सर्वोच्च शिखरमा पाइला टेक्ने लक्ष्य

seven-summiter-2संसारका सातै महादेशको सर्बोच्च शिखरमा पाइला टेक्ने लक्ष्य लिएको नेपाली समावेसी आरोही टोलीले लक्ष्य पूरा गरेको छ । समुहकी पुजन आचार्यले फेसबुक मार्फत दिएको जानकारी अनुसार अन्टार्टीकाको सर्बोच्च शिखर आरोहरण गर्दै उनीहरुले लक्ष्य पूरा गरेका छन् । तीनै बहादुरीको कथाको पुनराबृत्ती । १९५३ को मे २९ । सर एडमन्ड हिलारी र तेन्जिङ नोर्गेले सर्वोच्च शिखर सगरमाथाको पहिलोचोटी आरोहण गरे । मानव सभ्यतालाई एउटा नविन सफलताको स्वाद चखाए, नयाँ युगमा प्रवेश गराए । त्यसअघि यो संसारको सबैभन्दा माथिल्लो उचाइमा मानिसले पाइला टेक्न सकेका थिएनन् । यसपछिका ६ दशकमा अब त सगरमाथा आरोहण सामान्य जस्तै हुन थालेको छ । गाउँको कुनै दुर कन्दराको मान्छे काठमाडौं सहर घुम्न गएजस्तो । सगरमाथाको टुप्पोमा पुग्नुभित्रका भयंकर पाटाहरू अब पहिलेजति त्रासदि छैनन् । सगरमाथा पुग्नुभन्दापनि आरोहीका व्यक्तित्व, शैली र समय चर्चाका विषय बन्न थालेका छन् ।

कुनै दिन जुनको तावेइ सगरमाथा शिखरमा पुग्दा संसारभरका महिलाले गर्व गरेका थिए । ‘हामी पुरुषभन्दा के कम र’ । तर, अहिले महिलाले सगरमाथा आरोहण गरेका किस्सापनि सामान्य बन्न थालिसके । सगरमाथा चुचुरो छुने सैयौँ नारी अनुहारमध्ये ७ नेपाली चेलीको कथाभने अलि फरक छ । यो समुहका लागि सगरमाथामा पाइला टेक्नु साहसिक लक्ष्यप्राप्तिको अन्तिम विन्दु नभएर, सुरुआत मात्र थियो । कारण– उनीहरुले सुरुवात नै सगरमाथाबाट गरेका थिए ।

w२०६४ को अन्त्यतिर संविधानसभाको निर्वाचन हुँदै थियो । जताततै चर्चामा थियो, ‘समानुपातिक’ शब्द । निर्वाचनका मूख्य मुद्दा र नारामध्ये एउटा यही थियो । सो समयमा ‘समानुपातिक’ विषय उठाएर निर्वाचनमा गएका राजनीतिक दलहरू व्यावहारका हिसाबले आधा दशक पछिपनि जहाँ को तहीं छन् । तर, यी चेलीको कथा उनीहरू भन्दा नितान्त भिन्न छ ।

‘समानुपातिक’ को नारासँगै निकै चर्चामा आए यी १० महिला पनि । ‘समानुपातिक महिला आरोही’ का नामबाट चिनिएको त्यो समुह अहिले अलिकति चोइटिएको छ । १० बाट सातमा झरेको छ । तर, यी चेलीको साहसिक जीवनयात्रा थुप्रैका लागि प्रेरणाका स्रोत भने बनेको छ । उनीहरुले तय गरेको सफलतायात्राको सबैभन्दा उल्लेखनीय पाटो भनेको उनीहरुको एकताको बलियो गाँठो नै हो । एकताकै बलमा त्यसपछिपनि उनीहरू अन्य सबै लक्ष्यप्राप्तिमा अघि बढ्दै छन् । ‘स्वाभाविक रूपमा कहिले खटपट हुन्छ । तर, हामी यो कुरा बाहिर नल्याईकन तत्कालै समाधान निकाल्छौ अस्वाभाविक एकताको रहस्य खोल्दै पुजन आचार्य भन्छिन् । पुजनसहित माया गुरुङ, शैली बस्नेत, चुनु श्रेष्ठ, निमडोमा शेर्पा र पेमा छिमी शेर्पाको ७ सदस्यीय समुह अहिले सात महादेशका सातवटै उच्च शिखरमा पुग्ने अभियानमा छन् । जसका लागि उनीहरू उत्तर अमेरिका, दक्षिण अमेरिका र अन्टार्टिका यात्राको तयारीमा व्यस्त छन् । यसअघि उनीहरुले अस्ट्रेलियाको कोजी अस्कोज, रुसको एल्ब्रुज र दक्षिण अङ्खरिकी हिमाल माउन्ट किलिमान्जारोको आरोहण गरिसके ।

