खाँचो, लालबहादुर शास्त्रीको नेपाली संस्करणको

देशको विषम परिस्थितिमा ओलीजीका उखान टुक्का, प्रचण्डजीका भाकाफेराइ र सुशीलजीका मेरा बाजेले घिउ खाएका थिए मेरा हाथ सुङसुङ भन्ने जस्ता थाङ्ने गन्थनले मात्र अबका दिनमा नेपालमाथि आइपर्ने संकट टर्ला भन्ने विश्वास गर्न जनतालाई निकै गाह्रो भएको छ । भारतको स्वाभिमान र सुरक्षामा आँच आउने विभन्न शर्तहरू अमेरिकाले तेस्र्याउन थालेपछि तत्कालीन भारतीय प्रधानमन्त्री लालबहादुर शास्त्रीले अमेरिकी सरकारलाई तिम्रो गहुँंको बदलामा हामी भारतीय स्वाभिमान र सुरक्षामा संझौता गर्दैनौँ, तिम्रो गहुँं नपठाए हुन्छ भनेर चिठी लेखे ।

rishiraj lumsali

२०७२ असोज ३ गते नेपालको संविधान जारी भएपछि एकातर्फ थोरबहुत नेपाली स्वाभिमान जागृत भएको छ भने अर्कोतर्पm नेपालको स्वाभिमानलाई हृदयैदेखि नरुचाउने भारतीय शासकपक्षले ३ गते राती अपमानपूर्ण भाषामा विज्ञप्ति निकाल्यो । मधेस आन्दोलनबाट भारतीय सीमाक्षेत्रमा चिन्ता बढेको भन्ने कुरा अघि सा¥यो । संविधान जारी भएको दोस्रो रात मधेस आन्दोलनलाई नेपालले भारतीय सल्लाह अनुसार संवोधन नगरेकाले सीमामा असुरक्षा बढेको र भारतीय ट्यांकरहरूबाट आपूर्ति गर्न ठेकेदारहरूलाई असहज रहेको भन्दै पूनः ४ गते राती दोस्रो विज्ञप्ति निकाल्यो । ५ गते दिउँसोदेखि नै नेपाल–भारत सीमाक्षेत्रमा भारतीय एसएसबीले महोत्तरी जिल्लाको भिटामोड र मटिहानी नाकामा हल्का सवारी साधनहरूको आवागमनमा माथिको आदेश भन्दै रोक लगाएको खबर छ । नेपालका लागि डिजल, पेट्रोेल भरेर आएका ट्यांकरहरू रक्सौल नाकामा भारतीय अधिकारीहरूले माथिको आदेश भन्दै केही घन्टा रोकेका र कडा छानबिन र कागजपत्र माग गर्दै तत्कालका लागि छोडिदिएको भन्ने खबरहरू सञ्चारमाध्यममा आए । यस घटनाले इन्दिरा गांधी र राजीव गान्धीको पालामा नेपालमाथि गरिएको आर्थिक नाकावन्दीरुपी दबाबको पुनरावृत्ति हुने त होइन भन्ने आशंका देखापरेको छ । पारिको संगीत अनुसार वारी गीतगाउन बानी परिसकेकाहरूलाई फकाउन ५ गते दिनभर सुशील कोइराला, केपी ओली र प्रचण्डले गरेका कसरतहरू पनि अर्थहीन बनेका खबरहरू आईरहेछन् । ५ गते नै राजविराजमा बैठक बसेर मधेसी मोर्चाले बाहिर ल्याएका आन्तरिक यातायात र व्यापारिक नाकावन्दी गरेर काठमाडौंलाई घुँडा टेकाउने जस्ता आत्मघाती आन्दोलनका निर्णयहरूको वरिपरि नै राज्यसंयन्त्र केन्द्रित हुनुपर्ने अवस्था आइपरेको देखिन्छ । संविधान जारी भएकै भोलिपल्ट दिल्ली हानिएका भारतीय राजदूत रंजित रे, भारतले समर्थन र स्वागत गर्नसक्ने बेहोरा समेटिएका ७ वुँदे संविधान संशोधनका खेस्रा वा नेपालको सिक्किमीकरणका भ्रुणहरू बोकेर काठमाडौं आइपुगेका छन् र उनले लौ नेपाली नेताहरूहो ! या त भारतले चाहेजस्तो गरी संविधान संशोधन गर होइन भने तिम्रो संविधानलाई संसारले स्वागत गरे पनि भारतले स्वागत नगर्दा के हँुदो रहेछ भन्ने अब थाहा पाउँछौ भन्ने संदेश दिइरहेका छन् । असोज ३ गतेसम्म आक्रामक अवस्थामा रहेका ३ दलका नेताहरू ५ गतेसम्म आइपुग्दा एकाएक रक्षात्मक स्थितिमा आइपुगेका देखिएका छन् । भदौको अन्तिम सातासम्म ३ दलका नेताहरूको हाथमा संविधान निर्माणको साँचो रहेकोमा असोजको पहिलो हप्तादेखि अब शान्तिको साँचोचाँहि पारिपट्टीको संगीतमा गीत गाउनेहरूको हाथमा पुगेको देखिन्छ ।

