझ्दैन यस्ता कुरा

अचेल मेरो छोरा
मसँगै समाचार हेर्न बस्छ, रमाइलो मान्छ
केही बुझ्न खोज्छ, बुझेजस्तो गर्छ
संविधानसभाका कुरा
गणतन्त्रका कुरा, लोकतन्त्रका कुरा
– (ईश्वर र पूmलहरूबाट)

गरिब, श्रमिक, अर्धनग्न, अशिक्षित, बेरोजगार तथा भोकानांगालाई कविता बुझाउनु पर्दैन । किनकि उनीहरू स्वयं कविता हुन् । कविताको आदि स्रोत । नयाँ प्रतीक वा विम्ब वा मिथकप्रयोग समयलाई विस्तृत र बाँचेको वातावरणलाई सम्बोधन गर्नु हो । नवीन विचारले पुरातन विचारलाई विस्थापित गर्दै नौलो साहित्ययात्रा तय गर्छ । विचारको शिखरमा पुग्न त आकाशजस्तै फराकिलो, महासागरजस्तै विशाल अनि मानवजस्तै महान हुनुपर्दछ । रिमिक्स संस्कृति र हाइब्रिड सभ्यता कति दिन टिकेको छ र ? आफ्नो सिर्जनाको अनुहारको नैतिक जिम्मेवारी र त्यसको सीमामा विस्तारित हुनेछु ।

०६२ सालमा प्रकाशनका लागि प्रेसमा गइसकेको यस संग्रहलाई रोकेर अहिले यो इन्द्रेणी रङरूपका साथ प्रकाशनमा ल्याएको छु । यहाँसम्म कि छापिइसकेको आवरणपृष्ठलाई फालेर हालको आकारमा ल्याएको छु । लोकतन्त्रको यो पूर्वसन्ध्यामा झन् पानीको सतह बढ्दै गएको छ । नदी तर्न झन् गाह्रो हुने आभास भएको छ । स्वरसम्राट स्व. नारायणगोपाल गुरुवाचार्यले गाउनुभएको एउटा गीतको स्मरण भइरहेको अवस्था हो यो ।

म उठ्दा आकाशले मलाई थिचिदिन्छ
अघि बढ्दा धरती मलाई खाल्डो खन्छ

तर क्षितिजले मलाई शत्रु मानून् या आकाशले मलाई थिच्न किन नआओस् मेरा कविताको कित्ता गन्तव्यहीन हुने छैन । कवितामा हिँडिरहनु नै मेरो नैतिक सीमा हो ।

मेरो भूमिति मेरो संघर्ष हो । मेरो दुखाइ कविता हो । भनिन्छ नि ध्जभल धभ त्रगबचचभ िधष्तज यतजभचक धभ उचयमगअभ बलनभच, दगत धजभल धभ त्रगबचचभ िधष्तज गक धभ उचयमगअभ उयभतचथ ।

म हार्न नजान्ने मान्छे
म नंग्याउन नमान्ने आदिवासी आस्था
म नांगोपन हेर्न नसक्ने रैथाने पूmल
म नांगो हुन नजान्ने नवीन विचार

मलाई नांगिएको मनपर्छ राजाहरू
मलाई निवस्त्र भएको मनपर्छ महाराजाहरू

मेरो सपना सदाबहार । इन्द्रेणी राज्य । जातीय होइन राष्ट्रिय पहिचानसहितको इन्द्रेणी राज्य । किनकि जात यो देशको सौन्दर्य हो । गुट होइन, राष्ट्रिय सम्पति हो । जातलाई राज्य दिने होइन बरु राष्ट्रिय निधि बनाउने हो । विकासको मूलधार कर्मकाण्डी पण्डितको वशको कुरा होइन । सहकारी सिद्धान्तसहित समान हक, कर्तव्य र सहभागितामूलक राज्यको सपना देख्छु ।
यो मैनबत्तीको उज्योलो हो । दियालोको उज्यालो । यो टुकीको उज्यालो हो । त्यो पनि रगत र पसिनाको रेमिटेन्सले किन्नुपर्छ । स्वाभिमान र स्वनिर्भरताविनाको उज्यालो आत्मरत्ति हो भन्नेहरू गलत नहोलान् । हो जताततै अन्याय, अत्याचार, भ्रष्टाचार, अनियमिताता, हिंसा र आतंकका भग्नासाहरू मात्र छन् । गुन्डाकै प्रतिरक्षामा देशकै ठूला पार्टी उभिएका छन् । बिजुलीको अभावले त त्यस्तो भन्दैन । तर, पैmलिएको बौद्धिक उज्यालोको कुरा गर्नुभएको हो भने २५ प्रतिशतै सही उज्यालोको आभाष भएको छ । यो आभाष मैले ईश्वर र पूmलहरू कवितासञ्चयनको खण्ड दुईमा रहेको जीजिविषा, आभाष र मोडहरूमा दिने प्रयास गरेको छु ।
म केही हुनुपूर्व कविता लेख्थेँ । कवि नै छु । यद्यपि शिक्षण पेशामा लागेदेखि मेरो वौद्धिकता, चेतनाको स्तर र भन्ने कलामा निखारता आएको हो । पत्रकारिताले मलाई आम स्रोता पाठकसम्म पु¥यायो । मेरो जीवनमा साहित्य, शिक्षा र सञ्चार र अहं भूमिका खेलेको छ । त्यसैले यी तीनै पेसा जीवनपर्यन्त चल्ने छ । छान्नै परेमा म कविता (साहित्य) लाई प्रमुख पंक्तिमा राख्छु । किनभने साहित्य आपैmँमा शिक्षा र सञ्चार हो ।
छाँटकाँट सही देख्दिनँ । बांगै पुच्छर देखिन थालेको छ । समावेशी नारा न्यून हुन थालेका छन् । किनारिकृतहरू सदन पुगेपछि पण्डित बन्न थालेका छन् । उनीहरूले भुस देखेका थिएनन् तारे होटलको बास्मती चामल, साँप्रो र आयातित मदिरामा लठ्ठिन पाएका छन् । भत्ता र कमिसन पाएका छन् । पानीको तिहुन खान नपाएकाले पाएपछि पछि फर्केर सत्तोसराप्न थालेका छन् आफ्नै इमानदार साथीहरूलाई । म त शान्तिको पक्षमा । तर मूर्दा शान्तिको होइन । होइन म त अन्तिम तर निर्णायक युद्धको तयारी पो देख्दैछु त । तर युद्ध नहोस् । सहमतिमा शान्तिपूर्वक संविधान आओस् ।
प्रिय पाठक, मसित दलीय झन्डा छैन । त्यसकारणले मेरा कवितामा नारा हुन्न । प्रकाशनगृहको जागिर छैन । त्यसकारण म कवितामा समाचार लेख्दिनँ । म जात मान्दिनँ त्यसैले मैले थर राखेको छैन । मेरो झन्डा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म पैmलिएको चारपाते छातीको चन्द्रसूर्यअंकित द्वित्रिकोणीक आकारको छ । पठनसंस्कृतिको विकास गरौँ । किताब पढ्ने र पढाउने बानीको सुरुआत आफ्नै घरपरिवारबाट गरौँ । किताब मागेर होइन किनेर पढौँ । मिडियाको दुरुपयोग नगरौँ । कविलेखकलाई मानवीय दृष्टिकोणले हेरौँ । जातीय र वर्गीय विभेद त्यागौँ । बामले प्रजातान्त्रिक र प्रजातान्त्रिकले बाम विचारको कदर गर्दै साहित्यिक मूल्यको जगेर्ना गर्न लागि परौँ ।

प्रतिक्रिया