एपीएफलाई पछ्याउँदै न्यू–डायमन्ड

vollyball copyकाठमाडौं, २७ मंसिर । सर्वाधिक पुरस्कार राशि भएको ढोरपाटन राष्ट्रिय महिला डबल लिग भलिबल प्रतियोगितामा सशस्त्र प्रहरी बल (एपिएफ) क्लबले लिगमा अग्रता कायमै राखेको छ । कुल १३ खेल खेलको एपिएफको ३९ अंक छ । दोस्रो स्थानमा रहेको न्यू–डायमन्डको ९ खेलबाट २४ अंक छ । आइतबार भएको २ खेलमा नै एपिएफले सोझो सेटमा जित हात पार्दै अपराजयको शृंखलालाई निरन्तरता दिएको छ । पहिलो खेलमा एपिएफले धादिङ कलाकार टोलीलाई ३–० को सोझो सेटमा पराजित ग¥यो ।

नयाँ बसपार्कमा भएको उक्त प्रतियोगितामा एपिएफले धादिङलाई २५– १७, २५–७ र २५–५ र आफ्नो दोस्रो खेलमा पश्चिमाञ्चललाई २५–१६,२५–१७ र २५–११ को सोझो सेटमा हरायो । एपिएफले डबल लिगमा दोस्रो लिगको २ खेल खेलिसकेको छ । यसअघि इटहरीमा भएको बिच गेममा विजेता बनेपछि एपिएफका खेलाडी भारतमा हुने बिच भलिबल खेल्न पौष १ मा त्यसतर्फ प्रस्थान गर्नेछन् । त्यही कारणले पनि आयोजकले एपिएफलाई धेरै खेल खेलाएको छ ।

लिगमा दोस्रो स्थानमा रहेको न्यू–डायमण्डले धादिङ कलाकारलाई २५–५,२५–७ र २५–६ को सोझो सेटमा पराजित ग¥यो । अर्को खेलमा त्रिभुवन आर्मी क्लबले चन्डेश्वरी युवा क्लबलाई ३–० कै स्थितिमा पराजित ग¥यो । आर्मीले चण्डेश्वरीलाई २५–१२, २५–७ र २५–१७ बाट लगातार पाखा लगाएको थियो । चितवनको श्री जानकी स्कुलले नैकापको विन्ध्यावासिनी स्कुललाई ३–० को स्थितिबाट पराजित ग¥यो । जानकीले विन्ध्यवासिनीमाथि २५–१२, २५–७ र २५–१७ को सोझो सेटमा हरायो । अन्तिम खेलमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबले एन्जल हर्टलाई २५–८,२५–१३ र २५–१२ को सोझो सेटमा हरायो ।

ढोरपाटन स्पोर्टस क्लबले आयोजना गरेको उक्त प्रतियोगितामा १२ टोलीको सहभागिता छ । प्रतियोगिताको विजेता टोलीले २ लाख ६० हजार तथा उपविजेता टोलीले १ लाख ३० हजार रूपैयाँ प्राप्त गर्नेछन् ।

प्रतिक्रिया