ग्रिनल्याण्ड र भद्रकाली विजयी

valley public basketballकाठमाडौं । ग्रिनल्याण्ड र भद्रकाली स्कुलले दसौं भ्याली पव्लिक अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा जित निकालेका छन् ।

शुक्रबार भएको ब्वाईजतर्फको खेलमा ग्रिनल्याण्डले मन्जरीलाई ३४–१६ ले हराउँदा रूपेश खड्काले १२ स्कोर गरे । संदिप श्रेष्ठको २० स्कोरको मद्दतमा भद्रकालीले ह्वाईटह्यावनलाई ६०–१६ ले स्तब्ध पा¥यो । ब्वाईजकै अन्य खेलमा आयोजक भ्यालिपब्लिक, एचएचसीए र बिएनएले सफलता हात पारेका छन् । कमल बिक र विनोद नेपालीको समान १४ स्कोरको सहयोगमा भ्यालिपब्लिकले सेबलाई ४४–२६ ले हरायो । एचएचसीएले बाबालाई४६–४१ ले हराउदा बिएनएले गणेशलाई ३३–२९ ले रोक्यो । आयोजक स्कुलको कोर्टमा भएको गल्र्स तर्फको खेलमा सिद्धार्थ बनस्थली, बाबा र बागमतीले जित निकालेका छन् ।

सिद्धार्थ बनस्थलीले भद्रकालीलाई ३८–२२ ले हरायो भने बाबाले मन्जरीलाई २४–१२ ले स्तब्ध बनायो । त्यस्तै बागमतीले बिएनएलाई १९–१४ ले पाखा लगायो । (सौस)

प्रतिक्रिया