आयोजक भ्यालीको तेहोरो जित

valley public basketballकाठमाडौं, २ पुस । आयोजकले १०औँ भ्याली पब्लिक अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको बिहीबार भएको खेलमा तेहोरो जित निकालेको छ । गल्फुटारस्थित आयोजकको कोर्टमा भएको गल्र्सतर्फको उद्घाटन खेलमा भ्यालीले लोयल्टीलाई २९–२३ ले हराउँदा लक्ष्मी चौधरी र रोशनी श्रेष्ठले समान ११ अंकको योगदान दिए । गल्र्सकै ‘बी’ टिमले बालविकासलाई २१–११ ले पछि पार्दा सावित्री कार्की र सविना सुवेदीले समान ७ अंकको योगदान दिएका थिए । त्यस्तै ब्वाइजतर्पmको खेलमा भ्याली पब्लिकले विल्सनलाई ३२–१० ले हराउँदा कमल विकले १० स्कोर गरेका थिए ।

त्यसैगरी ब्वाइजतर्फकै खेलमा ग्रीनल्यान्ड, हिमालयन र एचएचसिएले विजयी सुरुआत गरेका छन् । ग्रीनल्यान्डले केएमसीमाथि ५१–३५ को फराकिलो अन्तरले हराउँदा हिमालयले मञ्जरीलाई १४–११ को सामान्य स्कोरमा रोक्यो । प्रतियोगितामा एचएचसिएले भने दोहोरो सफलता हात पारेको छ । ब्वाइजतर्फ न्यू–समिटलाई ४१–५ ले हराउँदा गल्र्सतर्फ केएमसीलाई ३५–२८ ले रोक्न सफल भयो ।

प्रतियोगिताको उद्घाटन सञ्चालक समितिका अध्यक्ष लिलबहादुर गुरुङ र आयोजक स्कुलका प्राचार्य कुष्ण अधिकारीले संयुक्त रूपमा गरेका थिए । सो अवसरमा विद्यालयका उपप्राचार्य केशवराज अधिकारी, प्रतियोगिता संयोजक पूर्ण न्यौपानेलगायतको उपस्थिति थियो । पुस १० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा छात्र र छात्रा दुवैतर्फ समान १६ टिमको सहभागिता रहेको छ । सहभागी टिमलाई ४ समूहमा विभाजन गरी लिगकम नकआउटका आधारमा प्रतियोगिता सञ्चालन गरिएको छ ।

प्रतिक्रिया