कर्मचारी अभावमा सेवा प्रभावित

मोरङ, २० भदौ । दरबन्दी अनुसारको कर्मचारी र स्रोत साधन नुहँदा सरकारी कार्यालयले उपलब्ध गराउने सेवा सुबिधा प्रभावित भएको छ भने कार्यालयकै कामसमेत लथालिंग बनेको छ ।

नेपाल विद्युत् प्राधिकरणको बेलबारी वितरण केन्द्रमा दरबन्दी अनुसारका कर्मचारी र कार्यालयमा आवश्यक स्रोत साधन नहुँदा ग्राहकहरूलाई समस्या भएको हो । वितरण केन्द्रले सुन्दरदुलारी,

कोसीहरैचा, लेटाङ भोगटेनी, बेलबारी नगरपालिकालगायत आसपासका २२ गाविसका ३२ हजार बढी ग्राहकलाई सेवा दिँदै आएको छ । सो वितरण केन्द्रमा पर्याप्त कर्मचारीको अभावमा मासिक शुल्क बुझाउन जाँदा खाजासामल नै बोकेर जानुपर्ने बाध्यता रहेको ग्राहकहरू गुनासो गर्छन् । बिहान गएर लाइन लाग्यो भने दिँउसो २ बजे मात्र पालो आउने गर्छ त्यही पनि त्यस दिन कर्मचारी कहीँ गएका रहेनछन् भने । नत्र त २ दिनसम्म धाउनुपर्ने बाध्यता रहेको छ । सुगम जिल्लाको दुर्गम भनेर चिनिने मोरङका आधादर्जन बढी गाविसका मानिसलाई त अझ महसुल तिर्न २ दिन पूरै लाग्ने गर्छ ।

सो कार्यालयमा ७२ कर्मचारीको दरबन्दी भए पनि कार्यालयमा ३५ जना मात्र छन् । त्यसमा पनि आधाजसो त कर्मचारी अपांग र अशक्त नै छन् । कार्यालयमा भएका ३ वटा गाडी मध्ये २ मात्र सामान्य काम दिनेछन् । एउटा त वर्षमा लगभग ३ महिना पनि सद्दे हुँदैन । कहिँ पोल ढल्यो भने ग्राहकले विद्युत् उपयोगका लागि हप्ताँै कुर्नुपर्ने बाध्यता रहेको छ । सो कार्यालयमा एउटा क्रेनसमेत उपलब्ध छैन ।

ग्राहकले समस्या भएर कार्यालयमा फोन गरे भने कार्यालयको फोन कि त ब्यस्त हुन्छ कि त उठ्दैन यो समस्याबाट यस भेगका हजारौँ उपभोक्ता मारमा परेका छन् । यस विषयमा कार्यालयप्रमुख धनपति यादबसँग सम्पर्क गर्दा यो समस्या कर्मचारी तथा स्रोत साधनको अभावमा भएकोले सम्बन्धित पक्षले यो समस्याको समाधान नखोजे आपूmले मात्र केही गर्न नसक्ने बताउँछन् । अझ उनी आपूmसँग रहेको मोबाइल जहिल्यै खुला हुने र ग्राहकले समस्या भन्नेबित्तिकै समाधान गर्ने गरेको बताउँछन् ।

प्रतिक्रिया