पेरिस, ३ मंसिर । पेरिस आक्रमणको योजनाकार तथा मुख्य नाइके बुधबार भएको हमलामा मारिएकामध्ये हुन् या होइनन् भन्ने छुट्याउनका लागि फ्रान्सेली विज्ञहरुले प्रयास जारी राखेका छन् । सेन्ट डेनिसको अपार्टमेन्टमा छापा मार्दा प्रहरीले अब्देलम हमिद अबेदाउदलाई लक्षित गरेको जनाइएको छ । सुरक्षा निकायले मरेका आठमध्ये अबेदाउद र अन्य शंकास्पद सलाह अब्देस्लाम नभएको जनाएको छ । मारिएका अन्य दुईको पहिचान हुन बाँकी छ । यसैबीच, फ्रान्समा संकटकालका लागि संसदमा मतदान हुने भएको छ ।
१२९ जना मारिएको शुक्रबारको आक्रमणको जिम्मेवारी सिरिया र इराकमा प्रभाव जमाइरहेको आइएसले लिइसकेको छ । सेन्ट डेनिसमा भएको आक्रमणमा २७ बर्षिय अबादाउद मारिएको समाचार पनि बाहीर आइसकेको छ । सुरक्षानिकायका फ्रान्कोसिस मोलीन्सले मृतक हुनेको पूर्ण जानकारी दिन सकिने अबस्थान नभए पनि थप दुई मृतक बाँकी रहेको जनाएका छन् । आक्रमणमा मारिएका एक महिला शुक्रबारको हमलामा पेटीमा बम राखेर आत्मघाती प्रयास गर्ने महिला नै भएको बिश्वास गरिएको छ । जियान माइकल फाउभेरेजले भित्र प्रबेश गर्दा एउटा लास तेस्रो तलाबाट दोस्रो तलामा झरेको बताएका छन् । ग्रनाइडले जिउ छिन्न भिन्न भएका कारण चिन्न कठिन भएको हुन सक्ने उनले बताएका छन् । केही स्टेरवेलमा थिए । दुई ब्लान्केटमा लुकेकाले सायद तीनलाई भेटाउन सकिने अनुमान भएको मोलीन्सले बताएका छन् । मोलीन्सले नै गीरफ्तार भएको आठको पहिचान भएको बताएका छन् । तर, उनले २६ बर्षिय सलाह अक्देसालमको पहिचान हुन नसकेको बताएका छन् । उनी भागेको अनुमान छ । अन्य सात जना भने त्यसै घटनाको लगत्तै गीरफ्तार भएका थिए ।
युएस गुप्तचरले महिनौं देखि ट्रयाक गरिरहेको अबादाउद आक्रमणको योजनाकार भएको जनाइएकाृ छ । उनी गत जनवरीमा बेल्जीयममा प्रहरीले गरेको हमलामा बच्दै सीरिया पुगेको अनुमान छ । कन्र्सट हल, क्याफे र रंगशालामा भएको आक्रमणपछि राष्ट्रपति फ्रान्सेस्को होलान्डेले १२ दिनका लागि संकटकाल घोषणा गरेका थिए । यो विषय बिहिबार तल्लो सदन र शुक्रबार सिनेटमा प्रस्तुत हुँदैछ । जहाँ, तीन महिनाका लागि संकट काल घोषणा गर्ने या नगर्ने भन्ने विषयमा पनि मतदान हुने छ ।
प्रतिक्रिया