रानीबारीदेखि फिका

feature११आँै ढाका सागमा स्वर्ण पदक । त्यसै स्वर्ण पदकसँगै नेपाली खेलकुदमा पाएको नयाँ उचाइलाई निरन्तरता दिएका सुनील लामाले यस विचमा थुप्रै आरोह अवरोर पार गरे । यस बीचको अबधी मै उनले एसियन प्यासिफिक कराते प्रतियोगिता देखि अमेरिकामा भएको फिका कराते च्याम्पियनसिप र इग्ल्यान्डमा भएको कराते प्रतियोगितासम्ममा सफलता पाइसकेका छन् ।

नेपाली समाजमा खेलकुदमा लाग्न अभिभावकहरूले आफ्ना छोराछोरीलाई त्यती मौका दिने गर्दैनन् । खेलकुदमा लाग्यो भने, विग्रने, आफ्नो भविष्य विग्रने भएका कारण पनि अभिभावहरूले आफ्ना छोराछोरीलाई खेलकुदमा लाग्न प्रेरित गर्दैनन् । तर, अपवादको रूपमा रहेको छ, सुनिलको परिवार । बाबु मिलन लामा धेरै नेपाली करात खेलाडीका आदर्श पुरुष ध्रुब विक्रम मल्लका साथी थिए । यसैकारण उनी छ वर्षकै कलिलो उमेरमा खेलकुदमा सबैभन्दा सफल कराँतेमा होमिएका थिए । उनका बाबु अलराउण्डर खेलाडी थिए । कराते, फुटबल, भलिबललगायत उनको खेलमा लगाव थियो । खेल्न इन्कार गर्न खोजे झनै गाली खाइन्थ्यो । त्यसैले पढाइसँगै खेललाई पनि निरन्तर अघि लागे ।

इचंगु ७ रानीवनमा अहिलेको नागार्जुन नगरपालिकामा वि.स.०४३ असार ३ गते जन्मिएका सुनिल लामाले ६ वर्षकै उमेरमा बालाजु कराते डोजोमा प्रशिक्षण लिएका थिए । उनी बालाजु कराते डोजोका दोस्रो ब्याच हुन् । बालाजु कराते डोजो वि.स. ०४८ मा स्थापना भएको थियो भने, लामा ०४९ मा डोजोमा भर्ना भएका थिए । बाल्यकाल नै खेलकुदमा बिताएका लामाले खेलकुद मै केही गर्ने लक्ष्य बनाएका कारण पढाइलाई निरन्तरता दिन सकेनन् । विशेष गरी त साफ गेमका लागि नजिकिएको परीक्षा पनि त्यागेर निरन्तर प्रशिक्षण गरेको थिए । त्यसैको परिणाम साफमा स्वणपदक जित्न सफल भएको उनी सुनाउछन् । उनको बाल्यकाल खेलमै बित्यो भन्दा कुनै फरक पर्दैन । घरपरिवारबाट पढाइलाई भन्दा खेललाई नै बढी प्राथमिकता दिँदा उनी आफ्नो पढाइलाई निरन्तरता दिन नसकेको बताउछन् । उनले आफ्नो बाल्यकाल यसरी सुनाए । ‘बिहान कराँते, दिउसो स्कुल, स्कुलमा पनि समय मिलाएर कराते र साँझमा कराते’

सन् १९९६ मा नेपालमै भएको ५ देश सम्मिलित प्यानाथोलन प्रतियोगितमा मै पहिलो पटक उनले नेपालका लागि अन्तर्राष्ट्रिय पदक दिलाएका थिए । उनी उक्त पदक जितेको क्षणलाई कहिल्यै नविर्सने पनि बताउछन् । ‘जीवनको पहिलो पदक जिते, फाइनलमा चुकेपनि पहिलोपटक जित्दाको खुसीको सिमा नै रहेन ।’ खेलाडी लामाले थपे, ‘त्यतिबेला मोवाइल तथा सामाजिक सञ्जालहरूको बिकास भएको थिएन । तर, पनि उत्साहका साथ पदकको खुसीयाली मनाए ।’ उनले भुटान विरुद्वको क्वाटरफाइनल खेलको अनुभव सुनाउँदै भने, ‘२५ किलोको तौल समूहमा खेलेका थियाँै । म होचो थिँए भुटानका खेलाडी अग्लो थियो ।’ उनको प्रहार सिधै मुख नजिक हुन्थ्यो तर, निर्धारित समय र थपिएको समयमा बराबरी खेल्दै गोल्डेन स्कोरमा किक लगाएर जितेको त्यो खेल अझै पनि याद आइरहन्छ ।’

