समुन्नत नेपालको मूलमन्त्रः देशभक्ति

punya prasad gautam copyनयाँ संविधान जन्मिन संविधानसभालाई सुरु भएको प्रसव वेदनालाई नेपाली जनताले सहर्ष स्वीकारेका छन् । असोज ३ गते जन्मने पक्का भएको यो संविधानको न्वारन राष्ट्रपति डा. रामवरण यादवले गरेपछि मच्चिने हलचलले राष्ट्रिय सीमा नाघेर अन्तर्राष्ट्रिय क्षेत्रमा समेत प्रभाव पार्ने देखिन्छ । राजनेताको खडेरी लागेको मुलुकमा १ थान संविधानको निम्ती ७ वर्ष लामो प्रतिक्षा गर्नुप¥यो । पहिलो संविधानसभाको क्रुर हत्यापश्चात् गठन भएको दोस्रो संविधान साभालाई पुरानै हालतमा पु¥याउन भइरहेका घातक षड्यन्त्रहरू अन्ततः काँचको गिलासझैँ चकनाचुर हुने निश्चितप्रायः छ । संविधानको बहानामा देशको अस्तित्वमाथि धावा बोल्ने लेन्डुप दोर्जेका पोष्यपुत्रहरू यतिबेला सर्वांग नांगिएका छन् । खास गरी स्वायत्त मधेश प्रदेश वा मधेस स्वतन्त्र देशको राष्ट्रद्रोही प्रोजेक्ट चलाउनेहरू कसको लगानी, प्रेरणा र निर्देशनमा खटिएका छन्, दिनको घामभैmँ छर्लङ्गै भएको छ । राक्षस प्रवृत्तीका ती आप्mनो निच स्वार्थ सिद्ध गर्न कतिसम्म घटिया कुकर्मको निम्ति तम्तयार हुन्छन्, यसपटक सबैले देख्न र अनुभव गर्न पाए । यद्यपि, त्यो देशद्रोही डफ्फा यतिबेला पतनको अन्तिम दिनहरू गन्दै दिग्गन्त शोकमा डुबिरहेको देखिन्छ ।