ठीक यसै बेला भूकम्पले थिलोथिलो बनेका नेपाली जनताले भूकम्प र पहिरोको कारण देखाउँदै चीनले तातोपानी नाका र रसुवानाका खुलाउन नसकेबाट सस्तो चिनियाँ सामान आउला र दसैंतिहार मनाउला भन्ने गरिब नेपालीको आशामा पनि पानी फेरिएको छ । केही व्यापारीले समुद्रमार्गबाट कलकत्ता हुँदै ल्याउन खोजेका चिनियाँ सामान पनि मधेस आन्दोलनको चपेटामा भारतमै अलपत्र परेका छन् । साच्चिकै भूपरिवेष्ठित मुलुक हुनुको पीडा आज नेपालले भोग्नु परिरहेको छ । यस्तो विषम परिस्थितिमा ओलीजीका उखान टुक्का, प्रचण्डजीका भाकाफेराइ र सुशीलजीका मेरा बाजेले घिउ खाएका थिए मेरा हाथ सुङसुङ भन्ने जस्ता थाङ्ने गन्थनले मात्र अबका दिनमा नेपालमाथि आइपर्ने संकट टर्ला भन्ने विश्वास गर्न जनतालाई निकै गाह्रो भएको छ । यस्तो बेला नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रको नौका कसले पार लगाउला भनेर नेपाली जनताले स्वाभिमानी नेतृत्वको खाँचो महसुस गरिरहेका छन् । यस सानो परिचर्चामा यसै विषयमा केन्द्रित हुन खोजिएको छ । यस पंक्तिकारलाई सांकेतिकरूपमा अचानक महाभारतको नेता श्रीकृष्ण र भारतीय नेता स्वर्गीय लालबहादुर शास्त्रीको नेपाली संस्करणको खाँचो महसुस भएको छ ।

आजभन्दा ५० वर्ष जति अघिको कुरा हो, अमेरिकाले पिएल ४८० को कोटा भन्दै भारतलाई केही सस्तो गहुँ दिने गथ्र्याे । तर त्यो सस्तो गहुँं दिएवापत् भारतको स्वाभिमान र सुरक्षामा आँच आउने विभन्न शर्तहरू अमेरिकाले तेस्र्याउन थालेपछि तत्कालीन भारतीय प्रधानमन्त्री लालबहादुर शास्त्रीले अमेरिकी सरकारलाई तिम्रो गहँुको बदलामा हामी भारतीय स्वाभिमान र सुरक्षामा संझौता गर्दैनौँ, तिम्रो गहुँं नपठाए हुन्छ भनेर चिठीलेखे । शास्त्रीले तुरन्तै भारतीय जनतालाई आह्वान गरे कि पिएल ४८० को अमेरिकी गहँुको तात्कालिक विकल्प पूरा गर्न तपाईंहरूले अब हप्ताको १ छाक उपवास बस्नुहोस् । भारतीय जनताले लालबहादुरको त्यो आह्वानको स्वागत गरे र १ वर्षसम्म हप्ताको १ छाक व्रत बसे । अर्कोतर्पm लालबहादुरले भारतीय कृषि वैज्ञानिहरूलाई बोलाएर अबको १ वर्षमा गहुँको अधिकतम उत्पादन गर्न बिउ, मल र प्रविधिको विकास गर्न्होस् भनेर आह्वान गरे र भारतीय कृषिवैज्ञानिकहरूले पनि यो चुनौति स्वीकार गर्दै हरितक्रान्तिको भारतीय मोडेललाइ मूर्तरूप दिए । फलस्वरूप भारत गहुँमा मात्र होइन चामल, दलहन र तेलहनको उत्पादनमा पनि आत्मनिर्भर बन्न सक्यो ।

