लिटिल एन्जल्सलाई उपाधि

काठमाडौं, १५ पुस । जु कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिताको उपाधि लिटिल एन्जल्स स्कुलले जितेका छ ।
राष्ट्रिय प्रकृति संरक्षण कोषले सदर चिडियाखाना व्यवस्थापन गरेको २० औं वार्षिकोत्सवका उपलक्ष्यमा आयोजित प्रतियोगिताको फाइनलमा लिटिल एन्जल्सले हिमालयन इन्टरनेसनल आइडियल स्कुललाई २–० गोलअन्तरले पराजित ग¥यो । दुवै गोल मोहित तिन्करीले गरे ।
जावलाखेल मैदानमा भएको प्रतियोगितामा ग्रेस एकेडेमीले तेश्रो स्थानमा चित्त बुझायो । ग्रेस एकेडेमीले डिएभीलाई हरायो ।
विजेतालाई वन तथा भूसंरक्षण मन्त्री अग्नि सापकोटाले एक कार्यक्रमबीच पुरस्कृत गरे । तीनसातासम्म चलेको प्रतियोगितामा २१ टिमले नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

प्रतिक्रिया