गाँठी कुरा त यस्तो विखण्डनकारी ‘सोकल्ड’ मधेसवादी दुस्साहसको खास प्रेरणास्रोत के हो भन्ने खुट्टाउनु नै हो । निकट अतिततर्पm दृष्टिगोचर गर्दा नेपाली राजनीतिक आकाशमा केही समयअगाडि सिके राउत नामक देशद्रोही धूमकेतु झैँ एकाएक उदायो । अनौठो हाउभाउ, कटाक्ष र बोलीचालीको त्यो अमेरिका–रिटर्न अराजनीतिक टुरिस्टबारे नेपाली मिडियामा रंगीचंगी वहस छेडियो । त्यसको कथित विद्वता र पिएचडीको जमेर चर्चा गरियो । पश्चिमा गुरुयोजनाअन्तर्गत ‘मिसन मधेस विखण्डन’मा खटिएको एउटा अपराधीको तारिफ मूलधारे मिडियाको अक्षम्य भूल थियो । यसलाई नेपालीजनले कदापि माफ गर्ने छैनन् । अस्वभाविक कर्म र अभिव्यक्तिको त्यो जटाधारी जीवको चलखेलसँगै मधेसी राजनीतिक ठेकेदारहरू पनि रातारात फेरिएर उसको पिच्छेलग्गु बन्न पुगे । त्यस उप्रान्त देशमा घटेका राष्ट्रघाती दुर्घटना, हत्या र लुट अवर्णनीय नै छ । पहाडमा जातीय संघीयता र तराईमा १ मधेस १ प्रदेशको झगडा सल्काएर साम्प्रदायिक लडार्इं चर्काउँदै देश टुत्र्mयाउने र त्यसलाई आधार इलाका बनाएर उदाउँदो महाशक्ति चीनविरुद्ध ‘फ्रि तिब्बत’ आन्दोलन चलाउने पश्चिमा ग्रान्ड डिजाइनअन्तर्गतको अन्तर्राष्ट्रिय स्वार्थ यहाँ नराम्ररी सल्बलाएको देखिन्छ । अहिले कथित मधेस आन्दोलनको फ्रन्टलाइन सम्हालिरहेका राजेन्द्र महतो, महन्थ ठाकुर, अनिल झा, विजय गच्छदार, अमरेशकुमार सिंह लगायतका नेपाल आमाका कपूतहरू त्यही मिसनका मामुली कारिन्दाहरू हुन् । साम्राज्यवादी स्वार्थको प्रयोगशाला बनेको युगोस्लाभियाको अस्तित्व आज संसारको नक्साबाट बेपत्ता छ । कुनै समय असंलग्न आन्दोलनका हस्ती मानिने वामनेता जोसेफ ब्रज टिटो शासित एक प्रतिष्ठित मुलुक युगोस्लाभिया आज सर्बया, मन्टेनेग्रो म्यासेडोनिया, लिथुआनिया, बोस्निया–हर्जगोबिना, कोसोभोको रूपमा टुक्रे राष्ट्रहरूमा छरिएको इतिहास पढ्दा संसारको कुन देशभक्तको आँखा नरसाउला र ? जातीय संघीयताको चक्रब्यूहमा जेलिएको सग्लो राष्ट्र सुडान आज दक्षिणी र उत्तरी सुडानको विखण्डित नियतिमा रुँदै बाँचेको छ । विदेशी शक्तिकेन्द्रले तयार गरिदिएको ढाँचामा संघीयताको अभ्यास गर्ने नाइजेरिया बोको हरामरूपी आतंकवादको त्रूmर छायामुनि दर्जनौँ टुक्रे राज्यसहित असफल राष्ट्रको ट्याग झुन्डाएर बाँचेको छ । निकट छिमेकीकै इतिहास निहाल्दा सिक्किम विलय, सन् १९४७ मा पाकिस्तान निर्माण र सन् १९७१ मा बंगलादेश विभाजन हामीलाई बारम्बार झस्काइरहने दुःस्वप्नहरू हुन् । साम्राज्यवाद र विस्तारवादका दानवी दाह्रा, नङ्ग्राबाट मुक्तिको अन्तिम तयारीमा नजुटी साँचो अर्थमा नेपाल स्वाभिमानी र समुन्नत राष्ट्र कहलाउन सक्दैन ।

हाम्रो भूराजनीतिक विशिष्टतालाई बिर्सेर राष्ट्रिय अस्मिता मेटाउन लागिपरेका वैदेशिक शक्तिकेन्द्रका घृणित एजेन्टहरूको बहिखाता प्रत्येक इमानदार नेपालीले अद्यावधिक राखेका छन् । डलर, युरो र भारुमा आप्mनो आत्मा बेचेका देशद्रोही या त बत्तीको पुतलीको नियतीमा भष्मखरानी हुनेछन् या कतै अँध्यारो कुनामा सडेर बौलाउने छन् । आमातुल्य प्यारो नेपाल हजारौँ वर्षदेखि अखण्ड थियो, छ र रहिरहनेछ । ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’को महान् मन्त्र जप्ने करोडौँ नेपालीजन अमरसिंह, भक्ति थापा र बलभद्रहरूका ती सच्चा वीर सन्ततीहरू हुन् जो देशमाथि संकट आइलागे अर्को नालापानीको निम्ति हमेसा तम्तयार हुनेछन् । कालापानी, लिम्पियाधुरा र लिपुपेकलाई आफ्नो मुटुको टुक्रा सम्झने देशभक्त नेपालीको सर्वाभौमिक संवेदनामाथि निर्दयी ठट्टा गर्नेहरूले बुझ्नु पर्छ, अरिंगालको गोलामा ढुंगा हान्नु कति आम्तघाती हुन्छ भन्ने यथार्थ !