स्वर्गीय भारतीय नेता लालबहादुर शास्त्रीको दूरदर्शिताको अर्को एउटा प्रसंग पनि यहाँनेर राख्न चाहन्छु । भारतको स्वतन्त्रतापछि नेहरू प्रधानमन्त्री रहेकै बेला उनले लालबहादुर शास्त्रीलाई रेलमन्त्री बनाएका थिए । पंजावमा प्रतापसिंह कैरो मुख्यमन्त्री थिए । त्यसबेला पंजावमा आलुको उत्पादन कमहुने तर पंजावीहरूलाई आलुको परिकार बढी चाहिने भएपछि बाहिरी राज्यहरूबाट थप आलु पंजावमा ल्याउन कैरोले नेहरूसँग रेलका बढी डिब्बाहरू माग गरेछन् । नेहरूले रेलमन्त्री लालबहादुरकोमा जान र आफ्ना कुरा भन्न कैरोलाई सल्लाह दिएछन् । नेहरूको सिफारिस लिएर आएका पंजावका मुख्यमन्त्री कैरोको कुरा सुनेपछि लालबहादुरले उनलाई सल्लाह दिँदै भनेछन् कि कैरोजी ! आलु बोक्नका लागि म तपाईंलाई रेलका बढी डिब्बा त अवश्य दिन्छु, तर पंजाबमा आलु पैठारी गर्न होइन वरू पंजाबबाट अरू राज्यमा आलु निकासी गर्नका लागि मात्र । आलु पंजाबमा मजाले उत्पादन हुन्छ र तपाईंले त्यहाँका किसानलाई थोरबहुत बिउको सहयोग गर्नुभयो भने अबका ५ महिनाभित्र पंजाबका किसानहरूले तपाईंसँग पंजाबहरूले खाएर बढीहरूने आलु राज्य बाहिर पठाउन तपाईंसँग बढी रेलका डिब्बा माग्नेछन् । त्यसबेला म तपाईंको माग अवश्य पूरा गर्नेछु । न भन्दै कैरोको दिमागमा शास्त्रीको कुरा घुसेछ र उनले पंजाब फर्केर किसानलाइ बढीभन्दा बढी आलु उत्पादन गर्न आह्वान गर्दै राज्यले किसानलाई बिउ र मलमा सघाउने कुरा राखेपछि पंजाबी किसानहरूले आलुको पहाड नै खडागरिदिएको इतिहास बिर्सन सकिन्न । साच्चै नेता भनेको त त्यो हो जसले देश र जनतालाई समृद्धि र आत्मनिर्भरताको बाटो देखाउँछ । चीनका माओ, सिंगापुरका ली क्वानयू र मलेसियाका मोहम्मद महाथिर पनि यसै श्रेणीमा पर्दछन् ।

अब फेरि पहिलेकै प्रसंगमा फर्कौ । आजका दिनसम्म आइपुग्दा नेपालका ३ दलीय नेताहरूका अगाडि भर्खरै जारी गरिएको संविाधानलाई व्यवहारमा लागू गर्न थुप्रै चुनौतिहरू देखिएका छन् । पहिलो चुनौति त भारतीय विदेशमन्त्रालयको सुझाव भनौँ वा निर्देशनको आड भरोसामा मधेसी जनतालाई आन्दोलनको नाममा उफारीरहेका मधेसीनेताहरूको अनियन्त्रित अराजकतालाई संवोधन गर्ने । भर्खरै संविधानसभाबाट पारित संविधानका सकारात्मक अन्तर्वस्तुलाइ लिएर मधेसी जनताका माझमा अविलम्ब पुग्ने । सरकार निर्माणको लुछाचुँडी र भागबन्डामा नलागी अबको २ वर्ष अथवा अर्को चुनाव नभएसम्मका लागि राष्ट्रिय एकताको सरकार सञ्चालन गर्दै संविधानलाई सफल कार्यान्वयनको चरणमा लैजाने । संविधानमा संघीय कानुन बमोजिम हुनेछ भनी १ सयभन्दा बढी ठाउँहरूमा उल्लेख गरिएका कानुनहरूलाई प्राथमिकताको आधारमा तुरन्त संसद बोलाइ निर्माण गर्ने । संविधानलाई सबै समुदायको स्वामित्व ग्रहण गर्न सक्ने गतिशील दस्तावेज बनाउन संविधानमै उल्लेख गरिसकिएका विभिन्न आयोगहरूको गठन गर्ने र तिनलाई क्रियाशील गराउने । संघीयतालाई व्यावहारिक स्वरूप दिलाउन निर्वाचन क्षेत्रहरूको अविलम्व पुनर्निधारण गर्ने । प्रादेशिक राजधानीहरूको निर्धारण र प्रदेश सरकार सञ्चालन गर्न आवश्यक शासकीय संरचनाहरूको व्यवस्थापन गर्ने । गाउँ, नगर र जिल्लातहका स्थानीय सरकारहरूको शासकीय संरचनाहरूको निर्धारण गर्दै स्थानीय तहमा अविलम्ब अन्तरिम निर्वाचन गराउने । संक्षेपमा भन्नुपर्दा मुलुक संघीयतामा प्रवेश गरेको व्यावहारिक अनुभूति दिलाउन समयवद्ध ढंगले कार्यान्वयनको लक्ष्मणरेखा बनाउने र निर्धारित समयमा लक्ष्य प्राप्त गर्ने ।

