स्थानीयद्वारा राष्ट्रिय वन कब्जा

बजुरा, २० भदौ । बाजुरा जिल्लाको उत्तरपूर्वी क्षेत्रमा पर्ने दर्जन बढी गाउँका राष्ट्रि वन स्थानीयले कब्जा गरेका छन् । वाई गाविसको लेकाली भेगमा पर्ने निफेराको डिल, संकल्ब्यको भिटा ठूलापानी बुर्के झाड रिब्डेल ठोगन्ना मुसेला पानी जुकोटको खुन्का, साइदियो, जेवाले डाढबिसौना र जोरुलागायतका राष्ट्रिय वन स्थानीयले कब्जा गरी खोेरिया बनाएर चलन भोग गर्दै आएका छन् ।

पानीको मुहान आसपास र मलिलो माटो भएको ठाउँ केही वर्ष पहिले नै कब्जा गरेका हुन् । राष्ट्रिय वन जसले पनि कब्जा गर्नुपर्छ यसको कोही पनि विरोध गर्दैनन् भन्ने गरिएको छ । विरोध गर्नेलाई पनि धम्काउने ठेगान लगाउने प्रवित्तिले पनि जिल्लामा उजुर नगर्ने गर्दा आजभोलि यी वनहरू कब्जा गर्दै खोरिया खन्ने छाना लगाउने अतिक्रमण गरी अरूलाई बेच्ने र पैसा कुम्लाउने चलन बढेको स्थानीयले बताएका छन् । वाई गाविसमा रहेको सो राष्ट्रिय वन कब्जा गरेर भोग गर्नेमा जुकोटका स्थानीयले दुई चार वर्ष पहिले नै सो वन अतिक्रमण गरेको वाई गाविसका एक स्थानीयले बताए । ‘वाई गाविसका मानिसले विगतदेखि यो विषयलाई उठाउँदै आएका थियौँ, समय समयमा वन फँडानी नगर्नुहोस् भनेर सम्बन्धित मानिसलाई भन्दा नटेरेको बताउँदै उनले भने, ‘हामीले जे गरे पनि हुन्छ हाम्रो पावर माथिसम्म छ भनेर धाक लगाउने गरेका छन् ।’

राष्ट्रिय वन कब्जा गरेको भन्दै पटकपटक इलाका वन कार्यालय र रेन्ज पोस्टमा मौखिक जानकारी गर्दा पनि वास्ता नगरेको उल्टै लिखित निवेदन दिनुपर्छ अनि कारबाही गर्छांै भनेर भनेको स्रोतले बताएको छ । हामीले लिखित निवेदन दियो भने घरमा आएर धम्काउने गर्दा आपूmहरूले निवेदन नदिएको स्थानीय बताउँछन् ।

केही वर्ष पहिले निवेदन दिँदा रिब्डाका केही मान्छेले कोल्टी रेन्जर पोस्टमा तारेखमा राखिएको थियो । आइन्दा वन फँडानी नगर्ने सर्तमा उनीहरूलाई छाडिएको बताइएको छ ।

यता जिल्ला वन अधिकृतले भने राष्ट्रिय वन अतिक्रमण गर्नेलाई अब नछोड्ने यसको लिखितै उजुर नआए पनि जानकारी हुँनासाथ कानुनी प्रक्रियामा जानेसमेत बताएका छन् । उनले भने, ‘जिल्ला वन कार्यालय माताहतका इलाका वन कार्यालय, रेन्ज पोस्टलाई तत्काल चिठी काटेर अनुगमन गर्न पठाइएको छ ।’

राष्ट्रिय वन फँडानी गर्नेलाई कानुनअनुसार १० हजार रूपैयाँसम्म जरिबाना एक वर्ष कैद वा दुवै सजाय हुने कानुनमा उल्लेख छ । राष्ट्रिय वन क्षेत्र अतिक्रमण वाईको लेखमा मात्र नभएर जिल्लाका साप्पाटा जुकोट, रुगिन, बिच्छयाँ पाण्डुसैन कोल्टी जगनाथ, गोत्रीलगायत ठाउँमा हुने गरेको छ ।

प्रतिक्रिया