पहिरोमा पुरिएर एकको मृत्यु

पाँचथर, २० भदौ । एकतिन गाविस–५ का ५५ वर्षीय प्रेमलाल खत्रीको पहिरोले पुरेर मृत्यु भएको छ ।

खत्रीलाई शनिबार साढे २ बजे आप्mनै बारीमा घाँसकाट्न गएको अवस्थामा पहिरोले पुरेको हो । पहिरोमा पुरिएका खत्रीको गोपेटार, जोरपोखरी, चरीभन्जाङ प्रहरीचौकीका ९ जना प्रहरीले पहिरो पन्छाई उद्धार गरेका थिए । खत्रीलाई मृत अवस्थामा निकालेका हुन् । लास पोस्टमार्टमका लागि प्रहरीहरू थप पठाइएको पाँचथरका डिएसपी कृष्णप्रसाद कोइरालाले बताए ।

त्यस्तै याङनाम गाविस–७ निवासी ६६ वर्षीया आइतरानी हाङसुरुम्बा भिरबाट लडेर मृत्यु भएको छ । माइत हिँडेकी हाङसुरुम्बा ओख्रेनी भिरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको लासपोस्टमार्टमका लागि पाँचथर जिल्ला अस्पतालमा ल्याइएको प्रहरी इन्स्पेक्टर रविराज थपलियाले बताए । (सौस)

प्रतिक्रिया