मैले नियालेको जीवन

photo copyहुन त म कक्षा ९ मा पढ्ने १३ वर्षीया छात्रा हुँ । न त मेरो उमेर नै धेरै भएको छ । अचम्मलाग्दो कुरा त यो हो कि मैले जीवनलाई नजिकैबाट नियालेकी छु । खासमा उमेरको वृद्धिअनुसार मानिसको जीवनप्रतिको ज्ञान सुदृढ हुँदै जान्छ भन्छन् तर यो कुरामा म कति पनि सहमत छैन । आप्mनो जीवनदेखि मलाई अति नै हाँसो उठ्छ र कहिलेकाहीँ आप्mनै जीवनदेखि माया जाँगर आउँछ । घरपरिवारदेखि लिएर विद्यालयको पर्यावरणसम्म मात्र मेरो जीवन सीमित छैन । वरिपरिको समाज, आफन्तजन र कहिले गाडीमा चढ्दा मानिसको भीडसँग, प्रकृतिसँग पनि मेरो जीवनको सम्बन्ध गाँसिएको छ । सबैले आशा गर्ने जस्तै मेरो पनि जीवनप्रति सकारात्मक अपेक्षा थियो । सायद जीवन सोचेजस्तो कहाँ नै पो हुँदो हो र ? झन् म त सानै थिएँ र मेरो जीवनका हरेक क्रियाकलाप मेरा परिवारका हातमै थियो । आफ्नो बाल्यकाल मैले कत्ति पनि सन्तोषजनक रूपमा जिउन पाइनँ । न त परिवारकै स्थिति सबल पाएँ । यी हरेक परिस्थितिले मलाई कमजोर तुल्याएको थियो । जीवनप्रतिको आशा पनि टुटिसकेको थियो ।

सत्य साई शिक्षा सदनको सदस्य भएपछि मैले पूरै फरक वातावरण हासिल गरेँ । यस विद्यालयमा पढ्न आउनुभन्दा पहिले म सकदमै कमजोर थिएँ । मेरो त्यही कमजोरीका साथ नै म यस विद्यालयमा भित्रिएकी थिएँ । मलाई न त कोहीसँग बोल्न मन लाग्दथ्यो न आफ्नासँग कुरा बाँड्न । मेरो मनका कुरा आफैँभित्र गुम्सिएका थिए । मेरो आँसु नै मेरो सबैभन्दा ठूलो कमजोरी थियो । जीवनबाट कुनै आस नै थिएन, न सकरात्मक सोच नै थियो । आपैmँप्रति विश्वास थिएन । सदनमा आएर मैले कत्ति धेरै कुरा सिकेँ । यहाँ लगभग ६० जिल्लाका विद्यार्थी आवसीय छन् । यिनै विद्यार्थीको हुलमा म टुहुरी थिएँ । विद्यालयमा गाँसिएपछि बिस्तारै आफ्ना कमजोरीलाई शक्तिमा परिवर्तन गरेँ । आपूmमा दह्रो विश्वास भर्न थालेँ किनभने हामीले आफूलाई मात्रै सबैभन्दा नजिकबाट चिनेका हुन्छौँ । अरूलाई बुझ्न खोज्नुभन्दा पहिले आफूलाई नै बुझ्न खोजेँ । मेरो यो कमजोर मस्तिष्कलाई सदनका परिवारबाट ठूलो सहारा मिलेको हो ।

सबै मासिसको स्वभाव कहाँ नै पो उदार हुन्छ र ! झन् मानिसको स्वभाव त खुट्टा तान्ने हुन्छ । यही सिलसिलामा होच्याउने र खुट्टा तान्ने मान्छे धेरै भेटिए तर ममा हिम्मत र सकरात्मकता बढ्दै गएको थियो । आज मेरा सोच सुदृढ छन्, आपूmमा विश्वास छ र उत्साह पनि । जीवनप्रति मेरो केही गुनासो छैन । यदि मैले यति कमजोर पारिवारिक सम्बन्ध नपाएकी भए म यति सबल बन्ने अवसर कहिल्यै पाउने थिइन् होला ।

