इरानमा सन १९७९ क्रान्ति नाम दिइएको परिवर्तनले इरानलाई कट्टर मुस्लिम राष्ट्र बनायो । इरान कट्टर इस्लाम राष्ट्र बनेपछि सन १९८० बाट सुरु भएको इरान–इराक युद्ध ८ वर्षसम्म चल्यो । यद्यपि, सीमा विवादको कारण देखाई इराक र इरानबीच युद्ध भएको भए पनि सिया र सुन्नी मुसलमानको विवाद नै मुख्य विषय थियो भन्नेमा शंका छैन । इरानी राजा रेजा पहलवीको शासनको अन्त्य लगत्तै सुरु भएको इरान–इराक युद्धमा करिब ५ लाख मानिस मारिए । आर्थिकरूपमा भन्ने हो भने तत्कालीन समयमै इरान–इराक युद्धमा २ सय ३० अर्ब डलर खर्च भएको थियो भनिएको छ । त्यस्तै उक्त युद्धमा २ वटा मुलुकमा गरी तेलका कुवाहरू ध्वस्त हुँदा करिब ४ सय अर्ब डलर बराबरको भौतिक क्षति हुन पुग्यो ।
भनिन्छ, हिंसाको बलमा गरिएको राजनीतिक परिवर्तन दिगो हुन सक्दैन । हिंसात्मक आन्दोलन वा विद्रोहद्वारा गरिएको जबर्जस्ती परिवर्तनलाई अर्काे त्यस्तै प्रकारको हिंसात्मक विद्रोहले विस्थापित गर्ने गरेको छ । इतिहासमा त्यस्ता घटना धेरैपटक भएका छन् । हिंसाबाट गरिएको परिवर्तनमा ज्यादाजसो एउटा शासकवर्ग अर्थात् कूलिनवर्गको अन्त्य हुने गरेको छ भने अर्काे नयाँ शासकवर्गको उदय हुने गरेको छ । यस्ता हिंसात्मक परिवर्तनहरू जनता र राष्ट्रका लागि खासै औचित्यपूर्ण हँुदैनन् । हिँसाबाट गरिएका परिवर्तनहरू लामो समयसम्म टिक्दैनन् । तर, यदि शान्तिपूर्णरूपमा र जनताको स्वतःस्फूर्त चाहनाबाट परिवर्तन भयो भने त्यस्ता परिवर्तनहरू दिगो बन्न सक्दछन् ।
यद्यपि, परिवर्तन हुनु राम्रो कुरा हो, अधिकाँश मानिस सधँै परिवर्तनको पक्षमा हुन्छन् । तर, राजनीतिक परिवर्तनहरू जनताको चाहना अनुसार शान्तिपूर्णरूपमा भएमा मात्र परिवर्तन औचित्यपूर्ण बन्दछ । जनताको चाहना विपरीत केबल परिवर्तन गर्न कै लागि दृश्य÷अदृश्य शक्तिद्वारा उनीहरूको स्वार्थका लागि जबर्जस्ती लादिएका परिवर्तनहरू राम्रा र सकारात्मक हुन्छन् भन्ने पक्कै होइन ।
सन् १९७३ मा अफगानिस्तानमा भएको राजनीतिक परिवर्तनले अफगानिस्तानबाट राजा मोहम्मद जाहिर शाहको शासनको अन्त्य ग¥यो र अफगानिस्तानलाई गणतन्त्र बनायो । लामो समयसम्म राजतन्त्र भएको मुलुकमा गणतन्त्र त आयो तर अफगानिस्तानबाट शान्ति गुमेको देखिएको छ । बरु, अफगानिस्तान अलकायदा र तालिबानजस्ता अतिवादी मुस्लिम समूहहरूको क्रिडास्थल बनेको छ । अफगानिस्तानमा सक्रिय देखिएका मुस्लिम अतिवादी संगठनहरूको कारण अमेरिका र उसका सहयोगी राष्ट्रहरूको संगठन नेटोसमेत अफगानिस्तानमा सक्रिय छ । जसले गर्दा अफगानिस्तानमा शान्ति स्थापना हुने संभावना झनै टाढाटाढा बन्दै गइरहेको छ । नेपालको छिमेकी राष्ट्र भारतले आफूमा विलय गराएको सिक्किममा पनि राजालाई हटाउनका लागि थालिएको गणतान्त्रिक अभियानले पाल्देन थोन्डुप नामग्याल (चोग्याल) लाई गद्धीबाट त हटायो तर अन्ततः सिक्किम राष्ट्रको अस्तित्वसमेत समाप्त हुनपुग्यो । गणतन्त्र ल्याउन लागिपरेका लेन्डुप दोर्जे १ सय ३ वर्ष बाँचे पनि स्वतन्त्र सिक्किमको सार्वभौमसत्ता गुमेको र आपूm विदेशीको कठपुतली भएकोमा सधैँ पछुताएर मरे ।
