कपिलको जित्ने आदत

kapil2काठमाडौं, २४ कात्तिक । राष्ट्रिय खेलकुद परिषद्, जहाँ थुप्रै प्रशिक्षक छन् । धेरैका लागि आफ्नो सामथ्र्य पुष्टि गर्ने थलो । केहीका लागि एउटा जागिर मात्र । कसैको जीवनको सम्पूर्ण अंश त कसैका लागि खेलाडी जीवनपछिको जीवन व्यतितको एउटा माध्यम मात्र । त्यसै अनगिन्ती प्रशिक्षकको हुलमा एउटा व्यक्तित्व, कपिल किशोर श्रेष्ठ ।

नेपाली भलिबलमा हाल उनको परिचय नेपाल आर्मी क्लबका भलिबल प्रशिक्षक । उनी आर्मी प्रवेशपछिको पहिलो प्रतियोगितामा उनको टोली उपाधि जित्न सफल भएको छ । दिवंगत मुख्य प्रशिक्षक केशवलाल श्रेष्ठको स्मृतिमा भएको प्रतियोगिताको फाइनलमा कपिलको टोलीले यसअघि उनैले प्रशिक्षण दिएको एपिएफलाई फाइनलमा हराएको हो ।

एपिएफमा कपिल किशोर रहँदा उनको टोली पुरुषमा दोस्रो तथा महिलामा अब्बल । उनको स्तरीयता पुष्टि गर्न त्यो नै पर्याप्त थियो । यत्ति मात्र होइन, अध्ययनशील र भलिबलको बारे कुने पनि कुराको जानकारी राख्ने उनको थप विशेषता हो । उनकै बारेमा अन्य खेलका प्रशिक्षक पनि धेरै कुरा सिक्नुपर्ने बताउँछन् । बक्सिङ प्रशिक्षक प्रचण्ड शर्माकै अनुसार अध्ययन गर्ने बानी रहेका प्रशिक्षक मध्यका एक कपिल किशोर हुन् ।

सुनसरीका कपिल किशोर श्रेष्ठ ०३१ देखि ०३७ सम्म नेपाली राष्ट्रिय भलिबल टोलीमा रहको थिए । त्यसो त नेपाली भलिबल टोलीसँग त्यतिधेरै अन्तर्राष्ट्रिय खेलको अनुभव छैन । राष्ट्रिय टोलीमा रहँदा उनले सन् १९७६ मा पाकिस्तान, त्यसको १ वर्षपछि चीन र त्यसको १ वर्षपछि रुसमा गएर खेलेका थिए ।

प्रशिक्षकको रूपमा गर्विलो इतिहास बोकेका कपिलकिशोर नेपालले पाएका २ प्रतियोगितामा टोलीका प्रशिक्षक थिए । गत वर्ष उनकै प्रशिक्षणमा काठमाडौंमा भएको पहिलो दक्षिण एसियाली पुरुष भलिबल प्रतियोगितामा नेपाल तेस्रो भएको थियो । यो भन्दाअघि अन्तर्राष्ट्रिय प्रतियोगितामा जिम्मेवारी बहन गर्ने क्रममा उनले सन् १९८६ मा सोलमा भएको एसियाली खेलकुदमा नेपाली टोली सम्हालेका थिए । सन् १९९५ मा भारतको मद्रासमा भएको सातौँ दक्षिण एसियाली खेलकुदमा पनि कपिल नेपाली टोलीका प्रशिक्षक थिए । काठमाडौंमा सन् १९९९ मा भएको आठाँै दक्षिण एसियाली खेलकुदमा नेपाली महिला भलिबल टोलीले काश्यपदक जित्दा पनि कपिलकिशोर मुख्य प्रशिक्षक थिए ।

स्टार खेलाडी जमघट गराएर उपाधि जित्ने र डम्फू पिट्ने नेपाली खेलकुदको पुरानो परम्परा हो । यो भन्दा पृथक छन् कपिलकिशोर श्रेष्ठ । यसअघि एपिएफमा रहँदा टोली उनले नै तयार गरेका हुन् । उनी आपैmँले एपिएफमा पुगेर तयार पारेको पुरुष भलिबल टोली छैटौँ राष्ट्रिय खेलकुदमा आइपुग्दा यो देशको च्याम्पियन हुने हैसियत राखिसकेको थियो ।