क्यारियरको पहिलो खेलमै पदक जितेपछि उनी प्रशिक्षकहरूको आँखामा पर्न थाले । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा निरन्तर स्थान बनाइरहे । कति प्रतियोगिता खेले, कति पदक जिते त्यो गनेर साध्य छैन । खेलाडी लामाले आपूmले खेलेका खेलहरूको कुनै लेखा जोखा छैन पदकको पनि छैन । उनले मोटामोटी रूपमा खेलेका प्रतियोगिताहरूको बारेमा भने जानकारी गराए । २२औँ वल्ड कराँते च्याम्पियनसिप, जर्मन, ३८ औँ एपिएस कराँते च्याम्पियनसिप, हङकङ, ग्रान्ड फिनाले कराँते प्रिमियर लिग च्याम्पियनसिप, अष्ट्रिया, साताँै विश्व सितारियो कराते च्याम्पियनसिप, जापान, सिंगापुर ओपन कराँते च्याम्पियनसिप, टी ९ सेन्ट्रल इंल्याण्ड ओपन कराते च्याम्पियनसिप लगायतका अन्र्तराष्ट्रिय प्रतियोगिताहरूमा पदक जितेका थिए ।

यस्तै लामाले पाँचौ राष्ट्रिय खेलकुदमा रजत पदक जितेका थिए । त्यसलाई सुधार्दै लामाले छैटौँ राष्ट्रिय खेलकुदमा पनि स्वर्णपदक दिलाएका थिए । साताँै राष्ट्रिय खेलकुदमा पनि स्वर्णपदक जित्ने लक्ष्य राखेका छन् । त्यसैको विशेष तयारीको लागि उनले अमेरिकामा विशेष प्रशिक्षण पनि लिए । अमेरिकामै प्रशिक्षणमा रहँदा भएको मैत्रीपूर्ण खेलमा उनले कास्यपदक समेत जितेर आँपूmलाई अब्वल सावित गर्न भ्याएका थिए । भारतमा हुने सागमा कराते विधा समावेश भएको भए तयारी अर्कै किसिमको हुने थियो । तर, सागमा कराते समावेश नहुने पक्कापक्की भएपछि खेलाडीहरूको मनोवल गिरेका कारण प्रशिक्षण पनि जाँगर चलाएर गर्न नसकेको उनी बताउछन् । ‘प्रतियोगिता नै नहुने भएपछि प्रशिक्षणको कुनै अर्थ रहँदैन ।’ लामाले भने, तैपनि आफ्नो पूरा उर्जाशिल समय नै खेलमा विताइयो । जीवन नै यसमै समर्पित गरे त्यसैले प्रशिक्षणको चाहना मारिन ।’

१ छोरा र १ छोरीका पीता सुनिल लामाले आफ्नो वैवाहिक जीवनको रमाइलो किस्सा पनि यसरी सुनाए । ‘त्यतिबेला म चम्किदै थिए । उनले पनि मेरो चर्चाको बारेमा सुनेकी रहिछिन् । मेरो राम्रो खेल देखेर म सँग बोल्ने बहना बनाइन् र उनी आँफै पनि करातेमा होमिइन् । ’अहिले सुनिल खेलमै सक्रिय भएपनि उनको श्रीमती भने खेल छाडेर गृहिणी बनेकी छिन् । कराँतेमा नेपाललाई स्वर्णपदक दिलाएपनि सञ्चार क्षेत्रले यसलाई कम महत्व दिएको उनक गुनासो छ ।

अबको एकाध बर्षमा उनले सन्यास लिने सोच बनाएका छन् । यतिसम्मै खेल्ने भनेर कुनै योजना नबनाए पनि स्वास्थ्यले साथ दिएसम्म खेल्ने उनको योजना छ । उनको सन्यासको मिति त तय छैन । तर, एउटा कुरा भने निश्चित छ । छिल्लो पुस्ताका स्टार कराते खेलाडीको रूपमा उनको छबी लामो समय रहने छ । यो छबीसम्म आइपुग्दा उनले सम्झने नाम ध्रुब विक्रम मल्ल र हालका सशस्त्र प्रहरी आइजिपी कोषराज वन्तको योगदान उनले भुल्ने छैनन् । वन्त एपिएफमा खेलकुद प्रमुख भएको समयमा विभागमा प्रवेश पाएका लामा त्यसको केही समय पछि साफमा स्वर्ण पदक जित्दै विभागको विश्वासलाई पूरा गर्न सफल भएको बताउछन् ।

प्रतिक्रिया