रात्रीक्लबमा भएको आगलागीमा ३२ जनाको निधन पछि सडकमा निस्कीएको २० हजारको जुलुसका कारण रोमानीयाका प्रधामन्त्रि भिक्टर पोन्टालेपदबाट राजीनामा दिएका छन् । शुत्रबार राती त्यहाको लोकप्रीय ब्यान्डले कन्सर्ट गरिरहेको समयमा आगलागी भएको थियो । सरकारको भ्रस्टाचार गरेको र सुरक्षामा चासो नदिएको कारण जनाउदै प्रदर्शन भएको थियो । पोन्टालाई पहिले देखि नै भ्रस्टाचारको आरोप लागीरहेको थियो । पोन्टाले राजीनामा संगै विज्ञप्ती जारी गर्दै आफ्नो कमदले प्रदर्शनकारीलाई सन्तुष्ट बनाएको हुन सक्ने प्रतिक्रिया दिएका छन् ।
आगलागी पछि बुखारेस्टको अस्पतालमा १०० जना भर्ना भएका छन् । जसमा धेरैको अबस्था गम्भीर छ । आफ्नो दुइ साथी यसै घटनामा गुमाएकी एक युवती आक्रोस ब्यक्त गर्दैए भन्छिन्, ‘ सरकारी लार्पवाहीका कारण हामी युवाहरुको त्यत्तिकै ज्यान गइरहेको छ । ’
गुडबाइ टु ग्रयाभिटी नामक ब्यान्डले गरेको कन्सर्ट हेर्न ४०० जना उपसिश्थ्त भएको समयमा शुक्रबार आगलागी भएको हो । सिलीङ र लिर बलन् थाले पछि दुर्घटनाले भयंकर रुप लिएको जनाइन्छ । बढी भिड राखेको तथा आपतकालीन अबस्थामा बाहीर निस्कने बाटोको ब्यबस्था नगरेको कारण क्लबका तीन साहुलाई गीरफ्तार गरिएको छ । रोमानीयामा बढ्दै गएको भ्रस्टाचारको कारण सुरक्षा प्रबिधी कमजोर भएको जनाइएको छ । प्रदर्शनले पोन्टा सहित तीन जनाको राजीनामा माग गरेका थिए । उनीहरुले बुखारेस्टका मेयर र एक मन्त्रिको पनि राजीनामा मागेका छन् । (एजेन्सी)
प्रतिक्रिया