‘आप्रवासीलाई असर नपरोस्’

ब्रसेल्स । संयुक्त राष्ट्रसंघले पेरिसमा हालै भएको आतंककारी आक्रमणका कारण युरोपका कैयौँ देशमा पछिल्लो समयमा बढ्दै गएको शरणार्थी एवं आप्रवासीमाथि कुनै प्रकारको समस्या नहोस् भनेको छ । पेरिसमा भएको सो हमला सन् २०१५ कै दोस्रो पटकको हो । यस हमलाका कारण युरोपमा पछिल्लो समयमा आतंककारी क्रियाकलाप बढ्दै गएको र त्यसमा निकै नै सजगता अपनाउनुपर्ने बताउदै आइएको छ ।

युरोपमा नै आतंकवाद छिरेको भन्दै यसको निवारण र नियन्त्रणका लागि भन्दै सुरक्षा व्यवस्थालाई युरोपेली राष्ट्रहरुले कडा मापदण्ड अपनाइरहेका छन् । मध्यपूर्वीलगायत विश्वका विभिन्न देशमा पछिल्लो समयमा हिंसा र आन्तरिक द्वन्द्व बढ्दै जादा युरोप छिर्ने शरणार्थीको संख्यामा पनि विगतका तुलनामा निकै ठूलो मात्रामा वृद्धि हुँदै गएको बताइएको छ । पछिल्लो समयमा सिरिया, यमन, इराक, मध्यअफ्रिकी देशहरुका साथै अन्य देशहरुबाट हिंसाका कारण नागरिक बाहिरिने गरेका छन् । उनीहरुका कारण शरणार्थी समस्या थप बढ्न थालेको बताइन्छ ।

यसैगरी सिरिया, लेवनानलगायत अन्य हिंसाग्रस्त देशहरुबाट युरोप छिर्ने आप्रवासीको संख्या पछिल्ला दुई वर्षयता लगातार रुपमा वृद्धि भइराखेको अधिकारीहरुले जनाएका छन् । यसरी एकातर्फ युरोप छिर्ने शरणार्थीको संख्या बढ्दो मात्रामा देखिन्छ भने अर्कातर्फ पछिल्लो समयमा पेरिसका भएको आतंकवादी हमलाका कारण पनि युरोपका विभिन्न देशमा कडा सुरक्षा मापदण्ड अपनाइएको छ । सोही कारण पनि दिनहूँजसो हजारौँको संख्यामा युरोप छिर्न बाध्य बनेका वास्तविक शरणार्थीका लागि समस्या उत्पन्न भएको देखिएको छ ।
त्यसैले संयुक्त राष्ट्रसं्रघले यसरी अपनाइएको सुरक्षामापदण्डका कारण युरोपमा छिर्न बाध्य बनेका वास्तविक शरणार्थी एवम् आप्रवासीलाई समस्य उत्पन्न नहोस भनी आह्वान गरेको हो । उक्त आयोगले आप्रवासीहरुको युरोप प्रवेशको प्रमुख द्वार मानिने बाल्कन क्षेत्र र वरिपरि निर्माण गर्नेगरी प्रस्ताव गरेको आप्रवासी केन्द्रका लागि पनि युरोपेली देशहरुको सहयोग मागेको हो ।

यसैबीच, बढ्दो शरणार्थी समस्याको एक सानो समाधानस्वरुप युरोपको बाल्कन क्षेत्रमा युरोपेली आयोगले करिब एक लाख केन्द्र स्थापनाको प्रस्ताव गरेको छ । आप्रवासीहरुलाई सहयोगका लागि ती केन्द्रको स्थापना गर्न लागिएको हो ।
बाल्कन दक्षिणपूर्वी युरोपेली एक भूभाग हो । यसको नाम एक टापूको नामबाट राखिएको हो । युरोप प्रवेश गर्ने शरणार्थी यसै क्षेत्रबाट भएर धेरै जाने गर्छन् । ब्रसेल्समा हालै बसेको युरोपेली देशका मन्त्रीहरुको बैठकपछि आयोगले सो प्रस्ताव गरेको हो । उक्त प्रस्तावपछि उनीहरुले सो केन्द्रका लागि सहयोग गर्नुपर्ने आयोगको भनाई छ ।

उक्त बैठकले पछिल्लो समयमा बढ्दै गएको आप्रवासी समस्याको समाधानका लागि उनीहरु प्रवेश गर्ने मुख्य नाकामा कम्तीमा पनि एक लाख केन्द्रको निर्माण गरेर उनीहरुलाई सेवा दिइने निर्णय गरेको हो । विभिन्न देशमा जारी हिंसा, आन्तरिक राजनीतिक आन्दोलनका साथै विभिन्न आतंककारी क्रियाकलापहरुका कारण पछिल्लो समयमा युरोपमा आप्रवासीहरुको संख्या बढ्दो मात्रामा रहेको छ । यसवर्ष मात्र कम्तीमा पनि छ लाख ७० हजार शरणार्थीले युरोप प्रवेश गरेका छन् ।

प्रतिक्रिया