शिलाको मुटुभरी म्यूजिक भिडियो बजारमा

silaकाठमाडौं, ५ पुस । भर्खरै आफ्नो दोस्रो गीति एल्बम ‘प्रेम’ सार्वजनिक गरेकी धनकुटेली गायीका शिला राईले आफ्नो एल्बमको पहिलो गीतको म्यजिक भिडियो सार्वजनिक गरेकी छन् ।

आधुनिक तथा सदावहार गीतको नियमित श्रोता शिला हाल नियमित शास्त्रीय संगीतको विद्यार्थी पनि हुने । ०६९ मा ‘संघारमा नटेक परदेशी भित्र डाक्न सक्तिनँ म, झरेमा मायाको फुल मनमा राख्न सक्तिनँ म’ बोलको गीतले चर्चा कमाउन सफल गायीका शिलाको दोस्रो एल्बममा रहेको पहिलो गीत ‘मुटुभरी माया साँचे तीर बनी आयौ, ओठभरी हाँसो राखे हाँसो लुटी गयौ’ को म्युजिक भिडियो भर्खरै बजारमा आएको हो ।

sssssपारिवारमा सांगीतक वातावरण नरहेपनि उनलाई आफ्नो सहोदर दाजुले सहयोग गरेको तर दाइको निधनले ठुलो चोट परेको उनले बताएकी छन्

। ‘शरीर मरेर गए पनि आत्म मर्दैन भन्छन, यदी उहाँको आत्मा यतै कतै उभिएर मलाई हेरिरहनुभएको छ भने म उहाँ सँग लाख लाख आर्शिवाद माग्छु ।’ शिलाले भन्ने गरेकी छन् । तत्कालिन द्वन्द्वको समयमा नेपाल प्रहरीमा कार्यरत उनका दाइ दिवंगत भएका थिए । स्वरमा माधुर्यता र मनको धनी शिलाले ‘कस्तो मन’ बजारमा ल्याएको ताका एल्बमको विमोचन भने नभएको भन्दै त्यो बेला प्रमोशन गर्न नपाएकोले भिडियो निर्माण गरेको बताएकी छन् ।

‘जहाँ आत्मा हुन्छ त्यहाँ संगीतका धुनहरू हुन्छन, जो निर्जिव छ उसले बुझदैन संगीत’ भन्ने नेपाली संगीतमा ‘छिनमा आउने छिनमै बिलाउने’ गायक गायिकाको भीडभन्दा पृथक हुन मन लागेको भन्दै एल्बम ‘प्रेम’ को ‘मुटुभरी’ बोलको गीतको म्युजिक भिडियो बनाएकी छन् । पुरानो स्थापित गीतकार तथा संगीतकार शम्भु राईको शब्द र संगीतमा रहेको उक्त म्युजिक भिडियोको निर्देशन समान अधिकारीले गरेका छन् भने सम्पादनमा प्रकाश तुलाधर, क्यामेरामा शिवराम श्रेष्ठ रहेका छन् । मोडल सुप्रिया, निर्मल र दिपकले म्युजिक भिडियोमा शसक्त अभिनय गरेका छन् ।

प्रतिक्रिया