अरूले गरेजस्तै गर्न खोज्ने होइन कि आफ्नो छुट्टै पहिचान बनाउनु पर्दो रहेछ । हुन त म कक्षाकी प्रथम छात्रा हुँ तर मलाई पढाइमा त्यति प्रतिभा छैन जस्तो लाग्थ्यो । समाजमा एउटी अनुकरणीय व्यक्तिको रूपमा परिचित हुने आकांक्षा छ । आप्mनो बाल्यकालमा त मैले कुनाकुनाबाट चोट मात्र पाएँ तर यही चोट मेरो प्रेरणा बनेको छ । आज पनि कहिलेकाहीँ बाटो बिराउँछु तर आफ्नो निर्देशक आफैँ बनेकी छु । आफ्ना कमजोरी र त्रुटि आफैँ विश्लेषण गर्छु । आफूलाई सुधार्न र असल मार्गमा हिँड्न आफैँ निर्देशन गर्छु । आज पनि सायद म जीवनको पथमा टुहुरी नै छु तर मेरा लागि म नै सबथोक बनेकी छु । म त पढ्दै छु आफ्ना भावना पोख्न सक्छु तर मजस्ता भावना भएका कति होलान् जसले यी सबै कुरा गथासो बनाएर संगाल्नुपरेको छ ।

आफ्ना लागि मात्र होइन, मलाई मजस्तै करोडौँको सहारा बन्नु छ । त्यसकारण पढ्दै छु किनभने आमाबुबालाई दुःख दिन चाहदिनँ र आपूmले सधैँ उहाँहरूको शिर ठाडो बनाउनु परोस् भन्ने आकांक्षा छ । उहाँले मेरा लागि धान्नु भएको दुःखको त म सधैँ ऋणी हुनेछु । तर, उहाँहरूको कुनै पनि पीडाका कारण म बन्न चाहन्नँ । पढाइमा प्रगति गरेर मानिसको सहारा बन्नु छ, अनुकरणीय व्यक्तित्व बन्नु छ । मलाई केहीको पनि स्वार्थ छैन किनभने म एउटी साईभक्त पनि हुँ र मलाई थाहा छ भक्ति निश्चल पवित्र र स्वार्थरहित गरिनुपर्छ । जीवनका जटिलता मलाई हौसला लाग्दछन् र आफ्नो जीवन अरूको हितमा समर्पण गर्ने ठूलो अभिलाषा बोकेकी छु ।

आज ममा निम्तिएको परिवर्तनको श्रेय कमजोर पर्यावरणलाई दिन चाहन्छु । जीवन बाँच्न मानिसमा भएको यो मतभेद देखेर पनि हाँस उठ्छ । दुई दिनको जीवन त हो किन वैरभाव राख्ने र ? जीवनको महत्व बुझेपछि जीवनलाई यति सरल रूपमा पाएकी छु । जसरी खोला बग्न रोकिँदैन, म मेरो प्रयास पनि रोक्ने छैन । म मेरा आँसु नै नियन्त्रण गर्न सक्दिन थिएँ तर आजको क्षणमा म हरेकपल आपूmमा सकारात्मक भाव निम्त्याउने प्रयासमा नग्न रहन्छु । सानोभन्दा सानो कारणमा पनि हाँस्छु । हृदयभरि रहेको चोटलाई हाँसोले उडाइदिन्छु । सायद यही उपाय रोज्नाले तपाईंको जीवन पनि उपयोगी हुन सक्ला । गलत पथमा हुनुहुन्छ भने सुध्रन समय अझै त । म त यत्तिमै आफूलाई धन्य ठान्छु कि मैले सानै उमेरमा आफ्नो अस्तित्व पहिचान गरेकी छु । मेरो आकांक्षा पूरा गर्न तपाईंहरूले पनि सहयोग गर्नु हुन्छ नि हैन ? सत्यको बाटो सुरुमा त गाह्रै हुन्छ तर विश्चय सत्यकै जित हुनेछ । असल मार्गमा हिँड्न कत्ति पनि नहिच्किचाउनु है । आमाले भन्नुभएका कुराको पनि कति मनन गर्र्थें । पाउन त मैले सायद ती बाटोमा बस्ने टुहुराको भन्दा सन्तोषजनक वातावरण नै पाएकी हुँ तर पनि ममा कहिले सन्तोष जागेन । आप्mनी आमाका कुरा अति नै दुःखलाग्दा छन् । आफ्नी आमाका कुराबाट पनि मैले जीवनमा अगाडि बढ्ने प्रेरणा पाएँ । हुन त मेरी आमाको पनि विवाह नगर्ने सोच थियो रे किनभने अरूको पारिवारिक अवस्था देखेर नै आमा अघाउनु हुन्थ्यो रे । तर, मेरी आमालाई साथ दिने कोही भएनन् । सबै पेल्ने मात्र थिए र त आमाका दुःख आफन्तजनलाई पच्दैनन् न पत्याउँछन् पनि । खासमा आर्थिक श्रोत त कति पनि धेरै भएको छैन तर मेरी आमाले मलाई जीवनमा जुन क्षेत्रमा अगाडि बढ्न चाहे पनि नहिचकिचाइ भन्नुहुन्छ । पैसाको म जसरी पनि प्रबन्ध मिलाउँछु भनेर सान्त्वना दिनुहुन्छ ।

