पूर्वराष्ट्रपति किमयुङ सामको निधन

kimसिओल, ६ मंसिर । दक्षिण कोरियाको प्रजातान्त्रिक आन्दोलनका मिथक पुरुष पूर्वराष्ट्रपति किम युङ सामको आइतबार निधन भएको छ । ८७ बर्षिय किमलाई ज्वरो आए पछि उपचारका लागि अस्पताल पु¥याइएको थियो । रगतमा संक्रमण र त्यसपछि हृदयघात बन्द भए पछि उनको निधन भएको हो । उनले एक दशक भन्दा बढी समय सैनिकबलको विरुद्धमा प्रजातन्त्रका लागि संघर्ष गरेका थिए । यसैकारण सन् १९८० को दशकमा दुई पटक उनलाई नजरबन्द गरिएको थियो ।

सन् १९९३ देखि सन् १९९८ देखि राष्ट्रपति भएका किमको शाषनमै कोरियामा प्रजातान्त्रीक सुधारको क्रम सुरु भएका थिए । उनको कार्यकालका अन्त्यमा सैन्य क्षेत्रमा दुई शक्ति पुरुष चु ड्वा ह्वान र ते वुलाई आममाफी दिएका थिए । उनकै कार्यकालमा उत्तर कोरियासँगको समबन्धमा फरकपन आउन खोजेको थियो । समाचारका अनुसार एक पटक उत्तरकोरियाली आणबीक शक्तिको विरुद्धमा अमेरिकाले योजना बनाए पछि किमले नै यसको विरोध गरेका थिए । यसले युद्धरत अबस्थामा फर्कने बिश्लेषण किमको थियो । अमेरिकी राष्ट्रपती जिम्मी कार्टरको पालामा उत्तर कोरियासँग आणबीक सम्झौता भए पनि सन् २००२ मा यो भंग भएको थियो ।

प्रतिक्रिया