त्यस्तै इरानमा सन् १९७९ क्रान्ति नाम दिइएको परिवर्तनले इरानलाई कट्टर मुस्लिम राष्ट्र बनायो । इरान कट्टर इस्लाम राष्ट्र बनेपछि सन १९८० बाट सुरु भएको इरान–इराक युद्ध ८ वर्षसम्म चल्यो । यद्यपि, सीमा विवादको कारण देखाई इराक र इरानबीच युद्ध भएको भए पनि सिया र सुन्नी मुसलमानको विवाद नै मुख्य विषय थियो भन्नेमा शंका छैन । इरानी राजा रेजा पहलवीको शासनको अन्त्य लगत्तै सुरु भएको इरान–इराक युद्धमा करिब ५ लाख मानिस मारिए । आर्थिकरूपमा भन्ने हो भने तत्कालीन समयमै इरान–इराक युद्धमा २ सय ३० अर्ब डलर खर्च भएको थियो भनिएको छ । त्यस्तै उक्त युद्धमा २ वटा मुलुकमा गरी तेलका कुवाहरू ध्वस्त हुँदा करिब ४ सय अर्ब डलर बराबरको भौतिक क्षति हुन पुग्यो । इरान कट्टर मुस्लिम राष्ट्र भइसकेपछि इरानको अन्तर्राष्ट्रिय जगतसँगको सम्बन्धसमेत बिग्रियो । इरानविरुद्ध लामो समयदेखि आर्थिक नाकाबन्दी लागिरहेको छ । जसले गर्दा इरानी जनताले अन्तर्राष्ट्रिय नाकाबन्दीको मार बेहोर्नु परिरहेको छ ।
हुनत अहिले पछिल्लो समयमा आएर इरान र अमेरिकासँगको सम्बन्धमा केही परिवर्तन आएको देखिए पनि इरानसँग अमेरिकाको सम्बन्धलाई लिएर इरानको शत्रु राष्ट्र इजरायल र साउदी अरबले अमेरिकासँग आपत्ति जनाइरहेका छन् । इरानको आणविक उत्पादन बारे अमेरिकी विदेशमन्त्री जोन केरीले इरानसँग गरिएको सम्झौताको विषयमा आप्mनो मुलुक तथा आप्mना सहयोगी राष्ट्रहरूसँग स्पष्टीकरण दिइरहनु परिरहेको छ । अझ पनि इरानको अवस्था विश्वमञ्चमा सामान्य भइसकेको छैन ।
त्यस्तै सन् १६४९ मा बेलायतका राजा चाल्र्स प्रथमलाई फाँसी दिएपछि बेलायतमा ११ वर्ष गणतन्त्रात्मक शासन चल्यो । ओलिभर क्रमबेलको आतंकको शासनका कारण पुनः सन् १६६० मा बेलायतमा राजतन्त्र पुनःस्थापना हुन पुग्यो । यद्यपि, चाल्र्स प्रथमको शासनकाल राम्रो नभए पनि उनलाई फाँसी दिई सुरु गरिएको ओलिभर क्रमबेलको शासन झनै खराब सावित हुनपुग्यो । अहिले नेपालले त्रिसठ्ठीको परिवर्तनपछिको अराजकतायुक्त शासन बेहोरिरहेको छ ।
२०५२ सालबाट हिंसात्मक विद्रोह गरेको माओवादी पार्टीले प्रयोग गर र फालको नीति अवलम्बन गर्दै १० वर्षसम्म मुलुकका प्रत्येक राजनीतिक शक्तिहरूलाई उपयोग गर्दै विद्रोह ग¥यो । जुन विद्रोह र हिंसाकोविरुद्ध राज्यको तर्पmबाट लडेका राजनीतिक पार्टीहरू नेपाली कांग्रेस र एमाले अन्ततः माओवादीसँग मिल्न पुगेपछि माओवादीहरूको हिंसाको जगमा नेपालमा समेत ०६३ मा राजनीतिक परिवर्तन भयो । यद्यपि, उक्त परिवर्तनलाई माओवादीले राजनीतिक विचारको द्वन्द्वकोरूपमा ब्याख्या गर्दै उसको विद्रोहलाई ‘जनयुद्ध’ को नाम दिँदै आएको भए पनि उसको खुला राजनीतिमा प्रवेशपछि उसले लिएका नीतिहरू कुनै पनि विचारले निर्देशित थिएनन् भन्ने स्पष्ट भइसकेको छ । बरु, माओवादीले सत्ता प्राप्तीको लागि प्रयोग गरिएका जातीय, क्षेत्रिय, भाषिक र लैंगिक औजारहरूले नेपालको सार्वभौमसत्ता र अखण्डतालाई चुनौती दिन थालिसकेका छन् ।