आमाको जीवन साँच्चै नै कहालिलाग्दो छ र सायद यदि अरू कोही महिला उहाँको ठाउँमा भएको भए आत्महत्या गरिसक्ने थियो होला । तर, आमाको दृढ विश्वास थियो, सानासाना कुरामा अल्झिने प्रवृत्ति थिएन । त्यसकारण आमा असाध्यै नै दह्री हुनुहुन्छ । आमाको बाल्यकाल त सुखद नै थियो तर विवाहपछिको जीवनचाहिँ कहालीलाग्दो नै भयो । यदि, मेरी आमा विवाहबन्धनमा नबाँधिनुभएको भए सायद म यो संसारको कुन कुनामा जन्म लिने थिएँ मलाई पनि थाहा छैन । पहिला त आप्mनो भाग्यलाई सराप्थेँ तर आज यही पृष्ठभूमिलाई धन्य ठान्छु । भाग्यलाई मान्छेले आफ्नो कर्मले बदल्न सक्छ र यो कुरा मैले प्रयत्न गरेकी छु । म पनि सायद अरू जस्तै ईष्र्यालु, रिसाहा, झगडालु, अबुझ हुने थिएँ होला तर मेरो कमजोर परिस्थितिले मलाई कोमल बनायो । म रुन्ची छु तर अरूजस्तो अरूलाई रुवाएर हाँसो खोज्ने प्रवृत्तिकी चाहिँ छैन ।

खासमा मानिस जन्मँदा सबै नांगै हुन्छन् । न त जात न नै पैसा र थर विभाजित गरिएको हुन्छ । तर, मानिस जन्मेपछि यही सांसारिक बन्धनमा गाँजिन्छ । हामीले के असल र के खराब भन्ने कुरा छुट्याउनुपर्छ । अन्धविश्वास हरेक कुरा वैज्ञानिक रूपले पुष्टि गरिनुपर्छ । तर, मैले महसुस गरिसकेकी छु त्यो दैवत्वलाई भन्न त म यो भन्दिनँ कि भगवानै छन् भनेर । तर, छ न चाहिँ छ र त्यही शक्तिको अनुभव मैले पनि गरेकी छु । त्यसकारण ममा दैवत्वप्रतिको विश्वास छ । अन्धविश्वास यी अनेक कुरामा मलाई विश्वास पूरै त छैन तर वास्तविकताले यी कुरामा विश्वास गर्न बाध्य तुल्याउँदो रहेछ । आँखै चिम्लेर त म कुनै कुरालाई स्वीकार्दिनँ, आफैँ विश्लेषण गर्छु । र, जब मेरा विश्लेषणको फल सकारात्मक पुष्टि हुन्छन् तब म कुनै कुरामाथि विश्वास गर्छु । मानिसको प्रकृति यस्तो हुन्छ कि आपूm मात्र बाँच्न चाहन्छ । अरूलाई सकेसम्म कसरी दबाउन सकाँै भन्ने मानसिकता हुन्छ । यही प्रकृति नै मानिसको कमजोरी हो । आपूm प्रगति गरून् तर आप्mनो प्रगतिका लागि अरूलाई नै दबाउन के नै पो आवश्यक छ र ? अरूलाई कुनै दबाब नै नदिइकन पनि त हामी प्रगति गर्न सक्छौँ नि !