उनीहरुको यात्राका केहि विशेषतापनि छन् । उनीहरू यात्रा मात्र गर्दैनन् यात्रापछि केहि सामाजिक कार्यमा पनि आफूलाई व्यस्त राख्छन् । किलिमान्जारो आरोहँणपछि दक्षिण अङ्खरिकाकै थुप्रै स्कुलको भ्रमण गरेका थिए । किलमान्जारो ५८९५ मिटर उचाइको छ तर, ‘फेलरेट’ सगरमाथाको भन्दापनि बढी । तर, उनीहरू डराएनन् । आरोहणमा तान्जानियाको विश्वखाद्य संगठन सँगपनि उनीहरुको सहकार्य बन्यो । आरोहँणको प्रमुख पाटोका रूपमा दक्षिण अङ्खरिकाकी एक चचिर्त नायिका उनीहरुका साथ थिइन् ।

यसै दौरान उनीहरू दक्षिण अङ्खरिकी खाद्य संगठनको सद्भावनादूतपनि भए । सेभेन समिट अभियान संसारका ३ सयदेखि ३ सय ५० को हाराहारीमा पूरा गरे, जसमा ५० जना महिला छन् । उनीहरू अहिले यसै अभियानमार्फत पहिलो नेपाली हुने तरखरमा छन् । यो ६ वर्È लामो यात्राको सार समात्दै उनीहरू एउटै कुरा पुष्टि गर्न चाहन्छन् । ‘आङ्खनै मेहनतले समाजमा धेरै कुरा गर्न सकिन्छ ।’ यसबीच उनीहरू एभरेस्ट ओमन ट्रेक्स एन्ड एक्सपिडिसन गठन गरेर अघि बढिरहेछन् ।

यो अवधिमा उनीहरुले जे गरे सबै आङ्खनै मेहनतले गरे । मुख्य कुरा त समावेसीका नाममा उनीहरुको अभियान सुरु हुँदा देशमा चलिरहेको संविधानसभामा यही नै सबैभन्दा ठूलो मुद्दा थियो । तर, त्यसपछि देशको राजनीतिमा यो मुद्दा अलपत्र छ । तर, ६ फरक जातिका ७ नारीव्यक्तित्व सहितको यो समुहले धेरै लामो यात्रा पार गरिसक्यो । सायद नेपाली राजनीतिकर्मीका लागि यो ठूलै पाठ हो ।

उमेरमा विविधता छ । ३३ वर्षिया माया गुरुङ सबैभन्दा जेठी । पुजनपनि पाकैमा पार्छिन, २८ वर्षकी । २३ वर्षकी निमडोमा । शैली, चुनु, पेमाडिकी र आशाकुमारी पनि यसैबीचको उमेरका । उमेरको विविधता त छँदै छ, यस क्षेत्रमा आउनुअघिको पृष्ठभूमिपनि सबैको फरक । सञ्चारकर्मीदेखि बलिङ प्रशिक्षकसम्म । तर, यो कुनै पनि भिन्नताले उनीहरूलाई प्रभाव पारेन । समुहकी प्रभावकारी सदस्य पूजन अरुभन्दा अलि प्रस्ट छिन् । त्यस कारण भिन्न अभियानमा पनि संलग्न छिन । स्की संघमा रहेकी उनी पर्यटकीय खेलकुदको गतविधिमा पनि आबद्ध छिन् ।

पारिवारिक पृष्ठभूमि फरक । बाबु गोविन्द उपाध्याय सामान्य जागिरे । त्यति साह्रो पहुचवाला परिवार पनि होइन । ६ वर्षअघिसम्म चरिकोटमै जागिरे जिन्दगी बिताएकी उनी एकाएक सेलेब्रिटी बन्दै छिन् । व्यस्त र फरक खालकी महिला । स्की प्रशिक्षक, स्काइ ड्राइभर अनि सगरमाथा आरोही । यतिले मात्रै चित्त बुझेको छैन उनको । सेभेन समिटको यो अभियानलाई सार्थक बनाएरै छोड्ने ध्याउन्नमा छिन् । त्यसपछि पनि अझैँ पृथक् काम गर्ने सोचले अघि बढिरहेका उनका पाइलाको हरेक गति तीव्र छन् । त्यसै गतिका कारण दोलखाको विकट पहाडी गाउँ गौरीशंकरकी यी युवतीले ६ वर्षमै लामो यात्रा तय गरिन सहृदयी समानुपातिक समुहका साथमा ।

प्रतिक्रिया