विरह बिर्सने प्रयासमा श्वेता

sweta-khadkaकाठमाडौं । विवाहपश्चात हनिमुनका लागि पतिसँगै भारत पुगेकी अभिनेत्री श्वेता खड्का देश फर्किंदा एक्लै फर्किन परेको थियो ।

श्रीमान्को निधनको वियोगमा उनले थुपै्र वेदनाका भावहरू पोखेकी थिइन् । अब भने श्वेता बिस्तारै आफ्नो पीडा भुलाउँदै खुसीसँग खेल्न थालेको महसुस उनले पछिल्लो समय सामाजिक सञ्जालमा पोस्ट गर्दै आएका तस्बिरले बताउँछन् ।

केही महिना पहिलेसम्म पीडा र विरहका शब्द तथा दृश्य पोस्ट गर्ने श्वेताले अहिले भने केही खुसीका पलहरू सार्वजनिक गर्न थालेकी छन् । त्यसो त श्रीको निधनको वार्षिकीमा पनि उनले अब बिस्तारै पीडा बिर्सिंदै पहिलेकै अवस्थामा फर्कने र फिल्मी पर्दामा पनि बिस्तारै आउने बताएकी थिइन् । जसको निरन्तरता नै उनका पछिल्ला फेसबुक पोस्ट हुन सक्छन् । पछिल्लो समय दिनहुँजसो फेसबुकमा अपडेट हुने श्वेताले कहिले श्रीसँगको तस्बिर पोस्ट गर्छिन् त कहिले व्यक्तिगत अनि कहिले महिला अधिकार र राष्ट्रवादका कुरासमेत पोस्ट गर्छिन् ।

श्वेताले सार्वजनिक गर्ने हरेक शब्द तथा दृश्यमा हजारौँ शुभेच्छुकहरूले लाइक गर्छन् अनि प्रतिक्रिया दिँदै उनको मनलाई थप दरिलो बनाउन प्रेरित गर्छन् । धेरैले उनलाई फिल्मीपर्दामा देख्न आतुर भएको प्रतिक्रियासमेत जनाउने गरेका छन् । (सौस)

प्रतिक्रिया