अधिकारको बहानामा विखण्डनको खेल खेल्नेहरूको ७ पुस्ते जन्मकुण्डली हामीसँग छ । नेपाली सत्तामा पटके मन्त्री भइटोपलेका हिजोका दरिद्र र आजका कृतघ्न अरबपति राजेन्द्र महतोले कति वर्ष अगाडि नेपाली नागरिकता हत्याए ? भ्रष्टाचारको कसुरमा बाबुरामको मन्त्रीमण्डलबाट घोक्रेठ्याक लगाइएकी बिहारी चेली सरिता गिरीको असली नियत के हो ? रक्सौल छिरेर नेपालविरुद्ध भारत गुहार्ने अनील झा, महन्थ ठाकुर, अमरेशहरू भारतमा शरणार्थीको दर्जा पाउन किन लालायित छन् ? भारतीय गृहमन्त्री राजनाथ सिंहले नेपालमा बसोबास गर्ने १ करोड कथित भारतीय आप्रवासीको सुरक्षा चिन्ता यतिबेला किन गर्नुप¥यो ? कतिपय सभासद्ले नेपाल आप्mनो देश नरहेको गद्दारीपूर्ण अलापविलाप गर्दै नागरिकता त्यागको नाटक गर्नुको रहस्य के हो ?

यतिबेला संविधानसभाका भगौडाहरू सीमा वारपार आपराधिक कारोबार गर्दै लगातार देश विखण्डनबारे लेख, भाषण र वक्तव्य जारी गर्दैछन् । संविधानसभा वहिष्कारवादीहरूको सिके राउत, गोइत र ज्वालासिंहसँग लगनगाँठो कसको उत्प्रेरणामा अझ कसिलो हुँदै छ ? नेपालको सार्वभौमिक अखण्डता, शान्ति, संविधान, सम्वृद्धी र दिगो विकासका कट्टर दुश्मनहरू कोको हुन् ? अहिले राम्ररी पहिचान गरौँ र ऐन मौकामा ब्याजसहित हिसाबकिताब चुक्ता गरौँला भन्ने मुडमा देशवासीहरू धैर्यधारण गरिरहेझैँ देखिन्छन् । तराईको बहुमत जनता देशभक्त छन् यद्यपि मधेसलाई भजाएर खाने मुठ्ठीभरका नेताहरूले आफूलाई देशद्रोही सावित गर्दैछन् । सोझोसिधा थारूहरू भड्काएर कैलालीमा रचिएको ताण्डव इतिहासकै सर्वाधिक कुख्यात हत्याकाण्ड हो, जहाँ २ वर्षको नाबालकदेखि निहत्था सुरक्षाकर्मीलाई जिउँदै जलाउने मध्ययुगिन बर्बरता रचियो । एम्बुलेन्सबाट घाइते थुतेर भाला रोपेर छियाछिया पारी मार्ने यिनलाई आन्दोलनकारीको दर्जा दिएर वार्ताको अपिल गर्नु एकातर्फ आन्दोलनको गरिमामण्डन हो भने अर्कोतर्पm निरीह सत्ताधारीको तुच्छ लाचारी पनि हो । इस्लामिक स्टेट अलकायदा र तालिवानी आदर्शका खुनी पछुवाहरू यतिबेला आप्mनो दुर्दान्त पतनको अन्तिम पटकथा लेख्दैछन्, सायद । देश टुक्र्याउने र नेपालीहरूमाथि भाला, तरबार बर्साउने उत्तेजक भाषण गर्नेहरूलाई पक्रिएर देशद्रोह एवं नरसंहारको मुद्दा चलाउने हिम्मत नगर्ने सरकार स्वयंमा राष्ट्रिय लज्जाको प्रतिक हो । भ्रष्टाचार र अपराधविरुद्ध ‘जिरो टोलेरेन्सी’को गुलियो नारा लगाएर नथाक्ने सुशील कोइराला सरकार मानौ सुस्तता, अकर्मण्यता र कुशासनको म्याराथुनमा व्यस्त छ ।