माथि उल्लिखित प्रशासकीय विषयवस्तुका अतिरिक्त भूकम्पले थिलथिलो भएका जनताका घरवास र सरकारी कार्यालय एवं पूरातात्विक महत्वका संरचना निर्माण गर्न गतिशील संयन्त्र परिचालन गर्ने । बाहिरबाट ब्रह्मास्त्रको रूपमा प्रयोग गरिने अनपेक्षित नाकाबन्दीसँग तत्काल जुध्न चीनका विभिन्न नाकाहरूको सञ्चालन र पुनव्र्यवस्थापन गर्ने । इन्धन र ऊर्जा आपूर्तिका दीर्घकालीन तयारीका लागि डिजल, पेट्रोलजस्ता इन्धनहरूमा भन्दा जलविद्युत् परियोजनामा आन्तरिक र वाह्य लगानी बढाउने तथा तत्कालका लागि सौर्य ऊर्जामा बढी केन्द्रित हुने । कृषिलाई दिगो बनाउन सतह सिचाइँका परियोजनाहरूमा ध्यान केन्द्रित गर्ने र व्यापार प्रवद्र्धनका लागि सडक संजालहरूको बिस्तार र गुणस्तरमा लगानी बढाउने । विदेशमा सस्तो श्रम बगाउन बाध्य युवाश्रमशक्तिलाई स्वदेशमा नै रोजगारी सिर्जनागर्ने खालका निर्माण परियोजनाहरू अघि बढाउने । १ वर्षका लागि परीक्षणकै लागि भए पनि आवश्यक बस, ट्रक तथा ट्रैक्टरबाहेक महँगा कार खरिदगर्न प्रतिबन्ध लगाएर विदेशीमुद्राको अधिकतम सदुपयोग गर्ने । रेमिटान्सबाट आउने रकममा सरकारले आकर्षक व्याज दिने नीति लिएर पुँजी संकलनगर्ने र त्यस्तो पुँजीलाई रोजगारी बढाउने प्रकृतिका उत्पादकक्षेत्रहरूमा लगाउने । समग्रमा भन्नुपर्दा निकासीको माध्यमबाट आम्दानी बढाउने र अनुत्पादक पैठारी घटाएर खर्च कटौतीगर्ने नीति लिएर Go ahead Nepal को नारालाई मूलमन्त्र बनाउनु नै आजको टड्कारो आवश्यकता हो भन्ने लाग्दछ ।

र अन्त्यमा, आज संघीयताको चौराहामा खडाभएर अब कसरी र कुन बाटोतर्पm लम्कने भनी अल्मलिएका हाम्रा ३ दलीय नेताहरूको बीचबाट, नेहरूको अगुवाइमा लडाइँ हारेको भारतीय मनोविज्ञानलाई उकास्दै जय जवान, जय किसानको नाराका साथ भारतलाई लडाइँको मोर्चामा समेत विजय दिलाउने लालबहादुर शास्त्रीको नेपाली संस्करणको नेतृत्व के हाम्रा नेपालका ३ राजनीतिक दलभित्रबाट पाउन सकिन्न ? वास्तवमा आजको आवश्यकता भनेको नै गीताको छैठौँ अध्यायको पाँचौँ श्लोकमा कृष्णले अर्जुनलाई कर्मयोगको सार संझाउँदै भनेको ‘उद्धरेदात्मनात्मानं नात्मानमवसादयेत्, आत्मैव ह्यात्मनो वन्धुरात्मैव रिपुरात्मनः’ । (यसै श्लोकलाई कोमलगीतामा यसरी नेपाली अनुवाद गरिएको छ । ‘गर्नु उद्धार आपैmँले आपूmलाई नगाढनु, आपँैm हो आप्mनु शत्रु आपँैm हो मित्र आप्mनु ।) भन्ने वचनकोे मर्म बुभ्mने र अरूलाई अर्ती मात्र दिने र अरूको काँधमा जिम्मेवारी पन्छाउँदै आपूm पानीमाथिको ओभानो बन्ने भाषणवाज नेतृत्वभन्दा आफ्नो (देश र जनताको) उद्धार आपैmँ गर्न कम्मर कस्ने र जनतालाई पनि नेपाली कर्मयोगको बाटो देखाउन सक्ने महाभारतकालीन श्रीकृष्ण र पछिल्लो कालखण्डको उदाहरणदिँदा भारतीय नेता स्वर्गीय लालबहादुर शास्त्रीको नेपाली संस्करणको रूपमा अघि वढने नेतृत्वको टड्कारो खाँचो देखापरेको छ । यस्तै चरित्रको नेतृत्वले मात्र हाल नेपालले भोग्नुपरेको वाह्यदबाबको असहज स्थितिबाट नेपाललाई बाहिर निकाल्न सक्ने गरी नेपाली जनतालाई मार्गदर्शन गर्न सक्छ भन्ने लाग्दछ ।

प्रतिक्रिया