४० का दशकमा नै प्रशिक्षक जीवनको सुरुआत गर्दा उनले जाउलाखेललाई नेपालको अब्बल टोली बनाए । यो क्रम ५० को दशकको मध्यसम्म रह्यो । उनी अर्को अनुभव सुनाउँछन्् । आर्मीको किंग्स ब्यानर कपमा गणेश दल र महेन्द्र दल सामान्य टोली थिए । उनले हेर्न थालेपछि यी २ टोली नै आर्मीको आन्तरिक प्रतियोगिताका बलिया टोली भए । नेपालको घरेलु भलिबलमा आर्मीसँग प्रायः फाइनलमा पुलिस क्लब हार्ने गरेको थियो । अमरसिंह शाह र रमेस खरेलसँग कुरा भए पनि कपिल किशोरले पुलिस टिमको जिम्मेवारी सम्हाले । त्यसपछि पुलिस टिमकको जितको यात्रा सुरुआत भयो । भरत साहको नेतृत्वमा रहेको प्रेम भण्डारी, सरोज श्रेष्ठ, सञ्जय अर्याल र इम राना मगरसहितको त्यो टोली घरेलु प्रतियोगितामा जितको प्रतिक मानिन थाले । पुलिस क्लबमा नै उनले महिला टोलीको संरचना तयार गरे । उनैले संरचना तयार पारेको त्यही टोली अहिले प्रभावकारी रहेको छ । पाँचौँ राष्ट्रिय खेलकुदको समयमा उनी एपिएफमा आवद्ध भए ।

छैटौँ राष्ट्रिय खेलकुदमा आइपुग्दा उनको एपिएफ पहिलो स्थान हात पार्न सफल भयो । त्यसको १ वर्ष पनि बित्न नपाउँदै उनले संरचना तयार पारेको एपिएफको महिला टोली पनि शीर्ष टोली बन्यो । केही समयपछि एपिएफको महिला टोली शीर्ष टोली बन्यो । शीर्ष टोली बनेको पुरुष टोलीका केही खेलाडी विदेशिए र कतिले भलिबल खेल्न छाडेको कारण एपिएफको पुरुष टोली पुनर्निर्माणको क्रममा थियो । एपिएफको पुनर्निर्माण नहँुदै कपिल आर्मी पुगेका हुन् । उनी एपिएफमा रहँदा दीपेन्द्र भट्ट, सुनील, नरेस चन्द, सुनील श्रेष्ठ र कैलास भट्ट जस्ता खेलाडीविनाको एपिएफ फेरि तयार पार्न केही समय लागे पनि त्यसपछि जितको क्रम सुरु हुने धेरैको अनुमान छ । उनले प्रशिक्षण जीवनमा गरेको थुप्रै उपलब्धी मध्य उनी आपैmँलाई सन्तोष लाग्ने काम चाहीँ नेपालका तीनै विभागीय खेलकुदमा महिला भलिबल टोली प्रवेश गराउन सफल हुनु हो । उनले कुनै दिन भनेका थिए ‘मलाई विश्वास छ म जहाँ भए पनि एपिएफ र पुलिस क्लबमा महिला टोली रही रहनेछ ।’ त्यसो त कपिल किशोरको आगमनसँगै आर्मीले महिला भलिबल टोली पनि तयार गरिसकेको छ ।

उनको पछिल्लो चर्चायोग्य सफलता माल्दिभ्समा गत महिना भएको महिला भलिबलका २ प्रतियोगितामा उनले प्रशिक्षण गरेको टोली उपाधि जित्न सफल भयो । त्यति मात्र होइन, नेपालका २ खेलाडीलाई माल्दिभ्सको घरेलु प्रतियोगितामा प्रवेश गराएर उनले नेपाली खेलाडीका लागि अन्तर्राष्ट्रिय प्लेटफर्म तयार गर्न पनि महत्वपूर्ण भूमिका निर्वाह गरे ।

इन्टरनेसनल प्रतियोगिता र एक्सपोजरको अभावमा प्रशिक्षकको खासै क्षमता वृद्धी हुन नसक्ने बताउने कपिल आपैmँले अन्य नेपाली प्रशिक्षक जस्तै पटियालाबाट एनआइएस कोर्ष गर्दै प्रशिक्षक जीवनको सुरुआत गरेका हुन् । अन्तर्राष्ट्रिय भलिबल महासंघको लेभल वान कोर्ष उनले ३ पटक गरे । अनि लेभल टु पनि । बहराइन र श्रीलंकापछि उनले मद्रासमा भएको ओपन स्पाइकर र सेटरसम्बन्धी सेमिनारमा सहभागिता जनाएका थिए । सन् १९९५ मा लेभल टु कोर्षपछि इन्टरनेसनल इन्स्ट्रक्टरको कोर्ष गर्ने अवसर भए पनि भलिबल संघको नेतृत्व यसबारेमा उदासिन भएपछि उनले त्यो अवसर गुमाए । जुन अवसर उनी आपैmँ र नेपाली भलिबलले गुमाएको महत्वपूर्ण पक्ष हो ।

प्रतिक्रिया