अहिले मुलुकमा राज्यको पुनःसंरचनाको क्रममा सीमांकनको आगो बल्नुमा माओवादीको गलत नीति उसले प्रशिक्षित गरेको साँघुरो नीति थियो भन्ने प्रमाणित भइसकेको छ । माओवादीको १० वर्षे विद्रोहले माओवादी विद्रोहमा लागेका केही सय नेताहरूको बर्ग परिवर्तन भएको छ । उनीहरू अब शासक बर्गमा रूपान्तरण भइसकेका छन् । तर, जनता र राष्ट्रको अवस्था झनै बिकराल बन्न थालेको छ ।
माओवादीको चाहना अनुसार ०६३ को राजनीतिक परिवर्तनपछि संविधानसभाबाट संविधान बनाउने भन्दै विश्वको उत्कृष्ट भनिएको ०४७ सालको संविधानलाई रद्दीको टोकरीमा फाल्ने काम भयो । संविधानसभाबाट संविधान बनाउने भनिएको संविधानसभासमेत एउटा भंग भएर अर्काे संविधानसभाको चुनाव भइसकेको छ । तर पछिल्लो संविधानसभाबाट समेत सविधान बनाउन सकस परिरहेको छ । बरु, सविधानमा राज्यको पुनर्संरचनाको सीमांकनको खाका प्रस्तुत गरेपछि अहिले मुलुकभरी आगो बलेको छ । ०६३ को राजनीतिक परिवर्तनको समयमा २१ जना मानिस मारिँदा सम्पूर्ण राजनीतिक पद्धति परिवर्तन भएको थियो । अहिले केही दिनमै २७ जना मानिस मारिइसकेका छन् । राज्य सञ्चालकहरू एकनास संविधान जसरी पनि जारी गर्ने बताइरहेका छन् । राज्यको पुनर्संरचनाकोे विषयले नेपालका हरेक क्षेत्र कोही जातीय राज्य त कोही क्षेत्रीय राज्यको र कोही आप्mनो क्षेत्रलाई अखण्ड राख्नुपर्ने माग गरिरहेका छन् । मुलुकको सद्भाव खलबलिने अवस्था देखिएको छ । यदि, यस्तो अवस्थामा राज्य सञ्चालकहरू केवल परिवर्तन मात्र ठूलो भन्न थाले भने मुलुकको अवस्था कति भयावह बन्ला ?
कुनै पनि राष्ट्रका नागरिकहरूको आफ्नो मुलुक प्रति गौरव हुने गर्दछ । ऊ कहाँ जन्म्यो ? उसको मुलुक कुन हो ? एउटा नागरिकको लागि सबैभन्दा महत्वपूर्ण कुराहरू हुन् । आफ्नो जन्मभूमी प्रति हरेक मानिसलाई स्वाभाविकरूपमा गर्व हुने गर्दछ । हरेक राष्ट्रका मानिस लाई आपसमा जोड्ने कार्य राष्ट्रको कुनै एउटा कडीले गर्ने गर्दछ । जसरी भारतीयहरूलाई भारतीय स्वतन्त्रता संग्रामले एकअर्कामा जोड्ने काम गरेको छ । उनीहरू आफूलाई भारतीय भएकोमा गर्व गर्दछन् । अमेरिकनहरूलाई समेत अमेरिकाको स्वतन्त्रता संग्राम र पछिल्लो समयमा अमेरिका विश्वको शक्तिशाली राष्ट्र भएपछि अमेरिकनहरू आफूलाई अमेरिकी भएकोमा गर्व गर्ने गर्दछन् । हिजो नेपालीसमेत वीर गोर्खालीका रूपमा संसारभर चिनिएका थिए । विश्वको एउटा मात्र हिन्दू राष्ट्र भएकोमा समेत आफूलाई नेपाली भएकोमा गर्व गर्ने गर्दथे । अहिले नेपाल र नेपालीहरूलाई जोड्ने कडीलाई छिन्नभिन्न बनाउने कोशिस गरिएको छ । अहिले नेपाली भएर नेपालको नाम परिवर्तन गर्ने प्रस्ताव संविधानसभामा राख्नसमेत हिचकिचाउँदैनन् नेपालीहरू । कोही आफूलाई नेपाली भन्नुभन्दा जाति विशेष, क्षेत्र विशेषको परिचयबाट आफूलाई चिनाउने कोशिस गरिरहेका छन् । के ०६३ को परिवर्तनको उपलब्धी यही हो त ? नेपालीको सामुहिक परिचयलाई समाप्त पार्ने, धर्म संस्कृति र परम्परालाई मेट्ने, त्यति मात्र होइन एउटै मुलुकका नागरिकबीचको आपसी सद्भावसमेत खल्बलाउने पद्धतिलाई लोकतन्त्रको भन्न सकिएला ? के यस्तो परिवर्तनको आशा आम नेपालीले गरेका थिए । त्यसकारण जिम्मेवार नेता हाँै भन्नेहरूले नेपालीलाई भन्नुप¥यो नेपाल र नेपालीहरूलाई जोड्ने कडी के हो ? र नेपाली भएकोमा गर्व गर्ने विषय के हो ?
प्रतिक्रिया