ओलीको नेतृत्वमा नयाँ सरकार : एमाले

kp-oli-photoकाठमाडौं, १७ असोज । राष्ट्रिय सरकार गठन गर्ने चर्चा चलिरहेको बेला नेकपा एमालेले पार्टी अध्यक्ष केपी ओलीको नेतृत्वमा राष्ट्रिय सरकार गठन गर्ने निर्णय गरेको छ ।

आइतबार सिहदरबारमा स्थायी कमिटीको २५ औँ बैठकले ओलीललाई विगतमा भएको १६ बुँदे सहमतिलगायत राजनीतिक दलबीच भएका सहमतिलाई ध्यान दिँदै सरकार गठन गर्न पहल गर्ने निर्णय गरेको हो । बैठकले जसका लागि सरकार गठनमा अधिकतम सहमति जुटाउन विभिन्न दलहरूसँग वार्ता गर्ने प्रयोजनका लागि केपी शर्मा ओली, झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम र विद्यादेवी भण्डारी रहेको कार्यदल गठन गर्ने समेत गठन गरेको सचिव प्रदीप ज्ञवालीले जानकारी गराए ।

उनका अनुसार संविधान जारी भइसकेको नयाँ सन्दर्भमा पार्टीको संगठनात्मक संरचनामा आवश्यक परिवर्तन गर्ने र विधान संशोधन गर्नेलगायत विषयमा आवश्यक गृहकार्य गर्न केन्द्रीय सचिवालयलाई जिम्मा दिने समेत निर्णय गरेको छ । एकहप्ताको समयमा सहमतिको सरकार नबनेपछि एमालेले अधिकतम बहुमतीय आधार बनाएर सरकार गठन गर्ने पहल गर्ने छ ।

उखाने भन्दा दुःखित छैन : ओली
नेकपा एमाले अध्यक्ष केपी ओलीले आफ्ना अभिव्यक्तिमा उखान–तुक्का प्रयोगबारे हुने आलोचनाबाट दुःखित नहुने बताएका छन् ।

लेखक तथा राजनीतिज्ञ प्रदीप नेपालको नयाँ यात्रा निबन्ध ‘कुञ्जिनीको गामबेँसी’ को आइतबार लोकार्पण गर्दै अध्यक्ष ओलीले भने, ‘उखानेले कसरी देश चलाउँछ भनेर पनि मलाई भन्ने गर्छन् तर पञ्चायतकालमा भूमिगत हुँदादेखि वा जेलमा रहँदा दुःख मनाउका बेला अरू गीत गाउँथे, म उखानको प्रयोग र आपसी रमाइलो तथा आनन्द दिलाउँथे ।’

प्रधानमन्त्री पदका दाबेदार अध्यक्ष ओलीले आफ्ना मालेकालदेखि सहयात्री लेखक नेपाल बहुआयामिक व्यक्तित्वका धनी भएको बताउँदै राजनीति र संगठनको कामसँगै साहित्यिक यात्रालाई एकैसाथ लान सकेकामा प्रशंसा गरे । लेखक नेपालले आफ्नो बाह्राँै यात्रा निबन्धका रूपमा ‘कुञ्जिनीको गामबेँसी’ ल्याएको बताए । साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले आर्थिकरूपमा जर्जर भएको संस्थालाई बचाउन विभिन्न अभियान सञ्चालन गरिएको बताए ।

अक्फोर्ड इन्टरनेसनल पब्लिकेसन्सद्वारा प्रकाशित सो पुस्तकमा २१ वटा नियात्रा समावेश छन् ।

प्रतिक्रिया