मधेस आन्दोलनका मसिहाहरूसँग जुगलबन्दी गरेका धर्म निरपेक्षताका ठेकेदारहरू ‘सर्वधर्म समभाव’को महान आदर्शप्रति ओठेभक्ति जाहेर गरे पनि पश्चिमा लगानीमा हिन्दू धर्मसंस्कृतिविरुद्ध क्रिश्चियन मिसिनरी चलाइरहेको यथार्थ छर्लंगै छ । नेपालको मौलिकता र पहिचान मेटाएर राष्ट्रियताको मूल जरो खल्बलाउने देशद्रोही यो मिसनको सालनाल सिधै पश्चिमा शक्तिकेन्द्र, रोमन क्याथोलिक/प्रोटेस्टेन्ट धार्मिक अखडा, फ्रि तिब्बत मुभमेन्ट र मोदी सरकार विरोधी भारतीय अतिवादीहरूसँग जोडिएको छ । चीन बर्बादीको ‘कन्टेन्टमेन्ट’ र ‘इंगेजमेन्ट’ वाला साम्राज्यवादी ग्रान्ड डिजाइनको मूल उद्देश्य हो भारतलाई हेर्ने एवं चीनलाई घेर्ने र त्यसको निम्ति नेपाली भूमि प्रयोग गर्ने । पश्चिमापरस्त भारतीय कांग्रेस सरकारलाई विस्थापित गरेर विजेपी नेतृत्वको शक्तिशाली मोदी सरकारको उदय भएपछि त्यो मिसन बेबारिसे हुने भयले पश्चिमा र तिनका मतियारहरू दक्षिण एसियाली उपमहाद्वीपमा खुब छट्पटाइरहेका छन् । त्यसैले नेपालमा विकसित पछिल्ला घटनाक्रमको गहिरो अध्ययन गर्दा मोदीलाई ‘फ्लप’ बनाउन पश्चिमा र कांग्रेससँग गठबन्धन गरेका विहार र उत्तर प्रदेशका ‘प्रो वेस्टर्न’ राज्यसरकारहरू नै विखण्डनवादी मधेसी जमिन्दार नेताका पालक, संरक्षक र निर्देशक हुन् । त्यसैले भारतलाई ‘गेट वे’ बनाएर नेपाललाई ‘क्रिश्चियन हब’ बनाउने पश्चिमा गुरुयोजनाबाट हैरान मोदी यतिबेला ‘साइनिङ् एसिया’को मन्त्र जप्दै कयौँ अन्तर्विरोधको बाजुद चीनसँग हातेमालो गर्दैछन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको उत्प्रेरणामा मोदी सि जिन पिङसँगै नयाँ विश्व व्यवस्थाको पक्षमा उभिएका छन् । मोदी रिझाउन असफल मधेसी नेताहरू नेपाली संविधानमा हिन्दुत्वले कुनै न कुनै स्पेस पाओस् भन्ने भारत सरकारको लबिङमा मौन रहनुको रहस्य खोतल्ने हो भने सबै कुरा प्रष्ट हुन्छ । त्यसो त, नेपालको शान्ति र संविधानको पक्षमा मोदीले चिनियाँ राष्ट्रपति सि जिन पिङ्सँग हातेमालो गरेपछि १६ बुँदा जन्मिएको विश्वास गर्नेहरूको दाबी के छ भने भारतीय सत्ताधारीको तत्कालीन ‘रिजर्बेसन’ संविधानमा हिन्दू धर्मलाई सम्बोधन नगरिनु र आप्mना पुराना नेपाली नोकरहरूले यथोचित भूमिका नपाउनुसँग मात्रै छ ।

महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘के नेपाल सानो छ’ भन्ने निबन्ध पढेर हुर्किएका राई, लिम्बू, मगर, तामाङ आदि जातजातिहरू भलै अधिकार, स्वायत्तता आदिको नाममा जति चर्को कराए पनि खुनी हमलामा नउत्रिनुले नेपालको भविष्य उज्यालो भएको संकेत गर्छ । मुसलमान र हिन्दू, पहाडीया र जनजाति, पहाडी र मधेसीबीच रुवान्डाली हुटु र तुत्सी शैलीमा साम्प्रदायिक नरसंहार मच्चाएर नेपाललाई टुक्राटुक्रा बनाउने वैरीहरूको घातक योजना तुहिने निश्चितप्रायः छ । नेपाललाई हरेक संकट र दुःखमा साथ दिने छिमेकी मित्रराष्ट्रहरू र देशभक्त नेपालीहरू नै अखण्ड नेपालका जीवनाधार हुन् । पूmलमा वासना, महमा गुलियो, नदीमा पानी र आकाशमा घाम, जून रहेसम्म हाम्रो महान् नेपाल अटल एवं अमर राष्ट्रको रूपमा विश्वमानचित्रमा बाँचिरहनेछ ।

