न्युयोर्क । सौर्य मण्डल अन्तरिक्ष बैज्ञानिक सारा सेयगरले सौर्य मण्डल भन्दा पर पनि जीवको परिकल्पना गर्न सकने र त्यसको अध्यनन गर्न सकिने जनाएकी छिन् । रातको समयमा ताराहरु हेर्दा मान्छेलाई लाग्दैन की यो पनि सूर्य जस्तै हो । मान्छेको दिमागका यो याद हुँदैन की थुप्रै ताराहरुको माझमा सूर्य एउटा तारा हो । केवल यो हाम्रो नजीक छ । हामी यसैलाई घुमीरहेका छौं । जीन्दगी नै अन्तरिक्ष अध्ययनमा विताएकी सेयगरले सौर्य मण्डलभन्दा पर पनि जीवको अस्तीत्वको कल्पना गरेकी छिन् ।
तर, यो पत्ता लगाउन कठिनाइ छ । जुम गरेर हेर्न मिल्दैन । यो देखिदैन पनि । एक तारावाट अर्को तारामा गएको प्रकाशको बारे अध्ययन गर्दा यो सम्भब हुने उनले जनाएकी छिन् । उनी जीवनको एउटै लक्ष्य सौर्य मण्डल परको पृथ्वी पत्ता लगाउने भएको जनाउँदै यो सम्भव भएको बताउँछिन् । (एजेन्सी)
प्रतिक्रिया