पहिरोमा परी एकै परिवारका १३ को मृत्यु

इस्लामावाद, २६ असोज । पाकिस्तानको दक्षिणी सहर कराचीमा मंगलबार बिहान सबेरै गएको पहिरोमा परी कम्तीमा पनि १३ जनाको ज्यान गएको छ । कराचीको गल्स्तान ए जुवाहार क्षेत्रमा चट्टान खसेर एक गाउका १३ जना नागरिकलाई पुरेको हो । पुरिएकामा सातजना बालबालिका पनि रहेका छन् ।

उद्वारकर्ताहरु सो क्षेत्रतर्फ लागेका छन् । उनीहरुले अहिलेसम्ममा पहिरोबाट सात जना बालबालिका र तीन महिलाको शव निकालेका छन् । सो पहिरोमा पुरिएका अझै तीन जनाको शव निकाल्ने प्रयत्नमा ती उद्वारकर्मीहरु लागि परेका छन् । सो क्षेत्रमा कैयौंको संख्यामा प्रहरी र उद्वारकर्ताहरु खटिरहेका छन् ।

यसरी मारिने सबैजना एकै परिवारका रहेका पनि प्रहरीले जनाएको छ । उनीहरु पञ्जावबाट त्यहाँ पुगेका बताइएको छ ।
सो क्षेत्रमा क्याम्प हालेर बसेका उनीहरु किन त्यहाँ गएका हुन् भन्नेबारे केही खुलाइएको छैन । तीन दिन अघि उनीहरु क्याम्प हालेर सो क्षेत्रमा बस्न थालेका थिए ।

प्रतिक्रिया