अमूर्त र विषद अर्थमा मानवता सर्वाधिक महत्वपूर्ण होला तर समकालीन विश्वमा राष्ट्रवाद एक अद्वितीय दर्शन हो । राष्ट्र चिन्तन वा राष्ट्रप्रेम मात्र यतिबेला पर्याप्त छैन । हरेक नागरिक विशेषतः नेतृत्ववर्गमा राष्ट्रभक्ति अपरिहार्य छ । इतिहास साक्षी छ– जुन नेता वा शासकको हृदयमा देश धड्कियो, त्यो राष्ट्र विकसित र शक्तिशाली बन्यो । माओ, देङ्देखि सि जीन पिङ्लगायतले पहिले देशभक्त, त्यसपछि मात्र कम्युनिस्ट भएर चीनलाई महाशक्ति बनाए । आधुनिक सिंगापुरका निर्माता लि क्वान यू, रुसी राष्ट्रपति पुटिन, मलेसियाका पूर्व प्रधानमन्त्री महावीर मोहम्मदको अगाध राष्ट्रभक्ति नै ती देशहरूको समुन्नतीको मूल कारण मानिन्छ । आशा गरौँ, नेपाल आमाको गर्भबाट एकदिन त्यस्तै विलक्षण देशभक्त सपूत जन्मिनेछ, जसको कमान्डमा विकसित र शक्तिशाली नव नेपालको कायाकल्प हुनेछ ।

अहिले केही पागल मनस्थितिका जुवाडे नेताहरू हक अधिकार, जातीय स्वायत्ततालाई देशभन्दा माथि राख्ने धृष्टता गर्दैछन् । राष्ट्र र जनता सर्वोपरी हुन्, बाँकी सबै गौण । यतिबेला ब्राह्मण, क्षत्रीहरूले हात काटेर दिएका छन्, देश बाँच्छ भने सर्वस्व दिन पनि तयार छन् । तर राष्ट्रघात अक्षम्य छ । डलर र युरोको लोभमा परी आत्मा बेचिसकेका मुठ्ठीभर राष्ट्रघाती अगुवाहरूलाई गलत्याएर हामी सबै नेपाली काँधमा काँध मिलाएर विकास पथमा लम्कने दिन आउँदै छ । किनकी सर्वप्रथम हामी नेपाली हौँ, त्यसपछि मात्र एमाले, कांग्रेस, माओवादी, राप्रपा, मधेसी, जनजाति, ब्राह्मण, क्षेत्री र दलित हौँ । नव नेपाल निर्माणको गुरुमन्त्र हो— अटल देशभक्ति ।

संविधान आफ्नो अनुकूल वा प्रगतिशील बनेन भने पनि त्यसलाई ‘नहुनु मामाभन्दा कानु मामा जाति’ को रूपमा ग्रहण गर्नु बुद्धिमानी ठहर्ला । संविधान जारी हुनै नदिने, भइहाले लागू हुन नदिई साम्प्रदायिक हिंसा मच्चाउने र असफल राज्य बनाएर नेपाल टुक्राउने खतरनाक षड्यन्त्र देखि होसियार ! अहिले एमाले, माओवादी र कांग्रेसलाई दुत्कार्दैमा एवं प्रचण्ड, केपी र सुशीललाई सत्तोसराप गर्दैमा नयाँ नेपाल बनिहाल्दैन । पहिले राष्ट्रवादी बनौँ, विदेशी गुलामी र दानापानी बन्द गरौँ, आफ्नै खुट्टामा उभियौँ, त्यसपछि अधिकारको पक्षमा वहस, पैरवी र संघर्ष गर्न योग्य होऔँला । मोहन वैद्य, विप्लवलगायत ३३ दलको आन्दोलन संविधान रोक्न होइन, प्रगतिशील र जनपक्षीय संविधान बनाउन लक्षित देखिन्छ । परम्परागत संसदीय अस्थीर शासन व्यवस्थालाई पोषण प्रदान नगर्न र बलियो दिगो, सरकार निर्माण गर्न प्रत्यक्ष निर्वाचित कार्यकारीसहितको शासकीय स्वरूपको व्यवस्था संविधानमा नगरिनु ऐतिहासिक– संवैधानिक गल्ती हो । भोलि त्यसका निम्ती आन्दोलन गर्ने र संविधान संशोधनमा पहल गर्ने गुञ्जायस छँदै छ ।

प्रतिक्रिया