नेपालमा जन्मिएँ, यही मेरो मातृभूमि हो । बाहिर देशमा गएर आफ्नो मातृभूमिबाट हासिल गरेको सीप, जोस, उत्साह र कला प्रयोग गर्नु छैन । हो ! भ्रमणका लागि म बाहिर देशमा जाने सक्नेछु तर आप्mनो कला आप्mनै भातृभूमिको सेवाका लागि समर्पण गर्नेछु । आपूmमा कहिले दुःखको अनुभूत गर्छु तर पटकपटक सुनिएको चुट्किला सुन्दा जति मनोरञ्जन हुँदैन त्यस्तै पटकपटक त्यही अवस्थाबाट गुर्जिरहेर केही असर नै पाउँदिनँ । दुःखमा पनि रमाउन थालेकी छ । कहिले चोट पुगी हाल्यो भने पनि म मुखमा मुस्कान निम्त्याइहाल्छु । चोटलाई पनि हाँसोले उडाइदिन्छु । आफ्नो कमजोरीलाई सकेसम्म नियन्त्रण गर्न प्रयासरत छु ।

आपूूmमा यो परिवर्तन हासिल गर्छु भन्ने मेरो कहिले पनि आशा थिएन । जतिसक्दो मौन बस्न प्रयास गर्छु किनभने एकचोटि बोल्न थालेपछि आप्mनो बोलीबाट कत्तिलाई चोट पु¥याइन्छ अत्तोपत्तो हुँदैन । फेरि विवाद परेपछि त आफ्नो जित नहुन्जेलसम्म बोली रोकिँदैन । मौन बस्दा मलाई शक्ति सञ्चय भएजस्तो अनुभव हुन्छ । म समाजमा घुलमिल हुन खोज्छु । अन्यथा बोली अनावश्यक हुन्छ जस्तो लाग्छ किनभने अरूको निन्दा गरिन्छ र अनावश्यक कुरा पनि निस्कन्छ । आफ्नो आत्मविश्वास सबल बनाउनुछ । आफ्नो आत्मसम्मान पनि कायम गर्नुछ । त्यसकारण जीवनलाई कणकणबाट सकारात्मक दृष्टिकोणले हेर्न चाहन्छु ।

सायद यी मेरा धारणा पूरा नहुँदै मेरो जीवनको अन्त्य हुन पनि सक्छ । जीवनको के भरोसा र ? त्यसकारण द्वेष, घमण्डजस्ता नराम्रा गुणहरू यथासक्य त्याग्ने प्रयत्नमा छु । आफ्नो यो दुई दिनको जीवनमा आफू एकदमै खुसी अरूको खोसेर होइन, आपूm लागिपरेर आर्जन गर्न चाहन्छु । अरूको खुसीमा आप्mनो खुसी खोज्न सके कहिले पनि दुःख भन्ने कुरै हुँदैन । यही उपायले मेरो जीवनलाई सार्थक तुल्याएको हो । जीवनमा सधैँ आप्mनै जित हुन्छ भन्ने छैन । अरूको पनि हुन्छ र यदि यही उपाय विकास गर्नाले अरूको जितमा पनि आप्mनै जित पाइन्छ ।

मेरो जीवनमा भेटिएका कत्तिले मसँग घुलमिल हुन, मेलमिलाप गर्न चाहन्छन् होला तर कसैको सम्पर्कमा आएपछि आफ्नो व्यवहार नियन्त्रण गर्न आवश्यक छ । त्यो मान्छेलाई आपूmले सम्मान र विश्वास दिलाउन सक्नुपर्छ । मसँग सम्पर्कमा आउन त्यत्ति गाह्रो छैन तर यही विश्वास दिलाउन चाहन्छु । यदि, यहाँको इच्छा सुदृढ छ भने एक न एक दिन हाम्रो भेट हुनेछ र यहाँले पनि आप्mनो जीवनलाई नजिकैबाट चिन्नु हुनेछ । जीवनमा सबै कुरा सोचेर र भनेर मात्र हुँदैन, आप्mनो सोचअनुसार परिश्रम गर्नुपर्छ र आप्mनो समय दिन सक्नुपर्छ । सबैलाई शुभकामना दिँदै म यत्तिमै विश्राम लिन चाहन्छु । तपाईंहरूको सद्भाव र समयका लागि आभारी हुनेछु ।

लेखिकाः सत्य साई शिक्षा सदन, टोखामा कक्षा ९ मा अध्ययनरत छिन् ।

प्रतिक्रिया